२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्लाष्टिक प्रदूषणले निम्त्याएको संकट

प्लाष्टिक प्रदूषणले निम्त्याएको संकट

प्लाष्टिक प्रदूषणले निम्त्याएको संकट

प्लाष्टिक प्रदूषणले निम्त्याएको संकट

प्लाष्टिक प्रदूषणले निम्त्याएको संकट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • प्लाष्टिकको प्रयोगले हाम्रो दैनिकीलाई जति सहज बनाएको छ, त्यसले बढाएको प्रदुषणले हाम्रो जीवनलाई उत्तिकै जोखिम पु¥याएको छ । मनपरी प्रयोग र विर्सजन गर्दा ध्यान नदिँदा समस्या चुलिँदै जान थालेका छन् । गाउँदेखि शहर, घरको भान्सादेखि पार्टी प्यालेस र सार्वजनिक स्थल र पर्यटकीय स्थलमा समेत प्लाष्टिकजन्य फोहरले प्रकृतिलाई कुरूप बनाउँदै लगेको छ ।


    अहिले प्लास्टिकको प्रयोग झोलामा मात्र सीमित नभई चिया–कफीको गिलास, मसिनो पाइप, पानी वा औद्योगिक पेय पदार्थका बोतल, खाना खाने प्लेट, चम्चा, गिलास, कचौरा, भान्सामा प्रयोग हुने भाँडालगायत चिकित्सा सेवा, सञ्चार प्रविधि आदि दैनिक उपभोगका सामग्रीहरू प्रयोगमा ल्याइएको छ  । स्थानीय उत्पादनदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय औद्योगिक उत्पादनको प्याकेजिङमा प्लास्टिक निर्विकल्प प्रयोग हुँदै आएको छ । सन् २०१८ मा इसिमोडले गरेको सर्वेक्षणअनुसार, काठमाडौंमा मात्र दैनिक करिब ४८ लाख थान प्लास्टिकको झोला प्रयोगमा आउने गरेको पाइएको थियो । देशभरमा दैनिक उत्पादन हुने फोहोरको १६ प्रतिशत (अन्दाजी तीन टन) फोहोर प्लास्टिक हुने गरेको पाइएको छ । प्लाष्टिककै कारण कुहिने फोहरको व्यवस्थापनमा ध्यान दिइएको छैन, शहरका हरेक घरबाट प्लाष्टिकसँगै कुहिने फोहर फाल्दा फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । उचित व्यवस्थापन हुन नसक्दा नदी, खोला, जमिन, सडक, सार्वजनिक स्थान सर्वत्र प्लास्टिक छरिएको देखिन्छ ।


    हालसम्म विश्वमा नौ अर्ब टनभन्दा बढी प्लास्टिक उत्पादन भइसकेको अध्ययनले देखाएको छ । यस्तो फोहोर कुनै न कुनै रूपमा प्रकृतिमा रहन्छ  । एउटा पुस्ताले छोडेको फोहोरको असर सातदेखि दश पुस्तासम्मका सन्ततिले भोग्नुपर्ने अध्ययनहरुले देखाएका छन् । आगामी पुस्ताको लागि संकटमा पु¥याउने प्लाष्टिकको नियन्त्रणमुखी प्रयोग र विर्सजनमा ध्यान कहिले दिने हो ? अध्ययनकर्ताहरुले दीर्घकालीन रूपमा क्यान्सरलगायत मानसिक–प्रजनन्–रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउने बताएका छन् । यसको प्रत्यक्ष सम्पर्कमा आउनेहरूका सेल वा टिस्युलाई (कोषिका) नष्ट पारिदिन्छ, जसका कारण गम्भीर दीर्घरोगदेखि भावी पुस्तामा समेत नकारात्मक असर पर्छ । प्लास्टिक पूर्णरूपमा नष्ट हुन करिब ५ सय वर्षसम्म लाग्छ । केही देशले पातलो र एकपटक मात्र प्रयोग गर्न मिल्ने प्रकृतिका प्लास्टिकका सामग्रीको उत्पादनमा रोक लगाए भने कतिपय स्थानमा मूल्यवृद्धि गरी उपयोगलाई निरुत्साहित गर्ने प्रयास गरिएको पाइन्छ । नेपालमा पनि सरकारले ०७२ सालमा काठमाडौं उपत्यकामा ४० माइक्रोनभन्दा पातलो झोला प्रतिबन्ध लगाउने निर्णय ग¥यो । विकल्पमा कागज वा वातावरणमैत्री प्याकिङ सामग्री विकास  गर्न प्रोत्साहित गरियो,  तर त्यसलगत्तैको महाभूकम्पका कारण उक्त निर्णय कार्यान्वयन हुन सकेन् । 


    सगरमाथासहित विभिन्न हिमालमा आरोहण गर्न गएको टोलीले गरेको फोहरले हिमाल प्रदूषित भइरहेका छन्, त्यो फोहरमा प्लाष्टिकको हिस्सा धेरै छ । अहिले हिमाली क्षेत्रका बुकी पाटनहरुमा घुम्न जानेहरुको घुँइचो छ । केही वर्षमै फूल फुल्ने बुकी पाटन प्लाष्टिकले भरिन थालेका छन् । शहरको प्लाष्टिक नदी खोला हुँदै किसानको खेतबारीमा पुग्दा खेतीपातीमा असर पुग्न थालेको छ । बुटवल हुँदै बग्ने सोह्र छत्तीस कुलोले किसानको खेतमा प्लाष्टिक पु¥याउँदा किसानलाई खेतीपाती लगाउन सकस पर्न थालेको छ । कतिपय किसानले खेत बाँझै राख्न थालेका छन् । प्लाष्टिकको नियन्त्रणमुखी प्रयोग नगर्ने हो भने पर्यावरणले ठूलो मूल्य चुकाउनुपर्ने विन्दुमा आइपुगेका छौँ ।


    तहगत सरकारको संयोजनमा कतिपय अवस्थामा नियन्त्रण, प्रयोग भएका वस्तुको ठिक विर्सजन र पुनः प्रयोगलाई जोड दिएर प्लाष्टिकजन्य प्रदूषणलाई नियन्त्रण गर्न सकिन्छ । पहिले मोडलको रुपमा कुनै ठाउँमा काम गरौं, त्यसपछि अरु क्षेत्रमा लागु गर्न सकिन्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij