२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रामघाटको झाडी हटाएर ‘हरित अभियान’ : लागुऔषध दुर्व्यसन हुने क्षेत्र अब ‘त्रिफला बाटिका’, ३५० बिरुवा रोपियो

रामघाटको झाडी हटाएर ‘हरित अभियान’ : लागुऔषध दुर्व्यसन हुने क्षेत्र अब ‘त्रिफला बाटिका’, ३५० बिरुवा रोपियो

रामघाटको झाडी हटाएर ‘हरित अभियान’ : लागुऔषध दुर्व्यसन हुने क्षेत्र अब ‘त्रिफला बाटिका’, ३५० बिरुवा रोपियो

रामघाटको झाडी हटाएर ‘हरित अभियान’ : लागुऔषध दुर्व्यसन हुने क्षेत्र अब ‘त्रिफला बाटिका’, ३५० बिरुवा रोपियो

रामघाटको झाडी हटाएर ‘हरित अभियान’ : लागुऔषध दुर्व्यसन हुने क्षेत्र अब ‘त्रिफला बाटिका’, ३५० बिरुवा रोपियो
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण ६ २०८३
बुधवार, श्रावण ६ २०८३
  • बुटवल  ।  लागुऔषध सेवन तथा अन्य गैरकानुनी गतिविधिको थलो बन्न थालेको गुनासोहरु आउन थालेपछि बुटवल उपमहानगरपालिका वडा नम्बर २ को रामघाट क्षेत्रलाई अब हरियाली र औषधीय वनस्पतिको केन्द्र बनाउने अभियान सुरु गरिएको छ । 

    बुटवल अटो इन्जिनियरिङ एशोसियसन, रूपन्देहीले आफ्नो ३१औँ वार्षिकोत्सवको अवसर पारेर झाडी फडानी गर्दै ‘श्री त्रिफला बाटिका’ स्थापना गरेको छ ।  अभियानअन्तर्गत त्रिफलाका बिरुवासहित फलफूल, बाँस लगायत ३५० वटा बिरुवा रोपिएको हो ।

    2f2aed1d-9558-4c71-94e6-2d66ee0d7d9f.jfif
    कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका–२ का वडा अध्यक्ष सुनिल शाक्यले झाडी हटाएर हरियाली कायम राख्ने अभियानको प्रशंसा गर्दै यसले वातावरण संरक्षणसँगै सामाजिक विकृति न्यूनीकरणमा समेत महत्वपूर्ण योगदान पुग्ने बताए ।  उनले यस्ता रचनात्मक कार्यमा वडा कार्यालय र बुटवल उपमहानगरपालिकाको आवश्यक सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । 

    42ab1379-a6e6-4d0e-8f6c-83edfd23322e.jfif

    एशोसियसनका अध्यक्ष प्रेम गौचनले रामघाट क्षेत्रमा बाक्लो झाडीका कारण लागुऔषध सेवन तथा अन्य गैरकानुनी गतिविधि हुने गरेको गुनासो आएपछि क्षेत्रलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताए ।  “हामीले केवल बिरुवा रोपेका होइनौं, समाजलाई सकारात्मक सन्देश दिने प्रयास गरेका छौं,“ उनले भने । 


    कार्यक्रममा ज्योतिष जनार्धन भण्डारीले ‘त्रिफला’को आयुर्वेदिक महत्वबारे जानकारी गराएका थिए ।  उनले हर्रो, बर्रो र अमलाबाट बन्ने त्रिफला प्राचीन आयुर्वेदिक औषधि भएको उल्लेख गर्दै यसले पाचन प्रणाली सुधार गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, आँखाको स्वास्थ्य जोगाउने, छाला र कपाललाई स्वस्थ राख्ने तथा शरीरको तौल नियन्त्रणमा सहयोग पुर्‍याउने बताए ।  यस्ता बहुउपयोगी औषधीय वनस्पतिको संरक्षण र विस्तार आवश्यक रहेको उनको भनाइ थियो । 


    कार्यक्रम संयोजक मनीष पाण्डेले त्रिफलाका बिरुवासँगै विभिन्न फलफूलका बिरुवा, बाँस तथा अन्य प्रजातिका गरी ३५० वटा बिरुवा रोपिएको जानकारी दिए ।  उनले बिरुवा रोपेर मात्र नछोडी तिनको नियमित संरक्षण, स्याहार–सम्भार र व्यवस्थापनमा पनि एशोसियसनले विशेष ध्यान दिने बताए । 


    बुटवल अटो इन्जिनियरिङ एशोसियसनले वार्षिकोत्सवलाई औपचारिक कार्यक्रममा सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोड्दै वातावरण संरक्षण, सार्वजनिक स्थलको सौन्दर्यकरण र औषधीय वनस्पतिको संरक्षणलाई प्राथमिकता दिएको जनाएको छ ।  स्थानीयवासीले पनि रामघाट क्षेत्रलाई हरियाली र सुरक्षित सार्वजनिक स्थलका रूपमा विकास गर्ने अभियानको स्वागत गरेका छन् ।  सो अवसरमा मैनाबगरमा नै रहेको अस्थायी प्रहरी बिट जितगढीको समेत सहभागिता रहेको थियो ।  

    753933206_4003010643168868_8273720605344157117_n.jpg

    एसोसिएसनका महासचिव पुनित पोखरेलले साउन २ गतेदेखी स्थापना दिवसका बिभिन्न कार्यक्रमहरु भईरहको बताए  ।  उनले २ गते शनिबार सरसफाइ तथा डस्टबिन वितरण,  ४ गते वृहत् रक्तदान कार्यक्रम भईसकेको बताउँदै साउन ८ गते ब्याडमिन्टन प्रतियोगिता, ९ गते फुटसल प्रतियोगिता तथा १३ गते समापन एवं पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने जानकारी गराए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij