२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

३ मिटरको हिलो देखाएर ३० किलोमिटरको कालोपत्रे ढाक्नेहरू

३ मिटरको हिलो देखाएर ३० किलोमिटरको कालोपत्रे ढाक्नेहरू

३ मिटरको हिलो देखाएर ३० किलोमिटरको कालोपत्रे ढाक्नेहरू

३ मिटरको हिलो देखाएर ३० किलोमिटरको कालोपत्रे ढाक्नेहरू

३ मिटरको हिलो देखाएर ३० किलोमिटरको कालोपत्रे ढाक्नेहरू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • गुल्मी 
    हाम्रा अग्रजहरुले भीरका कडा चट्टानहरूमा आफैँ गल र गैँची चलाएर गोरेटो बाटो खनिदिए । सम्झनुस् त ती दिन, जब सात दिन लगाएर तत्कालीन बटौली र खस्यौलीबाट नुनको भारी बोकेर हाम्रा हजुरबाहरू दुर्गम पहाडी जिल्ला गुल्मी आतेजाते गर्थे । 
     तर आज त्यही इतिहासको जगमा उभिएर केही मान्छेहरू सोध्छन्- विकास कहाँ छ ?  


     दुःखीको आँसु र सुखीको मुस्कानको गहिरो यथार्थ खोतल्न यो तथ्य खोजको पहिलो अंक केन्द्रित छ । हाम्रो उद्देश्य हिजो र आजको विकासलाई छर्लङ्ग देखाउनु हो, र रगत पसिना बगाएर काम गर्नेहरूलाई प्रोत्साहित गर्नु हो ।


    तर अचेल बजारमा नयाँ जोगीहरू धेरै खरानी घस्दै छन् । फेसबुक र टिकटकका नयाँ युगका नेताहरूलाई सिधा प्रश्न छ–कहाँ थियौ तिमी हिजो ? कस्तो बाटो हिँडेर गयौ, कहाँ पुगेर फर्कियौ र के देख्यांै ? के तिमी जन्मजात नै दृष्टिविहीन हौं ? कि सारा दृष्टि भएकाहरूलाई पनि दृष्टिविहीन बनाउने कुनै अदृश्य शक्तिको गोटी हौ तिमीहरु ? दिउँसै रात पार्ने खेलोखेतीमा लागेका ती घुसघुसेहरूलाई हाम्रा बुढापाकाहरूले ठीकै भन्थे-‘घुसघुसेहरूसँग सजग रहनु, उनीहरू खतरनाक हुन्छन् । 


    आऊ, एकपटक आँखा हेरेर र कान खोलेर सुन, यो सानो पहाडी जिल्ला गुल्मी आसपासमा  विकासका मेरुदण्डहरू के हुन् ?  हामीले गर्ने शब्द  सम्मानलाई बुझ । कि बुझेर पनि बुझ पचाउँछौं ? तिम्रो पार्टी कार्यालय फेसबुकको भित्ता हो ? जहाँ तिमी आफ्नै असली वर्गमित्र अर्थात् भुईं मान्छेहरूलाई ग्रुप च्याटमा राखेर कुप्रशिक्षण चलाउँछौ हो कि होइन ?  भन— कहाँ हुन्छ तिमीहरूको त्यो रहस्यमयी बैठक र प्रशिक्षण ? 


    यिनीहरूको हर्कत हेर्नुस् त ? आफू हिँडिरहेको ३० किलोमिटर सडक यात्राको आनन्द र सुविधा लिन्छन् । तर, त्यही सडकको मात्र तीन मिटर जहाँ हिलाम्मे वा धुलाम्मे छ, त्यहाँ गाडी रोकेर फोटो खिच्छन्, टिकटक र फेसबुकमा पोस्ट गर्छन् र पुराना दल र नेतालार्ई गाली गर्दै आफूलाई नयाँ युगको मसिहा र सामाजिक अभियन्ता दाबी गर्छन् ।  र, यस खेलका बढी जसो दर्शक र समर्थक को हुन् ? हाम्रा ती भुईं मान्छेहरू, जो युरोप, अमेरिका र खाडी जस्ता विकसित मुलुकमा पसिना बगाउँदै छन् । उनीहरू स्वदेशलाई माया त गर्छन्, तर यहाँको धरातल बुझ्दैनन् । चुनाव आउँदा वर्ष दिनको तीजमा आउने चेली झैँ टुप्लुक्क आउँछन्, पाहुर पोको र सोली सोली माइतीलाई बुझाए झैँ चुनाव लड्ने नयाँ रंगीचंगी नेतालाई नोट बुझाउँछन् । आश्वासनको पोको लिएर फेरि विदेश फर्किन्छन् । तिनै भुईं मान्छेको तातो हावाले स्वदेशको चिसो हावालाई पनि झन् तातो बाफ बनाइदिन्छ र यहाँको यथार्थ बिग्रिन्छ ।


    यथार्थ फेसबुकमा होइन, गाउँमा छ । गाउँमा लौरो टेकेर हिँड्ने ती बूढी आमा र बूढो बाउलाई छिमेकमै रातदिन दुःखमा साथ दिने पुराना नेता नै चाहिन्छ । उनकी सुत्केरी श्रीमतीलाई पिठ्युँमा बोकेर अस्पताल लैजाने त्यही पल्लो घरे छिमेकी वा पुरानो दलको कार्यकर्ता नै हो । त्यसैले ती आमाबाबु चुनावमा उनैलाई भोट दिन

    चाहन्छन् । तर, तिम्रो विदेशको कमाइ र फोनको धम्कीले उनीहरूको विवेकपूर्ण मताधिकारलाई खरिद गर्ने चेष्टा गरिन्छ ।
    आजभन्दा ३५ वर्षअघिको अवस्था के थियो ? सम्झौँ त । माओवादी जनयुद्ध सुरु हुनुअघि दलित, मधेसी, महिला र अन्य सीमान्तकृत समुदायको अवस्था के थियो ? र अहिले कस्तो छ ? माओवादी जनयुद्धको जगमा २०६२-०६३ को जनआन्दोलन भयो, लोकतान्त्रिक गणतन्त्र आयो । त्यसपछि विकास यसरी ह्वात्तै बढ्यो कि, हिजो २०४६ सालदेखि गणतन्त्र घोषणाको दिनसम्म निरास भएका सर्वसाधारण नै भन्न थालेका छन् यस्तो विकास होला भनेर त हामीले सोचेकै थिएनौँ ।


    हिजो नागरिकता वा सिफारिसका लागि दुई दिनको उकालो ओरालो गर्दै सदरमुकामको सास्ती खेपेका जनताले आज आफ्नै गाउँको स्थानीय सरकार  बाट सेवा लिएका छन् । यो विकास होइन ?


    तर यसैभित्र एउटा तीतो सत्य पनि छ । हिजो गाउँका कतिपय जालीफटाहरू माओवादीले गाउँ बस्न दिएन भन्दै गरिब लुटेको पैसा कुम्ल्याएर तराई र सहर पसे । हिजो गाउँमा नम्बर एक फटाहाको बिल्ला भिरेका, गरिबलाई ब्याजको स्याज बनाएर जाली तमसुक बनाउने तिनै मान्छेहरूको तमसुक माओवादीले जलाईदिए । अचम्मको कुरा तिनै व्यक्तिहरू आज तराई र सहरका होनहार, जनप्रिय, वरिष्ठ समाजसेवी र देशकै जल्दोबल्दो नेताका रूपमा स्थापित छन् । माओवादी जनयुद्ध यो देशमा कसैलाई फाप्यो भने, तिनै गाउँबाट विस्थापितको बहानामा भाग्नेहरूलाई फाप्यो। अझ भनौँ- बाँदरलाई लिस्नो बन्यो । 


    अर्कोतर्फ, ज्यानको बाजी थापेर लड्ने माओवादीसहित पुराना दलका भुईं तहका इमानदार कार्यकर्ताहरू आज पनि बिना अवसर खटिरहेका छन् । लौरो टेक्ने बेलासम्म जनताकै सेवामा लाग्छन्, र अन्त्यमा उपचार खर्च नपाएर मर्छन्,  मर्दा सम्मान के पाउँछन् ?  उही मरेको बाउलाई हरियो काँक्रो भनेझैँ लासमाथि पार्टीको झण्डा । 

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij