२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण ९ २०८३
शनिवार, श्रावण ९ २०८३

  • बुटवल । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा छन् । उनी हाल ओमसतिया गाउँपालिका–४ बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए ।

    राणाले भैरहवा बजार क्षेत्रमा आफू घुमुवा प्रहरी भएको बताउँदै पेस्तोल देखाएर विभिन्न व्यक्तिसँग १० हजार रुपैयाँ मागिरहेको सूचना प्रहरीले पाएको थियो । उक्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनलाई सिद्धार्थनगर नगरपालिका–१३ शान्तिनगरबाट नियन्त्रणमा लिएको हो ।

    कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा उनको कोठाबाट नक्कली रिभल्वर एक थान, सवारी चालक अनुमतिपत्र एक थान, गाँजा ५०० ग्राम, भिभो कम्पनीको एन्ड्रोइड मोबाइल एक थान र नेपाली नगद दुई हजार ६०० रुपैयाँ बरामद भएको रुपन्देही प्रहरी प्रवक्ता कृष्ण चन्दले जानकारी दिए ।

    पक्राउ परेका राणामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij