२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

विकास, सुशासन र जनसहभागितामा फड्को मार्दै ओमसतिया, ‘नमुना गाउँपालिका’ बन्ने अभियान तीव्र

विकास, सुशासन र जनसहभागितामा फड्को मार्दै ओमसतिया, ‘नमुना गाउँपालिका’ बन्ने अभियान तीव्र

विकास, सुशासन र जनसहभागितामा फड्को मार्दै ओमसतिया, ‘नमुना गाउँपालिका’ बन्ने अभियान तीव्र

विकास, सुशासन र जनसहभागितामा फड्को मार्दै ओमसतिया, ‘नमुना गाउँपालिका’ बन्ने अभियान तीव्र

विकास, सुशासन र जनसहभागितामा फड्को मार्दै ओमसतिया, ‘नमुना गाउँपालिका’ बन्ने अभियान तीव्र
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • दीपिका पाण्डे- भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकाले विकास निर्माण, सुशासन, प्रभावकारी सेवा प्रवाह र जनसहभागितालाई केन्द्रमा राख्दै ‘नमुना स्थानीय तह’ बन्ने अभियानलाई तीव्र बनाएको जनाएको छ। भौतिक पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सरसफाइ, खेलकुद र प्रशासनिक सुधारसम्मका क्षेत्रमा एकसाथ काम गर्दै गाउँपालिकाले विकासलाई परिणाममुखी बनाएको दाबी गरेको हो।

    गाउँपालिकाले दीर्घकालीन, मध्यकालीन र तत्काल कार्यान्वयन गर्नुपर्ने योजनालाई समेटेर ‘मास्टर प्लान’ तयार गरी सोहीअनुसार विकासका कार्यक्रम अघि बढाएको जनाएको छ। स्थानीय आवश्यकता र जनचाहनालाई आधार बनाएर योजना छनोट, बजेट विनियोजन र कार्यान्वयन गरिएकाले विकासका प्रतिफल नागरिकसम्म पुग्न थालेको गाउँपालिकाको भनाइ छ।

    गाउँपालिका अध्यक्ष मञ्जित यादवले स्थानीय सरकारको प्रमुख उद्देश्य नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउनु रहेको बताउँदै विकासलाई सडक र भवन निर्माणमा मात्र सीमित नराखिएको स्पष्ट पार्नुभयो।

    “हामीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सरसफाइ, खेलकुद र सामाजिक रूपान्तरणलाई समान प्राथमिकतामा राखेका छौँ। जनताको आवश्यकता जहाँ छ, त्यहीँ स्थानीय सरकार पुग्नुपर्छ भन्ने हाम्रो मान्यता हो,” अध्यक्ष यादवले भन्नुभयो।

    उहाँका अनुसार पछिल्ला चार वर्षमा गाउँपालिकाले सडक सञ्जाल विस्तार, विद्यालय तथा स्वास्थ्य संस्थाको स्तरोन्नति, कृषि आधुनिकीकरण, फोहोर व्यवस्थापन, बजार व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

    उपाध्यक्ष सुनिता चौधरीले विकास योजनामा महिला, दलित, विपन्न, ज्येष्ठ नागरिक, बालबालिका तथा पछाडि पारिएका समुदायलाई विशेष प्राथमिकतामा राखिएको बताउनुभयो।

    “समावेशी विकासबिना समृद्ध गाउँपालिका सम्भव छैन। त्यसैले महिला सशक्तीकरण, सीप विकास, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाका कार्यक्रम वडा तहसम्म प्रभावकारी रूपमा सञ्चालन गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

    गाउँपालिकाले कृषिलाई स्थानीय अर्थतन्त्रको मेरुदण्डका रूपमा अघि बढाउँदै किसानलाई आधुनिक प्रविधि, उन्नत बीउबिजन, सिँचाइ, कृषि उपकरण, पशुपालन तथा व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। यसबाट उत्पादन वृद्धि र किसानको आयआर्जन बढाउने लक्ष्य राखिएको छ।

    प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पन्थीले प्रशासनलाई सेवामैत्री, पारदर्शी र प्रविधिमैत्री बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो।

    “स्थानीय सरकारप्रतिको नागरिकको विश्वास प्रभावकारी सेवा प्रवाहबाट निर्माण हुन्छ। त्यसैले छिटो, सरल र पारदर्शी सेवा दिन कर्मचारी संयन्त्रलाई जिम्मेवार बनाएका छौँ। सुशासन र उत्तरदायित्वलाई संस्थागत गर्ने दिशामा गाउँपालिका अघि बढिरहेको छ,” उहाँले भन्नुभयो।

    उहाँका अनुसार सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, नियमित अनुगमन तथा सूचना प्रविधिमार्फत सेवा विस्तार गरिएकाले नागरिकको गुनासोसमेत घट्दै गएको छ।

    वरिष्ठ लेखा अधिकृत कमलप्रसाद शर्माले वित्तीय अनुशासन, पारदर्शिता र सार्वजनिक स्रोतको अधिकतम सदुपयोगलाई प्राथमिकतामा राखेर बजेट कार्यान्वयन गरिएको बताउनुभयो।

    स्वास्थ्य क्षेत्रमा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, मातृ–शिशु स्वास्थ्य, खोप, पोषण तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। शिक्षा क्षेत्रमा विद्यालयको भौतिक पूर्वाधार सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास तथा विद्यार्थीमैत्री वातावरण निर्माणमा जोड दिइएको गाउँपालिकाले जनाएको छ।

    युवालाई स्वरोजगार र उद्यमशीलतासँग जोड्न सीपमूलक तालिम, कृषि तथा साना उद्यम प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएका छन्। खेलकुद, वातावरण संरक्षण, सरसफाइ तथा फोहोर व्यवस्थापनका अभियानलाई पनि निरन्तरता दिइएको छ।

    विकास निर्माणसँगै सुशासन, सामाजिक उत्तरदायित्व, जनसहभागिता र आर्थिक अनुशासनलाई समान प्राथमिकतामा राख्दै नागरिकमैत्री स्थानीय सरकार निर्माण गर्ने लक्ष्यका साथ गाउँपालिका अघि बढिरहेको जनाएको छ। स्थानीयवासीको सक्रिय सहभागितामा सञ्चालन भएका विकास कार्यक्रमले ओमसतिया गाउँपालिकालाई रुपन्देहीकै नमुना स्थानीय तहका रूपमा स्थापित गर्ने आधार बलियो बन्दै गएको गाउँपालिकाको विश्वास छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij