२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नवीनमा नव आगन्तुक विद्यार्थी अभिमुखिकरण

नवीनमा नव आगन्तुक विद्यार्थी अभिमुखिकरण

नवीनमा नव आगन्तुक विद्यार्थी अभिमुखिकरण

नवीनमा नव आगन्तुक विद्यार्थी अभिमुखिकरण

नवीनमा नव आगन्तुक विद्यार्थी अभिमुखिकरण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ११ २०८१
शुक्रवार, श्रावण ११ २०८१
  • बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपलिका ११ देबिनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि.ले नव आगन्तुक विद्यार्थी अभिमुखिकरण गरेको छ । कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक रेश्मीराज अर्यालले बै विद्यार्थी आआफ्नो क्षेत्रमा अब्बल बन्न सके व्यक्ति समाज र राष्ट्र सफल हुने बताए ।

     
    उनले नियमित रूपमा अनुशासित भएर अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट हुने र उमेरका हिसाबले अति संवेदनशील उमेर समूहका विद्यार्थी कक्षा ११ र १२ का भएको बताउँदै कुलतबाट बच्नु पर्नेमा जोड दिए । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद खरेलले विद्यार्थीहरु अनुशासित र लगनशील भएर अध्यन गर्न आग्रह  गरे । कार्यक्रममा बहुमुखी क्याम्पसका उप प्राध्यापक तथा लोक दोहोरी प्रतिष्ठान लुम्विनी प्रदेश सचिव योगराज पोखरेल, उत्प्रेरणात्मक वक्ता डा. आविष्कार पराजुलीले सहजीकरण गरेका थिए । 


    विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको अध्यक्षतामा कक्षा १२ विज्ञान समूहकी छात्रा आस्था पाण्डेयको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचार संहिता तथा अनुशासनको समग्र पक्षमा सहजीकरण गरेका थिए । 


    सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरीले पठनपाठनसँग सम्बन्धित विषयवस्तुहरुका सम्बन्धमा सहजीकरण गरेका थिए । कार्यक्रममा अगष्ट १० देखि श्रीलंकामा सञ्चालन हुने कराते प्रतियोगितामा ४५ केजी उमेर समूहबाट रेशमराज अर्याललाई उत्प्रेरणात्मक शुभकामना सहित रु. ५००० नगद प्रमुख अतिथिले हस्तान्तरण गरेका थिए । 


    २०८० को कक्षा ८ को आधारभुत तह परीक्षामा ४ जिपिए ल्याउन सफल अन्जना ज्ञवाली र निष्मा चुदालीलाई पुरस्कार प्रदान गरेका थिए । विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहका विद्यार्थीहरुका लागि आयोजित अभिमुखीकरणमा सहभागीको तर्फबाट विज्ञान समूहकी हीरा सुनार, सिभिल इन्जिनियरिङ तर्फबाट प्रसुन रेश्मीले धारणा व्यक्त गरेका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij