२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सत्यवतीको विकास यात्राले तोड्दै ‘बुढा नेता’को भाष्य

सत्यवतीको विकास यात्राले तोड्दै ‘बुढा नेता’को भाष्य

सत्यवतीको विकास यात्राले तोड्दै ‘बुढा नेता’को भाष्य

सत्यवतीको विकास यात्राले तोड्दै ‘बुढा नेता’को भाष्य

सत्यवतीको विकास यात्राले तोड्दै ‘बुढा नेता’को भाष्य
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
गुल्मी संवाददाता सुनार सामाजिक विषयमा कलम चलाउछन् ।
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • गुल्मी
    पछिल्ला वर्षहरूमा नेपाली राजनीतिमा एउटा बहस बारम्बार उठ्ने गरेको छ-‘अब पाका नेताहरूले ठाउँ छाड्नुपर्छ ।’ नयाँ पुस्ताको नेतृत्व आवश्यक रहेको तर्कसँगै उमेरलाई नै नेतृत्वको मापन गर्ने प्रवृत्ति पनि बढेको देखिन्छ । तर गुल्मीको सत्यवती गाउँपालिकाले भने एउटा फरक सन्देश दिइरहेको छ । यहाँ उमेरभन्दा दृष्टिकोण, अनुभव र काम गर्ने इच्छाशक्तिले परिणाम दिन सक्छ भन्ने उदाहरण विकासका तथ्यहरूले पुष्टि गरिरहेका छन् ।


    सत्यवती गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे उमेरले पाका नेता हुन् । उनीभन्दा अघिका अध्यक्ष पारिश्वर ढकाल पनि अनुभवी नेतृत्वकै प्रतिनिधि थिए । तर यी दुवै नेतृत्वको निरन्तरताले सत्यवतीमा कृषि, पशुपालन, पूर्वाधार, शिक्षा र स्थानीय अर्थतन्त्रमा देखिएको परिवर्तनले ‘बुढा नेताले अब केही गर्न सक्दैनन्’ भन्ने भाष्यलाई चुनौती दिएको छ ।


    उपभोक्ताबाट आपूर्तिकर्तासम्मको यात्रा
    कुनै समय सत्यवतीका अधिकांश दैनिक उपभोग्य सामग्री बुटवललगायतका शहरबाट गाउँ भित्रिने गर्थे । गाउँ उत्पादनभन्दा उपभोगमा बढी निर्भर थियो । तर अहिले तस्विर फेरिएको छ । आज सत्यवतीमा उत्पादित कृषि तथा पशुजन्य वस्तु वार्षिक करिब १२ करोड रुपैयाँ बराबरको बुटवलसहित विभिन्न बजारमा पुगिरहेको छ । यो केवल उत्पादन बढेको तथ्य मात्र होइन, गाउँको आर्थिक संरचनामा आएको गहिरो परिवर्तनको संकेत पनि हो ।


    हिजो बजारमा निर्भर रहेको गाउँ आज आफैँ बजारलाई आपूर्ति गर्ने अवस्थामा पुगेको छ । स्थानीय किसानको पसिना अब गाउँमै सीमित छैन, त्यसले शहरको बजारसम्म पहुँच बनाइसकेको छ । यही परिवर्तनले सत्यवतीलाई कृषि उत्पादनको केन्द्रका रूपमा चिनाउन थालेको छ ।


    निर्वाहमुखी कृषिबाट व्यावसायिक उत्पादनतर्फ
    सत्यवती गाउँपालिकाले कृषिलाई केवल परम्परागत पेशाका रूपमा होइन, स्थानीय अर्थतन्त्रको मुख्य आधारका रूपमा विकास गर्ने रणनीति अघि सारेको छ ।


    आगामी आर्थिक वर्षका योजनामा गाई–भैँसी वितरण, दूध उत्पादन वृद्धि, तरकारी खेती विस्तार, बाँझो जमिनको उपयोग, भूमि बैंक सञ्चालन तथा कृषि यान्त्रिकीकरणलाई प्राथमिकता दिइएको छ । गाउँपालिकाले वार्षिक ९ करोड रुपैयाँ बराबरको दूध निर्यात गर्ने लक्ष्य राखेको छ भने तरकारीबाट थप ३ करोड रुपैयाँ बराबरको उत्पादन बाहिर पठाउने योजना बनाएको छ ।
    यससँगै अलैँची, कफी, मह, फलफूल, अदुवा, बेसार, टिमुर, बेमौसमी तरकारीजस्ता उच्च मूल्यका उत्पादनलाई व्यावसायिक बनाउने नीति लिइएको छ । यसले कृषि उत्पादनलाई मात्र होइन, स्थानीय रोजगारी र आयआर्जनलाई समेत नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।


    सडकले जोड्दै गाउँको सम्भावना
    कृषि उत्पादन बढे पनि बजारसम्म पुग्ने सडक नहुँदा किसानले लाभ लिन सक्दैनन् भन्ने यथार्थलाई गाउँपालिकाले बुझेको छ । त्यसैले सडक पूर्वाधारलाई विकासको अर्को प्राथमिकतामा राखिएको छ ।


    रुद्रवेणी– अश्लेवा– ठूलोलुम्पेक सडकको ११.५ किलोमिटर, शाहाघाट– लिम्घा सडकको ५ किलोमिटर तथा खैरेनी– जोहाङ– भार्से सडकको १० किलोमिटर सडक ढलान तथा कालोपत्रे गर्ने लक्ष्यले ग्रामीण बस्तीलाई सहज यातायातसँग जोड्ने अपेक्षा गरिएको छ । पूर्वाधार विस्तारले कृषि उत्पादनको बजार पहुँच बढाउने मात्र होइन, शिक्षा, स्वास्थ्य, पर्यटन र अन्य आर्थिक गतिविधिलाई पनि गति दिने विश्वास गाउँपालिकाको छ ।


    शिक्षामा पनि नयाँ सोंच
    सत्यवतीको विकास कृषि र सडकमा मात्र सीमित छैन । शिक्षालाई पनि प्रविधिमैत्री र प्रतिस्पर्धी बनाउने योजना अघि सारिएको छ ।


    प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड, छात्रवृत्ति कार्यक्रम, एसईईमा ४ जीपीए ल्याउने विद्यार्थीलाई एक लाख रुपैयाँसम्म प्रोत्साहन, विद्यालयमा स्मार्टबोर्ड, आईसीटी ल्याब तथा डिजिटल ई–हाजिरीको व्यवस्था जस्ता कार्यक्रमले गाउँमै गुणस्तरीय शिक्षा दिने प्रयासलाई बल दिएका छन् । यसले गाउँबाट युवाको पलायन रोक्न र दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


    अनुभवको मूल्य
    राजनीतिमा पुस्तान्तरण आवश्यक छ । नयाँ पुस्ताको सहभागिता लोकतन्त्रका लागि सकारात्मक विषय हो । तर त्यसकै नाममा अनुभव र परिणामलाई बेवास्ता गर्नु उचित नहुने तर्क सत्यवतीको उदाहरणले अघि सारेको छ ।


    यहाँ विकासका योजनाले देखाएको उपलब्धिले नेतृत्वको मूल्यांकन उमेरबाट होइन, कामबाट हुनुपर्ने सन्देश दिएको छ । अनुभवी नेतृत्वले दीर्घकालीन योजना, स्थानीय आवश्यकता र विकासको निरन्तरतामा दिएको योगदानलाई पनि उत्तिकै महत्व दिनुपर्ने देखिन्छ ।


    सत्यवतीले उठाएको प्रश्न
    सत्यवती गाउँपालिकाको विकास यात्रा केवल एउटा स्थानीय तहको प्रगतिको कथा होइन । यो नेतृत्व, सोंच र विकासबीचको सम्बन्धबारे गम्भीर सन्देश पनि हो ।


    हिजो दैनिक उपभोग्य सामग्रीका लागि शहरमा निर्भर गाउँ आज आफ्नै उत्पादनबाट करोडौं रुपैयाँको आर्थिक गतिविधि सिर्जना गर्दै शहरलाई आपूर्ति गरिरहेको छ । कृषि, पशुपालन, सडक, शिक्षा र स्थानीय अर्थतन्त्रमा देखिएको यो परिवर्तनले आत्मनिर्भरताको आधार बलियो बनाउँदै गएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij