बुटवल। बुटवल सेन्ट्रल लायन्स क्लबले सोमबार बुटवलमा निःशुल्क मधुमेह (डायबिटिज) परीक्षण गरेको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ पी नेपाल, वर्ष २०२६–२०२७ अन्तर्गत क्लबले सामाजिक उत्तरदायित्व कार्यक्रमस्वरूप उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
कार्यक्रम साउन ४ गते बिहान ८ः१५ बजेदेखि बुटवल उपमहानगरपालिका–२,मैनाबगरमा भएको थियो भने १५० जनाले सेवा लिएको सचिव हिमाल खनालले जानकारी दिए ।
मधुमेहको समयमै पहिचान तथा नियन्त्रणका लागि सर्वसाधारणलाई स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको छ।
बुटवल सेन्ट्रल लायन्स क्लबद्वारा आयोजित कार्यक्रमलाई भाइटल मल्टिस्पेसियालिटी क्लिनिक, बुटवल–६ ले प्राविधिक सहयोग गरेको छ।




