परासी । भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था नवलपरासी (सिटिजन जुरी ) ले रामग्राम नगरपालिकाको स्वास्थ्य संस्थामा अनुगमन गरेको छ ।
रामग्राम नगरपालिकाको वडान १० मन्झरीया रहेको मन्झरीया स्वास्थ्य चौकीमा अनुगमन (सिटिजन जुरी ) ले अनुगमन गरेको हो ।
कर्मचारी नभेटिने र ओैषधी नपाएको जनगुनासो आएपछि भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था नवलपरासीले अनुगमन गरेको जनाएको छ ।
बर्षायममा खास गरि पानीजन्य रोगको करणले हुनसक्ने संक्रमका रोग सम्भवाना बढि हुने भएकोले स्वास्थ्य संस्थाहरू अलि बढि चकनाखो हुने र स्वास्थ्य संवेदनशील हुनुपर्छ अवस्थालाई मध्यम नजर गदै स्वास्थ्य चौकीमा अनुगमन गरिएको भ्रष्टाचार बिरूद्व नागरिक निगरानी संस्था नवलपरासी संंस्थाका अध्यक्ष रामजि ज्ञवालीले जानकारी दिए ।
अनुगमनको क्रममा कार्यालय ६ जना दरबन्दी रहेको भएपनि अनुगमनमा जादाँ दुई जनामात्र भेटिएको ज्ञवालीले बताए ।
नेपाल तोकेको बमोजिम विभिन्न प्रकारको ओैषधी पर्याप्त मात्रमा स्वास्थ्य चौकीमा ओैषधी नभेटिएको पाईएको ज्ञवालीले जानकारी दिए । ओैषधी पर्याप्त मात्रमा स्वास्थ्य संस्थामा पठाउन सम्बन्धि निकायलाई खबरदारी गरिएको ज्ञवालीले बताए ।
स्वास्थ्य स्वास्थ्य चौकी सरसफाइ देखिएको र सेवाग्राही हरूलाई बस्ने व्यवस्था रहेको पाईएको नागरिक सामाजका अध्यक्ष बेचु गौेडले बताए । नागरिक समाजका अध्यक्ष बेचु गौड,पूर्व अध्यक्ष शम्भु उपाध्याय पत्रकार सहितको संयुक्त टोलिले स्वास्थ्य चौकीको अनुगमन गरिएको थियोे ।




