२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्‍यो लक्ष्यभन्दा बढि राजश्व संकलन

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्‍यो लक्ष्यभन्दा बढि राजश्व संकलन

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्‍यो लक्ष्यभन्दा बढि राजश्व संकलन

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्‍यो लक्ष्यभन्दा बढि राजश्व संकलन

आन्तरिक राजस्व कार्यालय भैरहवाले गर्‍यो लक्ष्यभन्दा बढि राजश्व संकलन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण ५ २०८३
मंगलवार, श्रावण ५ २०८३
  • दीपिका पाण्डे - भैरहवा । आन्तरिक राजस्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०८२ / ०८३ मा निर्धारित लक्ष्यभन्दा १३.३ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले लक्ष्यभन्दा करिब रु. २अर्ब २३ करोड २९ लाख बढी राजस्व उठाउँदै कुल रु. १९ अर्ब १६ करोड २४ लाख बढि राजस्व सङ्कलन गरेको हो।

    आन्तरिक राजस्व कार्यालय भैरहवाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षका लागि रु. १६ अर्ब ९२ करोड ९५ लाख बढि राजस्व सङ्कलनको लक्ष्य निर्धारण गरिएको थियो। कार्यालयले लक्ष्यको ११३.३ प्रतिशत प्रगति हासिल गरेको जनाएको छ।

    कार्यालय प्रमुख प्रेमराज पोख्रेलले कर प्रशासनलाई प्रविधिमैत्री बनाउने, करदातामैत्री सेवा विस्तार गर्ने, करको दायरा फराकिलो बनाउने तथा नियमित अनुगमनलाई प्रभावकारी बनाएकै कारण लक्ष्यभन्दा बढी राजस्व सङ्कलन सम्भव भएको बताउनुभयो। उहाँले स्वेच्छिक कर सहभागिता बढ्दै जानु र कर प्रशासनप्रतिको विश्वास मजबुत हुनु पनि राजस्व वृद्धिका प्रमुख आधार रहेको उल्लेख गर्नुभयो।

    कार्यालयका अनुसार आयकरबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको छ। त्यसपछि मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क, बहाल कर र ब्याज कर शीर्षकबाट उल्लेखनीय राजस्व उठेको छ। गत आर्थिक वर्षको तुलनामा अधिकांश शीर्षकमा राजस्व सङ्कलनमा सुधार देखिएको कार्यालयले जनाएको छ।

    आन्तरिक राजस्व कार्यालय भैरहवाका सूचना अधिकारी नरेश पन्थीका अनुसार करदातालाई डिजिटल सेवा विस्तार, समयमै कर विवरण बुझाउने अभियान, कर शिक्षा कार्यक्रम तथा नियमित कर परीक्षणका कारण राजस्व सङ्कलनमा सकारात्मक प्रभाव परेको हो। उहाँले चालु आर्थिक वर्षमा पनि कर चुहावट नियन्त्रण, करदातामैत्री सेवा विस्तार तथा राजस्व प्रशासनलाई थप प्रभावकारी बनाउने कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

    कार्यालयले चालु आर्थिक वर्ष २०८३ / ०८४ मा पनि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न कर प्रशासनलाई अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने रणनीतिअनुसार काम अघि बढाएको जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij