२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

गौतमबुद्ध विमानस्थल पूर्णरूपमा चलाऊ

गौतमबुद्ध विमानस्थल पूर्णरूपमा चलाऊ

गौतमबुद्ध विमानस्थल पूर्णरूपमा चलाऊ

गौतमबुद्ध विमानस्थल पूर्णरूपमा चलाऊ

गौतमबुद्ध विमानस्थल पूर्णरूपमा चलाऊ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण ७ २०८३
बिहिवार, श्रावण ७ २०८३
  •  
    गौतमबुद्ध विमानस्थल नचल्दा मुलुकले ठूलो नोक्सानी व्यहोरिरहेको छ । राज्यको झण्डै ४० अर्ब लगानीको औचित्यमाथि प्रश्न उठेको छ नै, पर्यटक आउने आशामा लगानी गरेका व्यवसायी अहिले समस्यामा परेका छन् । करोडौं लगानी गरेका व्यवसायी डुब्दा त्यसले अर्थतन्त्रको चक्र विथोलिने जोखिम बढेको छ  । 


    मुलुकलाई समृद्धितर्फ लैजान प्रतिफलमुखी आयोजनामा लगानी गर्न दबाब बढिरहेका बेला ठूला आयोजना असफलतातिर जाँदा लगानी र आयोजनाबारे व्यापक बहसको खाँचो देखिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ड्रिम प्रोजेक्ट हो, यो विमानस्थललाई नियमित चलाउन सक्दा मुलुकको समृद्धिको ढोका खोल्न सकिन्छ । लुम्बिनी प्रदेशकै मात्र नभई मुलुककै समृद्धिको ढोका खोल्ने विमानस्थल चलाउन लिइएका पहलकदमी कामयाव हुन सकिरहेका छैनन् । मूलतः भारतीय अवरोध हटाउन नसक्नु नेपालको कमजोरी हो । भारतले दिने भनेको हवाई रूटमा सहमति हुन नसक्दा यो विमानस्थल सुनसान भएको छ । भैरहवा पश्चिमबाट हवाई रूट पाउने बित्तिकै विमानलाई उड्न र अवतरण गर्न सहज हुने भएकाले भारतीय पक्षसँग पटक—पटक गरेको छलफल निष्कर्षमा पुग्न नसक्दा समस्या भएको छ । भारतीय पक्षले हवाई रूट उपलब्ध गराउनका लागि गरेको अवरोध हटाउन कुटनीतिक पहलकदमी लिन आवश्यक छ । मुलुकमा बलियो सरकार बनेका बेला यस्ता प्रतिफलमुखी आयोजना सञ्चालन गर्न पहलकदमी लिन आवश्यक छ ।


    विमानस्थल चल्नका लागि यहाँ तत्काल श्रम स्वीकृतिको लागि कार्यालय आवश्यक पर्छ । मेडिकल जाँच, भिसा सेन्टर, कार्गो र विदेश पढ्न जाने विद्यार्थीको लागि नो अब्जेक्सन सर्टिफिकेट(एनओसी), ठूला ट्राभल एजेन्सीका कार्यालय स्थापना पनि हुनुपर्छ । ती कार्यालय नहुँदा सेवाग्राही काठमाडौं धाउनुपर्ने बाध्यता छ  । विमानस्थलमा केही विमानले उडान गरिरहेको भए पनि आवश्यक कार्यालय स्थापनामा ढिलाइले समस्या बढेको छ । मुलुकमा संघीय शासन प्रणाली स्थापना भइसकेको छ, तर केन्द्रीकृत राज्य संरचनाको मनोविज्ञान बदलिन नसक्दा शासन प्रणाली संस्थागत हुन सकेको छैन । काठमाडौं केन्द्रित मनोविज्ञान तोड्न सक्दा मात्रै गौतमबुद्ध विमानस्थल चल्ने वातावरण बन्न सक्छ  । 


    भैरहवा विमानस्थलबाट चढ्ने यात्रु पर्याप्त हुन नदिन काठमाडौं केन्द्रित ठूला ट्राभल एजेन्सीले अन्तर्राष्ट्रिय हवाई टिकटमा कार्टेलिङ गरेका, एयरलाइन्स कम्पनीहरुले भैरहवामा सम्पर्क कार्यालय नखोलेका र स्थानीय ट्राभल एजेन्सीलाई टिकट बेच्न नदिएकाले पनि विमानस्थल चल्न नदिन सेटिङमा काम भइरहेको भन्ने व्यवसायीको आरोप गलत भएको प्रमाणित गर्न सरकारले पहलकदमी लिएर विमानस्थललाई पूर्णरुपमा चलाउनुपर्छ । मुलतः भारतसँग सहज सम्बन्ध बनाएर हवाई रूट लिन सक्दा यो सरकारको समेत सफलता हुनेछ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij