२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अविचलित अगुवा

अविचलित अगुवा

अविचलित अगुवा

अविचलित अगुवा

अविचलित अगुवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • नागरिकमैत्री व्यवस्थाको पक्षमा सक्रिय बौद्धिक योद्धा देवेन्द्रराज पाण्डेको निधन केवल उनको भौतिक अवसान मात्रै नभएर मुलुक र लोकतन्त्रका लागि अपुरणीय क्षति हो । दलीय आबद्धता बाहेकका व्यक्ति पाउन समाजमा समस्या परेका बेला अविचलित रुपमा नागरिक अगुवाका रुपमा उनले खेलेको भूमिका अविष्मरणीय छ । पाण्डेको शुक्रबार साँझ ८७ वर्षको उमेरमा निधन भएको छ ।


    नागरिक हक र नागरिकमैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता २०३६ सालदेखि नै भएको हो । प्रारम्भमा पञ्चायती शासनका जागिरे उनले २०३६ सालमा अर्थ सचिवबाट राजीनामा दिए । तत्कालीन राजा वीरेन्द्र शाहले घोषणा गरेको जनमत संग्रह सफल बनाउन प्रधानमन्त्री बनाइएका सूर्यबहादुर थापाले पञ्चायत पक्षलाई जिताउन राज्यसत्ताको दुरुपयोगलाई तीव्रता दिएपछि उनले राजीनामा दिएका थिए । उनको  राजीनामाले बहुदल पक्षलाई अघि बढ्न  ऊर्जा दियो । २०४६ सालमा जनआन्दोलन सफल भएसँगै कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा उनी अर्थमन्त्री भए । राजनीतिक दलहरूलाई त्यो विशाल नागरिक आन्दोलनको वैधता आर्जन गरेर नयाँ सत्ता सफल पाण्डेले जीवनको अन्तिम घडीमा समेत मुलुककै चिन्ता थियो । 


    उनले वैदेशिक सहायतालाई क्रमशः बन्द गर्नुपर्ने विचार राख्थे । वैदेशिक सहायताले मुलुकलाई स्वावलम्बी बनाउन नसक्ने उनको धारणा थियो । पञ्चायत व्यवस्थाप्रति असहमति राखेर अर्थसचिवबाट राजीनामा दिएका उनले २०४६ सालको जनआन्दोलनमा जति अगुवाइ गरे, त्योभन्दा बढी २०६२-०६३ को जनआन्दोलनमा अगुवाइ गरे । त्यसपछि उनको पहिचान अझै फराकिलो भयो । जनआन्दोलनपछि नागरिक आन्दोलनका अगुवा छिन्नभिन्न भए । तर पाण्डेलगायत सीमित व्यक्ति मात्रै आफ्नो पूर्ववत् आदर्शमा अडिग रहेर नागरिक अगुवाको भूमिका कायम राखिरहे । राजकीय पदभन्दा अलग रहेर सत्तालाई खबरदारी गरिरहेर उनको बेग्लै पहिचान सम्भव भएको हो । वर्तमान व्यवस्थाको एक धरोहरका रूपमा उभिइरहे । 


    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा ८ जेठ २०५९ मा गरिएको प्रतिनिधिसभा विघटन र तत्कालीन राजा ज्ञानेन्द्रले दुई पटक (१८ असोज २०५९ र १९ माघ २०६१) प्रधानमन्त्री देउवालाई पदच्युत गरी लादेको अधिनायकवादविरुद्धको संघर्षले नागरिक आन्दोलन (नागरिक समाज) को जन्म भयो । माओवादी सशस्त्र संघर्षमै रहेको र संसदवादी दलहरूले नागरिकको विश्वास गुमाएको तत्कालीन परिस्थितिमा ज्ञानेन्द्रको अधिनायकवादी शासन मौलाउने मौका पायो  । त्यहीबेला नागरिक आन्दोलनले नै जनता र दललाई जोड्यो । नागरिक आन्दोलन नै लोकतान्त्रिक आन्दोलनको प्रस्थानविन्दु भयो । राजनैतिक दलहरुलाई गोलबन्द गर्दै आन्दोलनमा होमिन वातावरण बनायो । यो परिवर्तनका लागि पाण्डेको भूमिका अतुलनीय छ । लोकतन्त्र, नागरिक स्वतन्त्रता, नागरिक हक र समानता स्थापित गर्न सधैँ सक्रिय रहने व्यक्तिका रूपमा हामी उहाँलाई सम्झिरहने छौँ । सच्चा नागरिक अगुवा पाण्डेप्रति हार्दिक श्रद्धाञ्जली ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij