२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी उवा संघको साधारणसभा सम्पन्न

नवलपरासी उवा संघको साधारणसभा सम्पन्न

नवलपरासी उवा संघको साधारणसभा सम्पन्न

नवलपरासी उवा संघको साधारणसभा सम्पन्न

नवलपरासी उवा संघको साधारणसभा सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  • परासी
    नवलपरासी उद्योग वाणिज्य संघको ४०औँ वार्षिक साधारणसभा तथा १६औँ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । संघका अध्यक्ष ओमप्रकाश अग्रहरिको अध्यक्ष्यता तथा नवलपरासी क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताको प्रमुख आथिथ्यता भएको साधारणसभामा बोल्दै निजी क्षेत्र एउटा देशको मेरूदण्ड रूपमा रहेको बताएका छन् । उनले ओैद्योैगिक देश आर्थिक ठूलो मेरूदण्ड बताउँदै आयतमुखि नभई निर्यात मुखि बनाउनुपर्ने जोड दिए । महेशपुर भन्सार र क्वारेन्टाइन विषयमा देखिएको समस्य सामाधान र पहल गर्न सासद गुप्ताको भनाइ थियोे । महेशपुर भन्सार सञ्चालनमा  सबैभन्दा चुनौती जग्गा भएकोले जग्गाको पर्याप्त पहिचान गरि दुई वर्ष भित्र पूर्णरूपले भन्सार सञ्चालन ल्याइने उनले बताए ।


    अहिले देश अमूल्य परिवर्तन तिर गएको बताउँदै उनले सरकारले बेलाहिदेखि भुमहिसम्मको सडकलाई फोरलेन बनाइ स्मार्ट निर्माण गर्न योजना सारेको र नवलपरासी क्षेत्र नं. २ मा बाक्सीपुर रहेको झरही नदीमा पुल निर्माण हुने र रामग्राम स्तुपा पण्डितपुर गौतमबुद्वसँग जोडिएका पर्यटकीय क्षेत्र करिडोरको रूपमा विकास लागि योजना अघिबढेको जानकारी दिए ।


    कार्यक्रममा संघका अध्यक्ष अग्रहरिले  संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै व्यवसायीका हकहित संरक्षण, उद्योग तथा व्यापार प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण र स्थानीय आर्थिक विकासका लागि संघले खेलेको भूमिकाबारे जानकारी गराएका थिए । 


    साधारणसभामा कोषध्यक्ष भोला पराजुली आर्थिक प्रतिवेदन, महासचिव तारा अचार्यका वार्षिक प्रतिवेदन  लेखा समिति संयोजक अर्जुन बहादुर क्षेत्रीको लेखा समिति, लेखापरीक्षण प्रतिवेदन तथा आगामी वर्षको प्रस्तावित कार्यक्रम निर्णयहरू पारित गरिएको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


    अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाएको-सम्बन्धित कार्यतालिका अनुसार निर्वाचन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको संघले जनाएको छ । संघको नयाँ नेतृत्व चयन भने साउन १५ गते हुने संघले जनाएको छ ।


    कार्यक्रमका नेपाली काँग्रेस कर्यबहाक सभापति विक्रम यादव नेकपा एमालेका कार्यबहाक अध्यक्ष डोलराज भण्डारी, जनता सामाजवादी अध्यक्ष मुकुरजि गिरी, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाल पत्रकार महासंका कार्यबाहक अध्यक्ष विकास अधिकारी, प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवलगायतले निजी क्षेत्र र सरकारबिचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै स्थानीय उद्योग, व्यापार, पर्यटन तथा लगानी प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij