२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

एक हजार दरका ६२२ नोटसहित ६ जना पक्राउ

एक हजार दरका ६२२ नोटसहित ६ जना पक्राउ

एक हजार दरका ६२२ नोटसहित ६ जना पक्राउ

एक हजार दरका ६२२ नोटसहित ६ जना पक्राउ

एक हजार दरका ६२२ नोटसहित ६ जना पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • भैरहवा 
    रुपन्देही प्रहरीले बुटवललगायतका विभिन्न स्थानबाट नक्कली नेपाली नोट छाप्ने र कारोबार गर्ने संगठित गिरोहका ६ जनालाई ठूलो परिमाणको नक्कली नोट र नोट छाप्ने उपकरणसहित पक्राउ गरेको छ ।


    गएको असार २६ गते पीडित गंगाकुमारी पूर्वछाने नामकी महिलासँग चिनजान भई उनलाई अनलाइन माध्यम मार्फत एक्काइस सय रुपैयाँ पठाइदिएका थिए । त्यसबापत गंगा कुमारीले पीडितलाई हजार दरको दुई थान र सय दरको एक थान नोट दिएकी थिइन् । पछि किनमेल गर्न जाँदा उक्त दुवै हजारका नोटको सिरियल नम्बर एउटै रहेको फेला परेपछि ती नोटहरू नक्कली भएको खुलेको थियो । पीडितले असार २८ गते इलाका प्रहरी कार्यालय बुटवलमा कारबाहीका लागि निवेदन दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।


    घटनाको गम्भीरतालाई हेर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले ‘अपरेशन चार्ली’ सञ्चालन गरेको थियो । प्रहरीले सुरुमा बुटवल उप–महानगरपालिका वडा नं. ११ श्रृजनानगर बस्ने ३६ वर्षीया गंगाकुमारी पूर्वछानेलाई पक्राउ गरी उनको कोठा खानतलासी गर्दा १०३ थान नक्कली नोट बरामद ग¥यो ।


    अनुसन्धानका क्रममा उक्त कार्यमा संलग्न कास्की पोखरा महानगरपालिका वडा नं. १ बस्ने किरण कृष्ण तिवारी (कृष्ण) को संलग्नता खुलेपछि जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पक्राउ गरियो । उनको साथबाट हजार दरका थप ४७८ थान नक्कली नोट बरामद भयो । तिवारीको बयानका आधारमा भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. १ बस्ने रामचन्द्र खत्रीलाई असार २८ गते पक्राउ गरियो । खत्रीले बयानका क्रममा बुटवल उप–महानगरपालिका वडा नं. १३ जितगढीस्थित बाल कुमारी घर्ती मगरको घरमा दुईवटा कोठा भाडामा लिएर नक्कली नोट छाप्ने कारखाना नै चलाइरहेको खुलासा गरे । असार २९ गते उक्त छापाखाना स्थानमा प्रहरी टोलीले छापा मारी खानतलासी गर्दा नोट छाप्न प्रयोग हुने मेशिनरी सामान र थप नक्कली नोट बरामद गर्नुका साथै अन्य संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो । सञ्जाल फैलाएर नक्कली नेपाली नोटको अवैध छपाई तथा कारोबारमा संलग्न रहेको एक ठूलो गिरोहलाई प्रहरीले ठूलो परिमाणको नक्कली नोट र नोट छाप्ने अत्याधुनिक मेसिनरी उपकरणसहित पक्राउ परेको यो घटना भने रुपन्देहीमा पहिलो होइन । 


    उक्त सूचनाका आधारमा असार २९ गते खटिएको प्रहरी टोलीले जितगढीको सो कारखाना र बुटवलको नेपालगञ्ज रोडस्थित एक पसलमा छापा मारी नोट छाप्न प्रयोग भइरहेका दशीका सामानहरू जस्तै- १ थान फोटोकपी मेसिन, १ थान डेल कम्पनीको ल्यापटप, नक्कली नोट कटिङ गर्ने मेसिन, कलर प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग गरिने विशेष कागजको १ कार्टुन, लेमिनेसन मेसिन, नोट बनाउन प्रयोग हुने केमिकल, प्लास्टिक पेपर तथा ६ थान मोबाइल फोन बरामद ग¥यो । सोही स्थानबाट प्रहरीले तयार भइसकेका सक्कली जस्तै देखिने हजार रुपैयाँ दरका थप ६२२ थान नक्कली नोट अर्थात ६ लाख २२ हजार रुपैयाँ बरामद भएको छ । साथै उक्त अवैध कारखाना सञ्चालनमा संलग्न रहेका कपिलवस्तु वाणगंगाका संजय थारु, दोलखा सैलुङका ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल, सिलिगुडीका ४९ वर्षीय बासुमित्र आनन्दसहित जम्मा ६ जना प्रतिवादीहरूलाई पक्राउ गरेको थियो । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij