२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवलपरासी उद्योग वाणिज्य संघकाे अध्यक्ष नागेन्द्र अग्रहरी निर्वाचित

नवलपरासी उद्योग वाणिज्य संघकाे अध्यक्ष नागेन्द्र अग्रहरी निर्वाचित

नवलपरासी उद्योग वाणिज्य संघकाे अध्यक्ष नागेन्द्र अग्रहरी निर्वाचित

नवलपरासी उद्योग वाणिज्य संघकाे अध्यक्ष नागेन्द्र अग्रहरी निर्वाचित

नवलपरासी उद्योग वाणिज्य संघकाे अध्यक्ष नागेन्द्र अग्रहरी निर्वाचित
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • परासी । नवलपरासी उद्योग वाणिज्य संघको १६औँ अधिवेशनबाट नयाँ नेतृत्व निर्विरोध चयन भएकाे छ  अधिवेशनले आगामी ३ वर्षका लागि युवा व्यवसायी नगेन्द्र अग्रहरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

    नयाँ नेतृत्वका लागि प्रकाशित निर्वाचन कार्यक्रम अन्र्तगत उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रियामा आइपुग्दा सबै पद निर्विरोध भएपछि निर्वाचन समितिले निर्वाचन परिणाम घोषणा गरेको हो । 

    नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा सपथग्रहण समेत गराइएको छ । प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता धन शर्मा जैसीका अनुसार अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार गुप्त, उद्योग उपाध्यक्षमा तारा आचार्य, वाणिज्य उपाध्यक्षमा रामकुमार गुप्ता, महासचिवमा भोला पराजुली, सचिवमा बालकिशुन गुप्ता तथा कोषाध्यक्षमा गिरीराज पाण्डेय निर्विरोध निर्वाचित भएका हुन  

    यस्तै कार्यकारिणी सदस्यमा खुल्लाबाट चन्द्रप्रकाश गुप्ता, किशुनाथ बानियाँ, राजेश गुप्ता (तेली), सन्दीप कुमार स्वर्णकार, गणेश अग्रहरी, सुनिल कसौधन एवं वस्तुगतबाट राजु देवान, एसोसिएटबाट विनोद अग्रहरी, क्षेत्र नं. १ बाट मनोज गिरी, क्षेत्र नं. २ बाट कमलेश कुमार गुप्ता, क्षेत्र नं. ३ बाट लिलाधर चापागाईं तथा क्षेत्र नं. ४ बाट प्रकाशनारायण चौधरी निर्वाचित भएका छन ।

    लेखा समिति संयोजकमा सीता कुँवर तथा सदस्यमा विद्यासागर शर्मा र सञ्जय कुमार जयसवाल चयन भएकाे निर्वाचन समितिले जनाएको छ। संघको विधानअनुसार २५ सदस्यीय कार्यसमितिमा निर्वाचनबाट १९ जना, मनोनीत पाँच जना तथा एक जना निवर्तमान अध्यक्ष रहने व्यवस्था रहेको छ। पदहस्तान्तरणपछि नवनिर्वाचित कार्यसमितिले पाँच जना सदस्य मनोनीत गरी कार्यसमितिलाई पूर्णता दिनेछ।

    अग्रहरीले व्यवसायीको हित, संस्थागत सुदृढीकरण र आर्थिक विकासका पक्षमा प्रतिबद्ध भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    749629230_1011050161827478_1897371740680588472_n.jpg

    लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवाल, जिल्ला समन्वय समिति प्रमुख भगौती यादव (रुदल), नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष गुणनिधि तिवारी, महासंघका केन्द्रीय सदस्य केशव भण्डारी, संघका निवर्तमान अध्यक्ष ओमप्रकाश अग्रहरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ कार्यसमितिले निजी क्षेत्रको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने विश्वास व्यक्त गर्दै आगामी कार्यकालमा उद्योग, व्यापार, लगानी प्रवद्र्धन तथा स्थानीय आर्थिक विकासमा संघको भूमिका अझ प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्नुभएको निर्वाचन समितिका सदस्य राधेरमण पाण्डेयले जानकारी दिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij