२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

दोस्रो तिलोत्तमा कोरा हुंदै, ५५ किलोमिटर साइकल यात्रामा करिब दुई सय सहभागी हुने

दोस्रो तिलोत्तमा कोरा हुंदै, ५५ किलोमिटर साइकल यात्रामा करिब दुई सय सहभागी हुने

विश्व साइकल यात्री पुष्कर शाहको विशेष सहभागिता रहने कार्यक्रमले स्वास्थ्य, वातावरण, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवाका काम गर्ने मुख्य उद्देश्य राखेको छ ।

दोस्रो तिलोत्तमा कोरा हुंदै, ५५ किलोमिटर साइकल यात्रामा करिब दुई सय सहभागी हुने

दोस्रो तिलोत्तमा कोरा हुंदै, ५५ किलोमिटर साइकल यात्रामा करिब दुई सय सहभागी हुने

विश्व साइकल यात्री पुष्कर शाहको विशेष सहभागिता रहने कार्यक्रमले स्वास्थ्य, वातावरण, पर्यटन प्रवर्द्धन र सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवाका काम गर्ने मुख्य उद्देश्य राखेको छ ।

दोस्रो तिलोत्तमा कोरा हुंदै, ५५ किलोमिटर साइकल यात्रामा करिब दुई सय सहभागी हुने
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • बुटवल । रुपन्देहीको तिलोत्तमामा आगामी साउन २ गते दोस्रो तिलोत्तमा कोरा–२०२६ आयोजना हुने भएको छ।  तिलोत्तमा राइडर्सको आयोजनामा प्राकृतिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवर्द्धन गर्दै स्वास्थ्य सचेतना, वातावरण संरक्षण र अनाथ आश्रमलाई सहयोग गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।  गत वर्ष भन्दा अझ व्यवस्थित र व्यापक सहभागितासहित कोरा आयोजना गर्न लागिएको आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । 

    तिलोत्तमा कोरामा सहभागिताका लागि  १७५ जनाले नाम दर्ता गराइसकेका छन् भने सहभागी संख्या करिब दुई सय पुग्ने आयोजक संस्थाका सचिव सुबास थापाले बताए । कोरामा सहभागीहरूले ५५ किलोमिटर साइकल यात्रा गर्नेछन्। साइकल यात्रामा रुपन्देहीसँगै कपिलवस्तु र नवलपरासीका राइडर क्लबहरु सहभागी हुनेछन् । 

    यस वर्षको कोरामा विश्व साइकल यात्री पुष्कर शाह विशेष आकर्षणका रूपमा सहभागी हुने भएका छन्। साइकलमै विश्वका १५० भन्दा बढी देशको भ्रमण गरिसकेका शाहले हालसम्म चार लाख किलोमिटरभन्दा बढी साइकल यात्रा पूरा गरिसकेका छन्।

    माथिल्लो विष्णुपुर स्थित दुर्गा मन्दिर परिसरबाट बिहान ६ बजे सुरु हुने कोराको यात्रा  तिलोत्तमाका प्रमुख धार्मिक तथा पर्यटकीय स्थलहरु परिक्रमा गरी ड्राइभरटोलस्थित  होटेल टुलिपको बैंक्वेट हलमा पुगेर समापन हुने छ ।  साइकल यात्राका क्रममा तिलोत्तमा गौशालामा गाईलाई आहार वितरण गरिनेछ भने बाउन्नकोटी मन्दिर, मोक्षधाम, कुञ्ज पार्क, तिलोत्तमा पार्क  , श्रीङ्गेश्वर धाम लगायतका स्थानमा स्वागत ग्रहण हुनेछ ।  

    तिलोत्तमा कोरा–२०२६ का संयोजक तथा तिलोत्तमा राइडरका उपाध्यक्ष क्याप्टेन कृष्णबहादुर कार्कीले पहिलो संस्करणले अपेक्षाभन्दा ठूलो सफलता पाएको भन्दै यस वर्ष थप व्यवस्थित रूपमा कार्यक्रम सञ्चालन गरिने बताए।

    उनले भने, पहिलो तिलोत्तमा कोरा भव्य रूपमा सम्पन्न भएको थियो। त्यसबाट प्राप्त अनुभवका आधारमा यस वर्ष व्यवस्थापन र सहभागीको सुविधालाई अझ प्रभावकारी बनाएका छौं। विभिन्न प्रायोजक र सहयोगी संस्थाको साथले कार्यक्रमलाई गत वर्षभन्दा अझ उत्कृष्ट बनाउने तयारी गरेका छौं।


    आयोजक संस्थाका अध्यक्ष शंकर मल्लले तिलोत्तमा कोराले नागरिकमा स्वस्थ जीवनशैली विकास गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे।

    उनले भने, कोरा केवल खेलकुद कार्यक्रम होइन, यो स्वास्थ्य सचेतना, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई एकैसाथ जोड्ने अभियान हो। तिलोत्तमाका धार्मिक तथा प्राकृतिक सम्पदालाई राष्ट्रिय स्तरमा चिनाउने हाम्रो उद्देश्य हो।

    तिलोत्तमा राइडरका कोषाध्यक्ष दीपक भट्टराईले स्थानीय सरकार, निजी क्षेत्र, प्रायोजकको सहयोगले कार्यक्रम सफल हुने बताए।

    उनले भने, यस्ता सामाजिक अभियान सबैको साझा प्रयासबाट मात्रै सफल हुन्छन्। आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्ने सबैप्रति हामी आभारी छौं। सहभागीलाई सुरक्षित र व्यवस्थित अनुभव दिने हाम्रो प्राथमिकता हो।

    पत्रकार सम्मेलनमा विश्व साइकल यात्री पुष्कर शाहले कोरा साइकल चलाउने कार्यक्रम मात्र नभई स्वास्थ्य, वातावरण, पर्यटन र समाजप्रतिको जिम्मेवारी पनि भएको उल्लेख गरे।

    अहिले नेपालमा कोराको  १६औँ संस्करणमा आइपुगेको भन्दै उनले शाहले आफ्नो विश्व यात्राका क्रममा विभिन्न सामाजिक कामसमेत गरेको उल्लेख गर्दै दोलखामा भूकम्पपछि हेल्थपोस्ट निर्माण, सिन्धुपाल्चोकमा सौर्य ऊर्जासम्बन्धी सहयोग तथा सर्लाहीका विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग गरेको अनुभव सुनाए।

    उनले तिलोत्तमा कोराजस्ता कार्यक्रमले स्थानीय पर्यटनको विकाससँगै नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरे।

     गत वर्षको सफलतापछि यस वर्ष सहभागिता र व्यवस्थापन दुवै हिसाबले कार्यक्रम थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। कार्यक्रमको टाइटल स्पोन्सरमा राम खरेल सञ्चालक रहेको किङ्स एब्रोड तथा सह  प्रायोजकहरुमा अर्जुन पौडेल सञ्चालक रहेको रियल ड्रिम्स तथा ओरियन्टल इन्स्युरेन्स कम्पनी रहेका छ् ।

    यस्तै होटेल टुलिप लगायत अन्य संघसंस्था र व्यक्तिहरुले पनि कार्यक्रमलाई सहयोग गरेका छन् । कार्यक्रमको अफिसियल मिडियामा लुम्बिनी राष्ट्रिय दैनिक,राज्य टेलिभिजन  र खेलपाटी अनलाइन रहेका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij