२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नतिजामुखी साइबर कानुन बनाऊ

नतिजामुखी साइबर कानुन बनाऊ

नतिजामुखी साइबर कानुन बनाऊ

नतिजामुखी साइबर कानुन बनाऊ

नतिजामुखी साइबर कानुन बनाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • बालबालिका, युवा र प्रौढ अहिले सबैको हातमा स्मार्ट फोन छ । इन्टरनेटको पहुँच छ । उनीहरु सामाजिक सञ्जालमा जोडिएका छन् । सामाजिक सञ्जालबाट नै देश विदेशमा रहेका आफन्त, परिवारका सदस्यहरु जोडिएका छन्, कुराकानी गरेका छन् । सञ्चो बिसञ्चोदेखि समाज र देशका बारेमा कुराकानी भइरहेको छ । अहिले चिठीपत्र हराइसक्यो । हात-हातमा भएको मोबाइलले नै सबैलाई जोडेको छ । अहिले स्मार्ट फोन र इन्टरनेटको पहुँचले सम्पर्क सञ्जाल जति कसिलो र फराकिलो भएको छ, त्यसैगरी,ती साधनको प्रयोगले समाजमा अपराध बढ्दो छ । अहिले साइबर अपराधले समाज समस्यामा जेलिएको छ ।


    नेपाल प्रहरी साइबर ब्यूरोको तथ्याङ्कअनुसार, आब २०७९।०८० मा साइबर अपराधका घटनाको उजुरी नौ हजार थिए । अहिले यो तथ्याङ्क २५ हजार नाघेको छ ।  भौतिक उपस्थिति विनै व्यक्तिको आर्थिक, सामाजिक र व्यक्तिगत जीवनमाथि प्रहार गर्ने प्रवृत्ति मौलाउँदा समाज गिजोलिएको छ । सामाजिक सञ्जालको प्रयोग गरी मानसिक पीडा दिने, चरित्र हत्या गर्ने, हिंसा फैलाउने कार्य गर्ने, यौनजन्य अश्लील कुराहरु सेयर गर्ने, एटीएम ह्याक गरेर बैंकबाट पैसा लैजाने जस्ता क्रियाकलाप बढिरहेका छन् । पहिला जति पनि अपराधहरु हुन्थे, त्यसमा अपराधीको भौतिक उपस्थिति अनिवार्य हुन्थ्यो । चोरी गर्नका लागि व्यक्तिको घरमै जानुपथ्र्यो । आज त्यही कुरा प्रविधिले यति सजिलो बनाइदिएको छ कि जहाँसुकै भए पनि आफूसँग एउटा मोबाइल र इन्टरनेट भयो भने पहिला जति अपराध हुन्थ्यो, त्यति नै जहाँ बसेर पनि गर्न सकिने प्रविधिले बनाइदिएको छ । परम्परागत अपराध र साइबर अपराधको फरक यही हो । काम त्यही नै हो, तर प्रविधिले त्यसलाई फरक गर्दियो । हामीले सुरक्षाका लागि बैंकमा राखेको पैसा पनि हाम्रो सानो कमजोरीले असुरक्षित हुने जोखिम बढेको छ । कसैले बैंकबाट बोलेको भन्दै ओपिटी कोड माग्यो भन्दै दिने प्रवृत्ति उत्तिकै छ । यसो गर्दा बैंकमा रहेको खाताबाट पैसा चोरी भएको छ । सामाजिक सञ्जालबाट ठगी गर्ने, धम्की दिने, महिला बेचबिखन गर्ने, तस्करी गर्ने, फिरौती माग्ने जस्ता अपराधहरु भइरहेका छन् । तीन वर्षको एक तथ्याङ्कअनुसार, सोसल मिडियाको कुरा गर्दा २०२३ मा १२.६० प्रतिशत फेसबुक प्रयोगकर्ताहरु देखिन्छन् । त्यसमा मेटाको फेसबुक चलाउने ११.८५ मिलियन नेपालमा छन् । त्यस्तै म्यासेन्जर चलाउने ९.३५ मिलियन छन् । त्यस्तै इन्स्टा चलाउने २.१५ मिलियन छन् । ट्वीटरमा ५५३.६ हजार प्रयोगकर्ता देखिन्छन् ।


     सबैभन्दा बढी साइबर अपराध हुने प्लेटफर्म भनेको फेसबुक र म्यासेन्जर हो । किनभने, प्रयोगकर्ता पनि फेसबुक र म्यासेन्जरकै भएको अध्ययन छ । नेपालमा विद्युतीय कारोबार ऐन २०६३ मा बनेको हो ।  यो विद्युतीय कारोबारलाई नियमन गर्नका लागि बनाइएको ऐन हो । यो ऐनको दफा ४४ देखि ५९ सम्मका केही दफाहरुलाई टेकेर अहिलेसम्म साइबर ब्यूरोले मुद्दा चलाउँदै आएको स्थिति छ । साइबर अपराध नियन्त्रणका लागि यो ऐन कामयाव छैन् । विद्युतीय कारोबारसम्बन्धी ऐनमा  जस्तोसुकै साइबर क्राइम गरे पनि  बढीमा सजाय हुने भनेको २ लाख रुपैयाँ जरिवाना र ५ वर्षसम्म कैद हो । यो फितलो कानुनी व्यवस्थाकै कारण डरलाग्दा साइबर अपराध भएका छन् । साइबर अपराध नियन्त्रण गर्न साइबर कानुन बलियो बनाउन आवश्यक छ । जसले समाजमा अपराध न्यूनीकरण गर्न सकोस्, अपराधीलाई पक्राउ गरी कारबाही गरेपछि पुनः अपराधमा फर्कन नसकोस् भनेर कानुन बनाउनुपर्छ । फितलो कानुनको सहारामा समाजलाई साइबर अपराधबाट मुक्त गर्न सकिन्न । सिंगो समाज प्रभावित भएको साइबर अपराधलाई नियन्त्रण गर्न साइबर कानुन बनाउन ढिलाई नगरौँ । संसदलाई बिजनेश चाहिएको छ, सरकार संसदलाई बिजनेश देऊ, साइबर कानुन छिटो बनाऊ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij