अनिल नेपाली
अर्घाखाँची
जङ्गली बँदेलले अर्घाखाँचीका गाउँ–नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन थालेपछि जिल्लाका किसान चिन्तित भएका छन् ।
आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँबस्ती छिर्ने बँदेलको संख्या बढ्दै गइरहेको छ । मुख्य बालीको रूपमा उत्पादन गरिने मकैमा यस वर्ष ठूलो नोक्सानी पुगेको सन्धिखर्क नगरपालिका वडा नं. ७ का स्थानीय कृषक बाबुराम थापाका अनुसार बँदेलको झुन्ड रातिको समयमा बस्ती नजिकैका खेतबारीमा पस्ने र मकैको गोडमेलदेखि बोटसहित नष्ट गर्ने गरेको छ ।
यसबाट दुई सय रोपनी क्षेत्रफलमा लगाइएको मकै नष्ट गरेको कृषक थापाले बताएका छन् । थापाका अनुसार हामीले धेरै मेहनत गरेर मकै लगाएका थियौँ । तर रातको समयमा बँदेलले बारीमा पसेर सबै मकै खाइदिन्छ । अब घर खर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ बँदेलको आतंक यति डरलाग्दो छ कि हामी किसान रातभर जाग्राम बस्न बाध्य छौँ । बारीमा आगो बाल्ने, ड्रम पिट्ने, कराउनेजस्ता उपायहरू अपनाए पनि बँदेल धपाउन सकिएको छैन । बँदेलको झुन्ड ठूलो, तागतिलो र हिंस्रक हुने भएकाले प्रायः हाम्रो प्रयास असफल भएको छ ।
‘नगरपालिका र वडाका प्रतिनिधिहरूलाई पटक पटक जानकारी गराएका छौँ । उनीहरूले पनि समस्या चिनेका छन् र समाधान खोज्ने प्रयास भइरहेको छ,’ उनले भने –‘स्थायी समाधान अझै देखिएको छैन ।’ बँदेल नियन्त्रणका लागि स्थानीय सरकारले पनि विभिन्न प्रयास गरेको सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा ब केसीले बताएका छन् ।




