लोकप्रसाद छन्त्याल
गुल्मी ।
मुसिकोट नगरपालिका वडा ७ बसेरीमा अवस्थित परोपकार बहुउद्देश्यीय लि.द्वारा सञ्चालित लघु जलविद्युत् हाइड्रोपावरका लागि ह्याप्पी पावर प्रा.लि.को सम्झौता भएको छ ।
ह्याप्पी पावर प्राइभेट लिमिटेड कम्पनी र परोपकार बहुउद्देश्यीय सहकारी लघु जलविद्युत् परियोजना वामी टक्सारबिच सम्झौता भएको हो । ह्याप्पी पावर प्राइभेट लिमिटेड प्रथम पक्ष परोपकार बहुउद्देश्यीय सहकारी लघु जलविद्युत् दोस्रो पक्षबिच प्रस्तावनासहित सम्झौतामा उल्लेख गरिएको छ ।
अध्ययन विकास निर्माण तथा सञ्चालनका लागि आवश्यक पारस्परिक सहयोग सहजीकरण तथा लाभ साझेदारीसम्बन्धी व्यवस्थापन गर्न प्रथम पक्ष र दोस्रो पक्ष बिच देहाय बमोजिम सहमति सम्झौता सम्पन्न गरिएको छ । साउन ४ गते परोपकार बहुउद्देश्यीय सहकारी लघु जलविद्युत् संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकले संस्थाको लघु जलविद्युत् परियोजनाबाट उत्पादित १३५ किलोवाट सर्वेक्षण तथा अध्ययन विकास सञ्चालनका निर्णयका लागी ह्याप्पी पावर प्रा.लि. सँग सम्झौता गर्ने निर्णय गरेपछि अध्यक्षद्वय ईन्द्रबहादुर बिष्ट र कृष्णप्रसाद सापकोटाले हस्ताक्षर तथा सम्झौता पत्र आदानप्रदान गरेका थिए ।
लघु जलविद्युत् परियोजनाका पूर्व अध्यक्ष गोपीकृष्ण खरेलले उत्पादित् विद्युत् नेपाल सरकारसँग करेन्ट खरिदबिक्री विगत वर्षमा भैसकेको र पब्लिक हेन कन्ट्रक्सनले ८६ लाखमा टेण्डर लिएको समेत बताए । खरेलले हाइड्रोपावर निर्माण भए १३५ किलोवाट करेन्ट बढेर करिब ७.५ मेघावाट हुने, स्थानीय प्रभावित क्षेत्रमा रोयल्टी आदि सुविधाजनक हुने, स्थानीय जनताले दक्ष सीपअनुसार रोजगारी पाउने र शेयर लगानीहरुको लगानी सुनिश्चितताको गर्व हुने बताएका छन् । परोपकार सहकारी लि. मा करिब १९०० जनाभन्दा धेरै सदस्यहरुको ५ हजार १०० सयदेखि १ लाखसम्म प्रतिव्यक्तिको शेयर लगानी रहेको छ ।
हाइड्रोपावर निर्माणपछि विद्युत्को पावर करिब ८÷ १० मेघावाट उत्पादन गर्ने लक्ष्य लिएको प्राविधिकको आँकलन रहेको इन्द्रबहादुर थापाले बताएका छन् ।
ह्याप्पी पावर प्रा.लि. तर्पm कानुनी सल्लाहकार अधिवक्ता बद्री विशाल घिमिरे रहेका छन् भने परोपकार बहुउद्देश्यीय सहकारी संस्थाबाट अधिवक्ता अनन्तलाल भण्डारी रहेका छन् ।




