२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

मुक्तिनाथबाबा धाममा वेस्टर्न मेगा कलेजका विद्यार्थीद्वारा सरसफाइ तथा तीर्थयात्री सेवा

मुक्तिनाथबाबा धाममा वेस्टर्न मेगा कलेजका विद्यार्थीद्वारा सरसफाइ तथा तीर्थयात्री सेवा

मुक्तिनाथबाबा धाममा वेस्टर्न मेगा कलेजका विद्यार्थीद्वारा सरसफाइ तथा तीर्थयात्री सेवा

मुक्तिनाथबाबा धाममा वेस्टर्न मेगा कलेजका विद्यार्थीद्वारा सरसफाइ तथा तीर्थयात्री सेवा

मुक्तिनाथबाबा धाममा वेस्टर्न मेगा कलेजका विद्यार्थीद्वारा सरसफाइ तथा तीर्थयात्री सेवा
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ४ २०८३
सोमवार, श्रावण ४ २०८३
  •  

    बुटवल । बुटवल–१५, बेलबासस्थित वेस्टर्न मेगा कलेजका विद्यार्थीहरूले बुटवल–१४, नयाँगाउँस्थित मुक्तिनाथबाबा धाम मन्दिर परिसरमा सरसफाइ तथा तीर्थयात्री सेवा कार्यक्रम सम्पन्न गरेका छन्।

    कलेजमा दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले सोमबार सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गरेका हुन्। श्रावण महिनामा मन्दिर परिसर तथा आसपासको वातावरण स्वच्छ राख्ने र दर्शनार्थीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको कलेजले जनाएको छ।

    कलेजका अनुसार श्रावण महिनाभर विभिन्न धार्मिकस्थलमा यस्ता सरसफाइ अभियान सञ्चालन गरिनेछ। साउन ११ गते पाल्पाको दोभानस्थित सिद्धबाबा मन्दिर र सैनामैना–४ स्थित बोलबमधाम, साउन १८ गते जानकीनगरस्थित श्री सिद्धेश्वरनाथ शिव मन्दिर तथा नयाँमिलस्थित दुर्गा–शिव मन्दिर, र साउन २५ गते भैरहवास्थित मोक्षधाम तथा बसडिलवा शिव मन्दिर परिसरमा पनि सरसफाइ कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

    कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले विद्यार्थीलाई पुस्तकमा सीमित ज्ञानभन्दा बाहिर सामाजिक उत्तरदायित्व, व्यवहारिक अनुभव र सेवाभावको विकास गराउने उद्देश्यले यस्ता रचनात्मक कार्यक्रमलाई निरन्तरता दिइएको बताए। उनले समाजसँग प्रत्यक्ष जोडिने गतिविधिले विद्यार्थीको नेतृत्व क्षमता र सामाजिक चेतनाको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

    शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने कलेजले जनाएको छ।

    वेस्टर्न मेगा कलेजमा स्नातकतर्फ चारवर्षे BIT र BHM तथा स्नातकोत्तर तहमा दुईवर्षे MBA कार्यक्रम सञ्चालनमा रहेका छन्। कलेजले शैक्षिक सत्र २०८३ का लागि भर्ना प्रक्रिया पनि खुला रहेको जानकारी दिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij