२१ हजार ४ सय ५२ जनालाई सेवा प्रवाह
परासी । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सञ्चालन गरिएको सुरक्षित आप्रवासन ९सामी० कार्यक्रम प्रभावकारी देखिएको छ ।
नेपाल सरकार आर्थिक सहयोग सञ्चालित सामी स्थानीय तहबिचको समन्वय तथा सहकार्यमा वैदेशिक रोजगारीसँग सम्बन्धित सूचना, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श तथा सीपसम्बन्धी सेवामा सहजीकरण प्रभावकारी देखिएको हो ।
कार्यक्रमकी सूचना तथा सामाजिक परामर्शदाता चन्दा यादवले दिएको तथ्याङ्क अनुसार नवलपरासी ८ हजार ७ सय ९३ जनाले वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा जानकारी प्राप्त गरेका छन् ।
तीमध्ये २ हजार ४ सय ३२ महिला र ६ हजार ३ सय ६१ पुरुष रहेका छन् ।
आप्रवासी स्रोत केन्द्रमा दर्ता तथ्याङ्क १६३ वटा मुद्दामा न्यायमा पहुँचका लागि सहजीकरण गरिएको छ । तीमध्ये १४ महिला र १४९ पुरुष रहेका परामर्शदाता चन्दा यादवले जानकारी दिईन ।
सहजीकरणपछि पीडित तथा परिवारले २ करोड ५०लाख ६४ हजार १८ रूपैयाँ प्राप्त गरेका यादवले बताईन ।
सात वटा स्थानिय तहमा समुदायमा १८० जनाले व्यक्तिगत मनोसामाजिक परामर्श सेवा दिईएको सामि कार्यक्रमकी मनोसामाजिक परामर्शदाता सुमित्रा चौधरीले जानकारी दिए ।
त्यस्तै, समुदाय तहमा सञ्चालन गरिएको सूचना प्रवाह कार्यक्रममार्फत तीन हजार १७२ जना १०४ वटा समूहलाई वैदेशिक रोजगारीसम्बन्धी सुचना प्रवाह गरेको छ ।
यसमा दुई हजार २७७ जना महिला र ८९५ जना पुरुष सहभागी भएका छन् ।घरमै गई सुचना प्रवाह ७ हजार तीन सय २० जना जसमध्ये महिला ३३ सय ७८ र पुरूष तीन हजार ९४२ जना बैदेशिक रोजगार सम्बन्धि सुचना प्रवाद सेवा दिईएको छ ।
नवलपरासी १हजार ८ सय २४ जनालाई वित्तीय साक्षरता प्रदान गरिएको सामीका कार्यक्रम संयोजक ज्ञानप्रकाश यादवले जानकारी दिए । उनको अनुसार सहभागी मध्ये १हजार ३ सय २४ जान महिला र ५ सय जना मात्र पुरुष रहेको बताए ।
नवलपरासी सात वटा स्थानीय तहमा कार्यक्रमको सघन कार्यान्वयन भइरहेको छ भने सूचना तथा न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र सीप तालिमका लागि सहजीकरण गरिएको छ । जिल्लामा ७जना मनोसामाजिक परामर्शकर्ता रहेको सामि परियोजनाले जनाएको छ ।
मृत्यु, ठगी, अङ्गभङ्ग, अलपत्र, सम्पर्कविहीन, उद्धार तथा कागजात जाँचलगायतका विषयमा सहजीकरण गरिएको कार्यक्रम ज्ञानप्रकाश यादवले जानकारी दिए । सामी कार्यक्रमले यस समस्यालाई न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय आप्रवासी स्रोत केन्द्र सूचना तथा न्यायमा पहुँचसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।




