२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

हिमालयले महंगोमा किन्यो, एनटीभीले सित्तैमा छिन्यो

हिमालयले महंगोमा किन्यो, एनटीभीले सित्तैमा छिन्यो

हिमालयले महंगोमा किन्यो, एनटीभीले सित्तैमा छिन्यो

हिमालयले महंगोमा किन्यो, एनटीभीले सित्तैमा छिन्यो

हिमालयले महंगोमा किन्यो, एनटीभीले सित्तैमा छिन्यो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण ३ २०८३
आइतवार, श्रावण ३ २०८३
  • काठमाडौं । अमेरिकामा जारी विश्वकप फुटबललाई नेपालमा निजी लगानीको हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको छ । तर, प्रतियोगीताका अन्तिम दुई म्याचहरू भने सरकारी स्वामित्वको नेपाल टेलिभिजनबाट पनि प्रशारण हुँदैछन् ।

    तेस्रो स्थानका लागि आज राति भएको फ्रान्स र ईंग्ल्याण्डबीचको खेल नेपाल टेलिभिजनबाट पनि प्रशारण भएको थियो । साथै, भोलि राति हुने अर्जेन्टिना र स्पेनबीचको फाइनल हिमालय र हिमालय स्पोर्ट्ससँगै एनटीभीमा पनि आउने छ । खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारी टिभीमा विश्वकपको फाइनल प्रशारण हुने कुरालाई आफ्नो उपलब्धिका रूपमा प्रचार गरेका छन् ।

    सबैलाई थाहा छ कि नेपालमा विश्वकपको एकल प्रशारण अधिकार निजी क्षेत्रको हिमालय टेलिभिजनले फिफासँग खरिद गरेको हो । यसका लागि हिमालयले फिफालाई मात्रै ३७ करोड रूपैयाँ तिरेको छ भने सबै लागत जोड्दा ५० करोड पुग्छ । यति ठूलो लगानीको रिकभरीका लागि विज्ञापनबाट मात्रै पर्याप्त नहुने भन्दै हिमालयले दर्शकका लागि १ हजार रूपैयाँ शुल्क निर्धारण गरेको छ । दर्शकले १ हजार रूपैयाँ तिरेपछि विश्वकपका सबै १०४ वटा म्याचहरू हिमालय स्पोर्ट्समार्फत हेर्न सक्छन् ।

    प्रतियोगिताको फाइनल भने हिमालय टेलिभिजन (मुख्य च्यानल) मार्फत निशुल्क देखाइने तयारी पहिल्यै थियो । तर, अब एनटीभीबाट पनि निस्शुल्क प्रशारण हुने छ । दर्शकका लागि त यो सुखद नै हो । तर एउटा निजी मिडिया भने अन्यायमा परेको देखिन्छ । उसले महंगो मूल्यमा हासिल गरेको प्रशारण अधिकार प्रतिस्पर्धी च्यानललाई सित्तैमा दिनु परेको छ ।

    स्रोतका अनुसार एनटिभीले एक रूपैयाँ पनि नतिरिकन हिमालयबाट विश्वकपका अन्तिम दुई म्याचको प्रशारण अधिकार लिएको हो । यसका लागि सरकारी स्तरबाटै हिमालय टेलिभिजनलाई व्यापक दवाव दिइएको थियो । सुरूमा यत्तिकै दिन नसक्न अडान लिए पनि अन्ततः हिमालयको जोर चलेन । दुई तिहाइको सरकार असन्तुष्ट बनेमा विभिन्न समस्या सिर्जना गरिदिनसक्ने र पछिसम्म सम्बन्ध बिग्रने डरले सम्झौता गर्न बाध्य भएको बुझिएको छ ।

    हिमालयले फाइनलका लागि आएका विज्ञापनहरु एनटिभीबाट पनि प्रशारण गरिदिनुपर्ने शर्त अघि सारेको थियो । तर सरकारले त्यो पनि स्वीकार गरेन । यसले गर्दा हिमालयमा विज्ञापनसहित र एनटीभीमा विज्ञापनरहित प्रशारण हुने भएको छ । केही दिनअघि मिडिया हाउसहरूअगाडि (हिमालय टिभीसहित) गाडी तेर्स्याइएको घटनाबाट तर्सिएर पनि यो एकतर्फी सम्झौता गरेको हो कि भन्ने प्रश्न उठेको छ ।

    यस विषयमा हिमालय टेलिभिजन व्यवस्थापनसँग कुरा गर्न खोज्दा कसैले पनि प्रतिक्रिया दिन चाहेनन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij