२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

अन्तर्राष्ट्रिय होटलको नेतृत्व गरेका काशिरामले हाँकिरहेछन् लुम्बिनी ग्रीन रिसोर्ट

अन्तर्राष्ट्रिय होटलको नेतृत्व गरेका काशिरामले हाँकिरहेछन् लुम्बिनी ग्रीन रिसोर्ट

अन्तर्राष्ट्रिय होटलको नेतृत्व गरेका काशिरामले हाँकिरहेछन् लुम्बिनी ग्रीन रिसोर्ट

अन्तर्राष्ट्रिय होटलको नेतृत्व गरेका काशिरामले हाँकिरहेछन् लुम्बिनी ग्रीन रिसोर्ट

अन्तर्राष्ट्रिय होटलको नेतृत्व गरेका काशिरामले हाँकिरहेछन् लुम्बिनी ग्रीन रिसोर्ट
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • कपिलवस्तु ।  दाङ जिल्लाको तुलसीपुर–४, बनहरीको सामान्य ग्रामीण परिवेशबाट सुरु भएको काशीराम अधिकारीको हस्पिटालिटी करियरको यात्रा अन्तर्राष्ट्रिय होटलहरुको नेतृत्वसम्म पुगेर अहिले नेपालको उदीयमान होटल समूहको नेतृत्वसम्म पुगेको छ । उनी अहिले लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्सका प्रमुख कार्यकारी अधिकृत छन् । करिब तीन दशकको व्यावसायिक अनुभव बोकेका अधिकारीले केही वर्षदेखि कपिलवस्तुको चन्द्रौटामा रहेको  लुम्बिनी ग्रीन रिसोर्टसहित लमहीको ग्रीन लुम्बिनी होटलको समेत व्यवस्थापकीय नेतृत्व गरेका छन् । रिसोर्टमा क्यासिनो समेत सञ्चालनमा छ । यो समूहले छिट्टै अर्घाखाँचीको नरपानी र भारतको अयोध्यामा पनि होटलको शाखा विस्तार गर्दैछ । लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्सका मुख्य लगानीकर्ता लक्ष्मण भण्डारी हुन् । 


    गाउँको सपना, विश्वस्तरको अनुभव
    वि.सं. २०३४ असार २९ गते जन्मिएका अधिकारीले सन् १९९९ मा भारतको प्रतिष्ठित सरवाना भवन समूहबाट आतिथ्य क्षेत्रमा आफ्नो करिअर सुरु गरेका थिए । चेन्नई, नयाँदिल्ली र भेल्लोरमा काम गर्दै उनले होटल तथा रेष्टुरेण्ट सञ्चालनका आधारभूत सीप, अनुशासन र सेवा संस्कृतिको गहिरो अनुभव हासिल गरे । यही अनुभवले भविष्यमा अन्तर्राष्ट्रियस्तरको नेतृत्वका लागि बलियो आधार तयार गरिदियो  ।


    व्यावसायिक क्षमताकै आधारमा सन् २००५ मा उनी मलेसियाको वाईटीएल होटल्समा आबद्ध भए । सन् २०१३ सम्मको अवधिमा उनले पाङकोर लाउट रिसोर्ट, द रिट्ज–कार्लटन क्वालालम्पुर र जेडब्लु म्यारियट होटल क्वालालम्पुरजस्ता विश्वस्तरीय होटल तथा रिसोर्टमा नेतृत्वदायी जिम्मेवारी सम्हाले । लक्जरी होटल सञ्चालन, सेवा व्यवस्थापन र बहुसांस्कृतिक कार्य टोलीको नेतृत्व गर्दै उनले अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको गहिरो अनुभव बटुले । विशेषगरी रिट्ज–कार्लटनको लेडिज एण्ड जेन्टलम्यान सर्भिङ लेडिज एण्ड जेन्टलम्यान भन्ने सेवा दर्शनले उनको नेतृत्व शैलीलाई अझ परिष्कृत बनाएको छ ।


    सन् २०१३ को अन्त्यतिर अधिकारी सिंगापुरस्थित केओपी हस्पिटालिटीसँग आबद्ध भए । त्यसपछि इन्डोनेसियाको बाटाम र बालीस्थित मोन्टिगो रिसोट्र्समा उनले रिसोर्ट सञ्चालनको अनुभव लिए । त्यसपश्चात् म्यानमारको ट्रिप बाइ विन्डहाम याङगुनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै होटल सञ्चालन, सेवा संस्कृति विकास र आम्दानी व्यवस्थापनमा उल्लेखनीय सफलता हासिल गरे ।


    विदेशी अनुभवलाई नेपालमै रूपान्तरण
    विदेशमा लामो समय अनुभव सँगालेपछि अधिकारी नेपाल फर्किए । बुटवलस्थित होटल दा फ्लेमिङ्गोको प्रि–ओपनिङ जनरल म्यानेजरका रूपमा उनले होटल सञ्चालनको सम्पूर्ण तयारीदेखि सफल उद्घाटनसम्मको नेतृत्व गरे । त्यसपछि सिद्धार्थ हस्पिटालिटी ग्रुपमा आबद्ध हुँदै सिद्धार्थ होटल नेपालगञ्ज, सिद्धार्थ विलासा भैरहवालगायतका होटलमा जनरल म्यानेजर, क्लस्टर जनरल म्यानेजर तथा प्रि–ओपनिङ जनरल म्यानेजरको जिम्मेवारी सम्हाले । कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजाका प्रमुख सञ्चालन अधिकृत (सीओओ)का रूपमा पनि उनले संस्थागत पुनर्संरचना र सञ्चालन सुधारमा रणनीतिक भूमिका खेले ।
    हाल लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्सको नेतृत्व गरिरहेका अधिकारीले सेवा उत्कृष्टता, दक्ष जनशक्ति विकास र दिगो पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन् । 


    अधिकारीका अनुसार सकारात्मक सोंच, इमान्दारिता र असल चरित्र नै सफल नेतृत्वको दीर्घकालीन आधार हुन् । उनले आफू आबद्ध रहेका संस्थाहरूमा यही सिद्धान्तलाई व्यवस्थापनको मूल आधार बनाउँदै आएको बताउँछन् ।
    होटल व्यवस्थापनमा मात्र सीमित नभई अधिकारी प्रशिक्षक र मार्गदर्शकका रूपमा पनि परिचित छन् । उनले युवा होटल व्यवसायी, व्यवस्थापनकर्मी र विद्यार्थीलाई व्यावसायिक दक्षता, सेवा संस्कार र नेतृत्व विकासका विषयमा निरन्तर प्रेरित गर्दै आएका छन् ।


    दाङको एउटा सामान्य गाउँबाट सुरु भएको यात्रा आज एसियाका प्रतिष्ठित होटल तथा रिसोर्ट हुँदै नेपालको उदीयमान होटल समूहको नेतृत्वसम्म पुगेको छ । काशीराम अधिकारीको संघर्ष, निरन्तर सिकाइ र व्यावसायिक समर्पणले अवसर खोज्ने युवालाई एउटा स्पष्ट सन्देश दिन्छ–दृढ इच्छाशक्ति, मेहनत र गुणस्तरीय सेवाप्रतिको प्रतिबद्धताले अन्तर्राष्ट्रिय सफलताको ढोका खोल्न सक्छ ।


    अधिकारीले नेतृत्व गरेको लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्समा हाल १५० बढी कर्मचारी कार्यरत छन् । निर्माणाधीन दुई होटल सञ्चालनमा आउंदा थप कम्तीमा सय जनाले रोजगारी पाउनेछन् । 


      मृदुभाषी र सबैलाई सम्मान गर्ने संस्कारका धनी काशिरामको कुशल नेतृत्वमा लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोट्र्सले हस्पिटालिटी क्षेत्रमा उदियमान प्रोपर्टीको छवि र पहिचानलाई थप उचाईमा पु¥याएको सञ्चालक र लगानीकर्ताहरु बताउँछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij