बुटवल । रुपन्देहीमा सिटी बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सात यात्रु घाइते छन् ।
बिहीबार (असार ३२) बिहान ओमसतिया गाउँपालिका–२, सरस्वती टोलस्थित सिद्धार्थ राजमार्गमा भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु१ख ८९९० नम्बरको बस अनियन्त्रित भई पल्टिएको थियो । सिटी बस सडकमै पल्टिएको हो ।
दुर्घटनामा सहचालक बुटवल उपमहानगरपालिका–३ का ३० वर्षीय सन्दीप बराल गम्भीर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा भैरहवास्थित भीम अस्पतालमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएकाहरू स्थानीय अस्पतालमा उपचाररत् छन् ।
दुर्घटनापछि फरार भएका चालक तिलोत्तमा नगरपालिका–६ का ४६ वर्षीय छविलाल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




