२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सरकारी कर्मचारीको बढेको तलब शुक्रबारदेखि लागू

सरकारी कर्मचारीको बढेको तलब शुक्रबारदेखि लागू

सरकारी कर्मचारीको बढेको तलब शुक्रबारदेखि लागू

सरकारी कर्मचारीको बढेको तलब शुक्रबारदेखि लागू

सरकारी कर्मचारीको बढेको तलब शुक्रबारदेखि लागू
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, आषाढ ३२ २०८३
बिहिवार, आषाढ ३२ २०८३
  • काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको सरकारी कर्मचारीको तलब वृद्धि साउन १ गते शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको छ ।

    बजेटअनुसार निजामती तथा सार्वजनिक सेवामा कार्यरत कर्मचारीको आधारभूत तलब १० प्रतिशतले वृद्धि गरिएको छ । साथै, कार्यसम्पादनमा आधारित पारिश्रमिक प्रणाली लागू गर्ने उद्देश्यले नयाँ तलबमानको १० प्रतिशत बराबर प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । यससँगै कर्मचारीको कुल पारिश्रमिक करिब २१ प्रतिशतसम्म बढ्ने भएको छ ।


    हाल ७७ हजार २ सय ११ रुपैयाँ आधारभूत तलब पाउँदै आएका मुख्यसचिवको तलब बढेर ८४ हजार ९ सय ३२ रुपैयाँ पुगेको छ । यसमा १० प्रतिशत प्रोत्साहन भत्ता र महँगी भत्ता जोड्दा मुख्यसचिवको मासिक पारिश्रमिक ९८ हजार ४ सय २५ रुपैयाँ पुग्नेछ । मुख्यसचिवको आधारभूत तलब करिब ७ हजार ७ सय रुपैयाँले बढेको छ भने सचिवको तलब पनि करिब ७ हजार रुपैयाँले वृद्धि भएको छ ।

    सबैभन्दा तल्लो तहका कार्यालय सहयोगीको आधारभूत तलब २७ हजार ६ सय ११ रुपैयाँबाट बढेर ३० हजार ३ सय ७२ रुपैयाँ पुगेको छ । उनीहरूले यसअघिकै ५ हजार रुपैयाँ महँगी भत्ता निरन्तर पाउनेछन् । साथै, करिब ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता पनि थपिनेछ । यसरी उनीहरूको कुल मासिक पारिश्रमिक करिब ३८ हजार ४ सय रुपैयाँ पुग्नेछ ।

    पेन्सन प्राप्त कर्मचारीले भने आधारभूत तलबमा भएको वृद्धिको दुई तिहाइ हिस्सा मात्र थपेर पेन्सन पाउनेछन् । त्यसअनुसार पूर्वमुख्यसचिवहरूको मासिक पेन्सन करिब ५ हजार रुपैयाँले बढ्ने भएको छ । अन्य अवकाशप्राप्त कर्मचारीको पेन्सन भने सेवा अवधि र लागू हुने तलब स्केलका आधारमा वृद्धि हुनेछ ।

    २०७९ सालपछि पहिलो पटक कर्मचारीको आधारभूत तलब बढाइएको हो । त्यसयता तीन वर्षसम्म तलब वृद्धि भएको थिएन । गत वर्ष सरकारले सबै कर्मचारीलाई समान रूपमा मासिक ५ हजार रुपैयाँ महँगी भत्ता उपलब्ध गराएको थियो ।

    सरकारले सार्वजनिक सेवामा कार्यरत अन्य कर्मचारीको तलब पनि निजामती कर्मचारीकै अनुपातमा वृद्धि गर्ने जनाएको छ । यसअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, शिक्षक तथा सार्वजनिक संस्थानका कर्मचारीले पनि सोही अनुपातमा तलब वृद्धि पाउनेछन् । विभिन्न सार्वजनिक पदाधिकारीको तलब तथा अन्य सुविधाको विस्तृत विवरण भने सरकारले पछि सार्वजनिक गर्नेछ ।

    यसअघि पूर्व मुख्यसचिव लीलामणि पौड्यालको नेतृत्वमा गठन भएको उच्चस्तरीय तलब सुविधा आयोगले कार्यालय सहयोगीको न्यूनतम तलब ३५ हजार रुपैयाँ र मुख्यसचिवको तलब १ लाख २२ हजार ५ सय रुपैयाँ कायम गर्न सिफारिस गरेको थियो । आयोगले २०७९ फागुन २० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij