२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुस्ता जोड्ने झोलुङ्गे पुल जिर्ण

सुस्ता जोड्ने झोलुङ्गे पुल जिर्ण

सुस्ता जोड्ने झोलुङ्गे पुल जिर्ण

सुस्ता जोड्ने झोलुङ्गे पुल जिर्ण

सुस्ता जोड्ने झोलुङ्गे पुल जिर्ण
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शुक्रवार, श्रावण ८ २०८३
शुक्रवार, श्रावण ८ २०८३
  • चितवन । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं। ५ सुस्ता जोड्न नारायणी नदी माथि बनाइएको झोलुङ्गे पुल जीर्ण बन्न थालेको छ ।

    २०८१ साल असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलले उदघाटन गरेर सञ्चालनमा ल्याइएको यो पुल छोटो अवधिमै जीर्ण बन्न थालेको छ ।


    पुल सुरक्षाका लागि लगाइएका जाली फाटेका छन् भने नटबोल्टहरु खुकुलो भएका छन् ।

    नेपालको सबैभन्दा धेरै स्पान भएको र लामो झोलुङ्गे पुलका रुपमा चिनिने सुस्ता पुलको लागत करिब २० करोड ९३ लाख रुपैयाँ थियो  ।


    झण्डै ९ वर्ष लगाएर बनाइएको यो पुल सुस्ता जानेरआउने दुईपांग्रे सवारी र पैदलयात्रीले प्रयोग गर्दछन् ।

    करिब ३ सय घरधुरी रहेको सुस्तामा ३ हजार १ सय जनसंख्या छ । पहिले पुल नहुँदा सुस्तावासीले नारायणी नदी डुङ्गाबाट तर्नुपर्थ्यो वा भारतीय भूमिबाट घुमेर आउजाउ गर्नुपर्थ्यो ।

    पुल बनेपछि आफ्नै नेपाली भूमिबाट सुरक्षित र सहज आवतजावत सम्भव भएको छ । पुलसँगै सुस्ता बस्तीमा विद्युत् विस्तार गरिएको छ । पुलमा उत्तर प्रदेश तथा विहारबाट युवा युवतीहरु फोटो खिच्न र घुम्न अधिक मात्रामा आउने गरेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij