२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आधुनिक समाज डेन्टलले गर्यो निःशुल्क दन्त शिविर

आधुनिक समाज डेन्टलले गर्यो निःशुल्क दन्त शिविर

आधुनिक समाज डेन्टलले गर्यो निःशुल्क दन्त शिविर

आधुनिक समाज डेन्टलले गर्यो निःशुल्क दन्त शिविर

आधुनिक समाज डेन्टलले गर्यो निःशुल्क दन्त शिविर
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण १ २०८३
शुक्रवार, श्रावण १ २०८३
  •  

    बुटवल । आधुनिक समाज डेन्टल, बुटवलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुटवल–१५, उजेलापुरस्थित मुक्तिनाथ अपाङ, दृष्टिविहीन तथा अनाथ आश्रममा निःशुल्क दन्त स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

    पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टलको टोलीले आश्रममा पुगेर आश्रित बालबालिका तथा अन्य व्यक्तिको दन्त परीक्षण गरेको हो। हाल आश्रममा २४ जना बालबालिकासहित विभिन्न उमेर समूहका व्यक्तिहरू बसोबास गर्दै आएका छन्।

    IMG_0029.jpeg

    आश्रमका अध्यक्ष तुलाराम केसीले आश्रम सञ्चालनका लागि सहयोग नै मुख्य आम्दानीको स्रोत रहेको बताए। उनले दैनिक जीवनयापनका लागि गीत गाएर तथा विभिन्न क्षेत्रबाट सहयोग संकलन गर्दै आएको जानकारी दिए।

    आधुनिक समाज डेन्टलका सञ्चालक अमृत भुसालले शिविरका क्रममा दाँतमा समस्या देखिएका तीन जनालाई थप उपचारका लागि क्लिनिकमा बोलाइएको बताए। उनले आवश्यक औषधि वितरण गर्नुका साथै आश्रमलाई कोलगेट टुथपेस्ट र टूथब्रससमेत हस्तान्तरण गरिएको जानकारी दिए।

    दन्त चिकित्सक डा. गरिमा बश्यालले नियमित रूपमा दाँत माझ्ने, मुखको सरसफाइमा विशेष ध्यान दिने र समय–समयमा दन्त परीक्षण गराउने बानी बसाल्न आग्रह गरिन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij