२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

साफ च्याम्पियनसिप बंगलादेशमा हुने, नेपालको सहभागिता अनिश्चित

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं । साफ च्याम्पियनसिप २०२६ बंगलादेशको राजधानी ढाकामा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को बोर्ड बैठकबाट प्रतियोगिता आउँदो नोभेम्बर ४ देखि १७ सम्म हुने तय गरिएको हो ।

    विश्व फुटबलको सर्वोच्च निकाय फिफाको निलम्बनका कारण प्रतियोगितामा नेपालको सहभागिता भने अनिश्चित छ । सन् १९९३ बाट सुरु साफ च्याम्पियनसिप बंगलादेशमा चौथोपटक हुन लागेको हो । सन् २००३, २००९ र २०१८ का संस्करण पनि बंगलादेशमा आयोजना गरिएको थियो ।

    हालसम्म प्रतियोगिताका १४ संस्करण सम्पन्न हुँदा भारत सर्वाधिक नौपटक च्याम्पियन बनेको छ । माल्दिभ्सले दुई, श्रीलंका, बंगलादेश र अफगानिस्तान (हाल साफमा आबद्ध नभएको)ले एक/एकपल्ट उपाधि जितेका छन् ।

    सन् २०२१ मा उपविजेता बन्नु नै साफमा नेपालको हालसम्मको उच्च प्रदर्शन हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij