२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अझै पनि बबाल छ बोमबहादुरको सांगीतिक बजार

अझै पनि बबाल छ बोमबहादुरको सांगीतिक बजार

अझै पनि बबाल छ बोमबहादुरको सांगीतिक बजार

अझै पनि बबाल छ बोमबहादुरको सांगीतिक बजार

अझै पनि बबाल छ बोमबहादुरको सांगीतिक बजार
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • गुल्मी। नेपाली लोकसंगीतका वरिष्ठ गायक बोमबहादुर कार्कीका चार दशकभन्दा पुराना गीतहरू आज पनि उत्तिकै लोकप्रिय रहेको पुष्टि भएको छ। गुल्मीको घमिरस्थित छापाहिलेमा आयोजित एक सांगीतिक जमघटमा उनको चर्चित गीत ‘डाँडैको देवी देउराली’ गुञ्जिँदा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म उत्साहपूर्वक साथ दिएका थिए।

    स्थानीय कलाकार बलबहादुर विकको निमन्त्रणामा आयोजित कार्यक्रममा कोदो रोपाइँसँग सम्बन्धित विभिन्न लोकभाका प्रस्तुत गरिए। तर, करिब ४५ वर्षअघि रेडियो नेपालबाट पहिलोपटक प्रसारण भएको बोमबहादुर कार्कीको ‘डाँडैको देवी देउराली’ बज्नासाथ कार्यक्रममा छुट्टै रौनक छायो। गीतसँगै सहभागीहरू गुनगुनाउन, ताली बजाउन र नाच्न थालेपछि कार्यक्रम उत्साहपूर्ण बनेको थियो।

    लोकसंगीतका पारखीहरूका अनुसार समयसँगै संगीतको शैली परिवर्तन भए पनि मौलिक लोकभाका र गाउँघरको जीवनशैली बोकेका गीतहरूको आकर्षण भने घटेको छैन। बोमबहादुर कार्कीका गीतमा नेपाली गाउँ, खेतीपाती, अर्म–पर्म, प्रकृति, श्रम, प्रेम र जनजीवनका यथार्थहरू जीवन्त रूपमा अभिव्यक्त भएकाले ती पुस्तौंदेखि लोकप्रिय रहँदै आएका छन्।

    उनका ‘डाँडैको देवी देउराली’, ‘पानको पात’ लगायतका गीतहरू गाउँघरका रोपाइँ, मेलापातदेखि नेपालीहरूको जमघट हुने सहरका औपचारिक कार्यक्रम र पाँचतारे होटलसम्म उत्तिकै रुचाइने गरेका छन्। यही कारण उनका सिर्जनाले पुस्ता जोड्ने माध्यमको भूमिका निर्वाह गरिरहेका छन्।

    सांगीतिक क्षेत्रमा नयाँ कलाकार र नयाँ शैलीको आगमन भइरहे पनि बोमबहादुर कार्कीका गीतको लोकप्रियता अझै कायमै रहेको कार्यक्रममा सहभागीहरूको उत्साहले देखाएको छ। नेपाली लोकसंगीतमा उनको योगदान र सिर्जनाको प्रभाव समयसँगै अझ बलियो बन्दै गएको अनुभूति कार्यक्रमले गराएको सहभागीहरूको भनाइ थियो।

    लोकसंगीतका जानकारहरूका अनुसार कलाकारको जीवन सीमित भए पनि समाज र संस्कृतिसँग जोडिएका कालजयी सिर्जनाहरू भने पुस्तौंपुस्ता जीवित रहन्छन्। बोमबहादुर कार्कीका गीतहरू त्यसका सशक्त उदाहरण बनेका छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij