२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा भ्यू टावर छिटो सञ्चालनमा ल्याउन माग

तिलोत्तमा भ्यू टावर छिटो सञ्चालनमा ल्याउन माग

तिलोत्तमा भ्यू टावर छिटो सञ्चालनमा ल्याउन माग

तिलोत्तमा भ्यू टावर छिटो सञ्चालनमा ल्याउन माग

तिलोत्तमा भ्यू टावर छिटो सञ्चालनमा ल्याउन माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • तिलोत्तमा । करिब १८ करोड लागतमा तिलोत्तमामा बनेको बहुउद्देश्यीय भ्यू टावर छिटो सञ्चालनमा ल्याउन शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र वनबाटिकाले  तिलोत्तमा नगरपालिकासँग माग गरेको छ ।

     
    वन बाटिकाका पदाधिकारी र सल्लाहकारसहितको टोलीले बिहीबार नगरप्रमुख रामकृष्ण खाँणलाई भेटेर निर्माण सम्पन्न भएको लामो समयसम्म भ्यू टावर सञ्चालनमा नआउँदा नगरपालिकाको राजस्व गुमेको र जनमानसमा नकारात्मक सन्देश फैलिएको जानकारी गराएका थिए । 


    सो अवसरमा नगर प्रमुख रामकृष्ण खाँणले  पटक पटक टेण्डर गर्दा पनि व्यवसायी नआउँदा भ्यू टावर सञ्चालनमा ल्याउन नसकेको बताए ।  भ्यू टावर सञ्चालनमा नआउँदा सत्य तथ्य नबुझी सामाजिक सञ्जालमा नगरपालिकालाई दोष लगाउने गरिएको नगर प्रमुख खाँणले गुनासो गरे । 
    नगरपालिकाका राजस्व शाखा प्रमुख इन्द्रलाल सापकोटाकाअनुसार २०७८ सालमा पहिलोपटक वार्षिक ३९ लाख ५० हजार रुपैयाँ तिर्ने गरी एकजना व्यवसायीसँग टेण्डर स्वीकृत भएको थियो । तर ती व्यवसायी भ्यू टावर सञ्चालनको सम्झौता गर्न आएनन् । त्यसपछि ५ पटकसम्म टेण्डर गर्दा कोही पनि व्यवसायी टेण्डर लिन नआएपछि अब कुन मोडेलमा सञ्चालन गर्ने  भनेर छलफल भइरहेको सापकोटाले बताए । 


    २०७४ मा शिलान्यास भएको उक्त भ्यू टावर चार वर्षमा निर्माण सम्पन्न गरी २०७८ चैत १५ मा उदघाटन गरिएको थियो ।  शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा १३४ फिट उचाइको भ्यू टावर १० तलाको छ ।


    तिलोत्तमा नगरपालिकाले यो भ्यू टावर, भ्यू टावर मात्र नभई बहुउद्देश्यीय भवनको रुपमा निर्माण गरिएको दाबी गरेको छ । तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा निर्माण गरिएको टावरमा पहिलोदेखि छैठौ तलासम्म व्यावसायिक प्रयोजनका लागि संरचना निर्माण गरिएका छन् ।


    सातौं तलादेखि मात्रै दृश्य अवलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ । साढे १७ करोड रुपैयाँभन्दा बढी लागतमा निर्माण गरिएको भ्यु टावर निर्माणमा ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ ।


    दुई बिघा क्षेत्रफलमा निर्माण गरिएको भ्यु टावरमा सुविधायुक्त रेष्टुराँ र वातानुकुलित पर्यटक विश्रामस्थल कोठा, रिसर्च कक्ष, डिपार्टमेन्टल स्टोर, कार्यालय कक्ष, पुस्तकालयलगायतका संरचना रहेका छन् । 


    लिफ्ट सुविधासहित बनेको भ्यू टावरसँगै अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू समेत निर्माण भएका छन् । शंकरनगर सामुदायिक वनभित्र २०६२ सालमा स्थापना गरिएको वन विहार तथा अनुसन्धान केन्द्र हाल पश्चिमाञ्चल क्षेत्रकै मुख्य अनुसन्धान केन्द्रका रुपमा विकास हुँदै गएकोले भ्यु टावरको निर्माणले उक्त केन्द्रको विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।


    शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष खिमलाल पाण्डेले भ्यू टावर सञ्चालनमा नआउँदा जीर्ण बन्न थालेको भन्दै छिटो सञ्चालनमा ल्याउन सके नगरपालिकाले आम्दानी लिन सक्ने बताए । सामुदायिक वनको पाँच सय ७६ हेक्टर वनमध्ये ५१ हेक्टर क्षेत्रमा शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका रुपमा छुट्याएर पर्यटकीय पूर्वाधार बनेका छन् । 


    भ्यू टावरको उत्तरतर्फ स्वीमिङ पुल र अगाडि म्युजिकल फाउन्टेन निर्माण भएका छन् ।  भ्यू टावर परिसरमा पर्यटकीय पूर्वाधार बनाउन संघीय सरकारको पर्यटन मन्त्रालयबाट पनि ६० लाख बजेटको काम भएको नगरपालिकाका योजना प्रमुख इञ्जिनियर प्रदीप वनले बताए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij