झपेन्द्र जिसी
नेपालले पनि (हामीले पनि) भारतको भूमि मिचेका छौं–बालेन्द साह ।
हामी कम्युनिष्ट होइनौं– स्वर्णिम वाग्ले ।
हामी प्रष्ट भन्छौं हामी टीओबीको निर्देशनमा चल्छौं– सुदन गुरुङ्ग
अमेरिकी सेना नेपालमा आउन नदिने हो भने नेपाल (नेपालको अर्थतन्त्र) ग्रे लिष्टबाट ब्ल्याक लिष्टमा पर्नेछ ।
पृष्ठभूमि यिनै उक्तिहरुका सम्बन्धमा दुई चार आखर कोरिंदैछ । यो मान्छेलाई यी उक्तिहरुका सम्बन्धमा केही लेखूँ लेखूँ लाग्यो । किन ? यस कारणले कि उक्तिहरु वर्तमान नेपाल राज्य सञ्चालकहरुका उच्छ्वास हुन् । विचार हुन् । लक्ष्य र उद्देश्य हुन् । भिजन र मिसन हुन् । राज्यको हर्ताकर्ता अहिले रास्वपा(राष्ट्रिय स्वतन्त्र पार्टी) छ । यसका प्रमुख नेताहरु÷नायकहरु अध्यक्ष रवि लामिछाने छन् र वरिष्ठ नेता बालेन्द्र साह छन् । पार्टीका नायक रवि लामिछाने भए पनि राज्यका नायक अर्थात् प्रधानमन्त्री बालेन्द्र साह हुन् । यसरी नै अर्थमन्त्री स्वर्णिम वाग्ले छन् भने गृहमन्त्री सुदन गुरुङ्ग छन् ।
अब माथि उल्लिखित क्रमाङ्क अनुसार चर्चा सुरु गरौं ।
क्रमाङ्क १– ब्रिटिस इण्डिया कम्पनी र नेपाल सरकारबिच भएको अधुरो सन्धि अनुसार वि.सं. १८७२(सन् १८१६) को कथित सुगौली सन्धिअनुसार नेपालको सीमा पूर्वमा टिष्टा नदी र पश्चिममा महाकाली नदी निर्धारण हुन गयो । सो सन्धिपत्रमा टक्सारी पण्डित चन्द्रशेखर उपाध्याय र गजराज मिश्रले दस्तखत गरेका थिए । त्यतिखेर नाबालक राजा गीर्वाण विक्रम शाह थिए । राजाले दस्तखत गरेपछि त्यो सन्धि लागू हुने भन्ने थियो । राजाले दस्तखत गरेकै थिएनन् र छैनन् । तर त्यही सन्धिपत्रलाई पछिल्ला शासकहरुले मान्दै आएका हुन् ।
स्मरणीय छ, सन्धिपत्रमा काली नदी भनिएको छ । काली नदीको भनेको महाकाली नदी नै हो र उद्गमस्थल लिम्पियाधुरा हो । सन् १९६२ मा भारत–चीन सीमा विवाद युद्धपछि राजा महेन्द्रसहित भारत–चीन युद्ध हुँदा इण्डिया सरकारले तसतसलाई इण्डियन सेना लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रमा राख्न दिएको विभिन्न दस्ताबेज र इतिहासमा पाइन्छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ जस्ताको भनाइ अनुसार पनि लिपुलेक, लिम्पियाधुरा, कालापानी क्षेत्र नेपालकै अभिन्न अंग थियो र हो । झण्डै १०० वर्ष पुग्नु भएका विद्वान् सञ्चारकर्मी भैरव अर्यालले त पटकपटक निर्वाचन अधिकृत भई ती क्षेत्रमा गई निर्वाचन गराएको बताउनुहुन्छ । यो जिउँदो प्रमाण हो ।
हेपाहा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालमा त झन् हाम्रो लिपुलेक क्षेत्रबाट मोटर सडक निर्माण गरी मानसरोबर पु¥याइसकेको छ ।
नेपालीको सार्वभौम भूमि लिपुलेक, लिम्पियाधुरा फिर्ता गर्नका लागि नक्सा समेत बनाई केपी ओली नेतृत्वमा संसदले पारित ग¥यो र लागू भयो । त्यसो त प्रधानमन्त्री सुशील कोइरालाले पनि कुटनीतिक नोट भारत र चीनसमेतलाई पठाएकै हो । केपी ओली प्रधानमन्त्री हुँदा पनि कुटनीतिक नोट भारतलाई पठाएकै हो । वर्तमान सरकारले आफ्नो भूमि फिर्ता लिन छिमेकी देश भारतसँग सम्पर्क, संवाद र दबाब दिनुको सट्टा हामीले पनि भारतको भूमि मिचेका छौं कुन मुखले भन्न सकेको होला ? यो कुनै अरु मुखले होइन, वर्तमान राज्य प्रमुख (प्रधानमन्त्री) को मुखले नेपालको प्रतिनिधिसभाको बैठकमै भनेको उक्ति हो । राज्य सरकार प्रमुख बालेन्द्र भए पनि देश नेपाली जनताको हो । देश कुनै विदेशी दलालको होइन । यस्तो भनाइले हेपाहा चेपाहा भारत सरकारलाई बल पुग्दैन र ?
क्रमाङ्क २– हामी कम्युनिष्ट होइनौ । विशेषज्ञ अर्थमन्त्री भनेर भोंपा लगाइएका स्वर्णिम वाग्लेले हामी कम्युनिष्ट होइनौं भनेर प्रतिनिधिसभा बैठकमै भने । यो साँचो कुरा हो । रास्वपा पार्टी कम्युनिष्ट पार्टी होइन, हुँदै होइन । यो सबैलाई थाहा छ । खुलम्खुला भने– हामीले मध्यम वर्गको आर्थिक उत्थान गर्छौं । किसान, गरिब र सुकुम्बासीको पार्टी हो भनेन् ।
सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोवासीलाई पूर्व बसोबासको व्यवस्थापन नगरी डोजर चलाई उठिबास लाउनुले यो प्रमाणित गरिसकेको छ । यो उनी र उनी जस्ताले भनिरहन पर्दैन ।
हामी प्रष्ट भन्छौं– हामी टोओबीको निर्र्देशनमा चल्छौं भनेर गृहमन्त्री सुदन गुरुङ्गले पनि त भनिदिए । जेनजी विद्रोहका बेला टोओबी र अमेरिकन युथ काउन्सिलसित सम्बद्ध युवाहरुले काठमाडौंमा वितण्डा मच्याउने टि.आर. युथ काउन्सिल हुन् भनेको सुनिनिथ्यो । थाहा र विश्वास थिएन । तर गृहमन्त्री सुदन गुरुङ्गले अहिले आएर भनेको कुरालाई मान्नै प¥यो ।
क्रमाङ्क ४– अमेरिकी सेना नेपाल आउन नदिने हो भने नेपाल ग्रे लिष्टबाट उँधो लागेर ब्ल्याक लिष्टमा पर्छ । यो भनाइ अर्थमन्त्री स्वर्णिम वाग्लेको हो । त्यति टाढाको अमेरिकी सेना किन ल्याउन प¥यो ?
ग्रे लिष्टमा नेपाललाई कसले राखेको हो ? किन राखेको हो ? ग्रे लिष्टमा राख्ने अमेरिका लगायत पुँजीवादी राष्ट्रहरु नै हुन् । के नेपालाई अमेरिकी अखडा बनाएर छिमेकी चीनमाथि आक्रमण गर्ने हो । नेपाल बुद्ध जन्मिएको बुद्धभूमि र शान्ति प्रिय देश हो । यसलाई कसैको रणनीतिक मैदान बनाउन पाइँदैन ।
अन्त्यमा नेपाल देश समस्त देशभक्त नेपालीको हो । कुनै देशद्रोही पार्टी व्यक्ति वा नेताको होइन । खबरदार साम्राज्यवादी प्रभुत्ववादीहरुको तलुवा चटुवाहरु भनेर जनताले जुुलुस गर्दा रहेछन् । लाटो बुद्धिले भए पनि अहिले त भेउ पाउन पाउन थाल्यो है !




