२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

तिलोत्तमा १ बाटिका टोल विकास संस्थामा एमाले उम्मेदवार विजयी

तिलोत्तमा १ बाटिका टोल विकास संस्थामा एमाले उम्मेदवार विजयी

तिलोत्तमा १ बाटिका टोल विकास संस्थामा एमाले उम्मेदवार विजयी

तिलोत्तमा १ बाटिका टोल विकास संस्थामा एमाले उम्मेदवार विजयी

तिलोत्तमा १ बाटिका टोल विकास संस्थामा  एमाले उम्मेदवार विजयी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • तिलोत्तमा ।  तिलोत्तमा नगरपालिका–१ को बाटिका टोल विकास संस्थाको निर्वाचनमा अध्यक्ष पदमा नेकपा एमाले समर्थित उम्मेदवार लक्ष्मण क्षेत्री विजयी भएका छन्।

    टोल विकास संस्थाको तेस्रो अधिवेशन अन्तर्गत अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा क्षेत्रीले   कृष्णप्रसाद खनाललाई पराजित गर्दै विजयी भएका हुन् । क्षेत्रीले ६९ मत प्राप्त गर्दै विजयी हुंदा  खनालले ५० मत प्राप्त गरी पराजित भए। अध्यक्ष पदबाहेक अन्य सबै पदमा भने सर्वसम्मत रूपमा चयन भएका छन्।  टोलमा २६० घरधुरी रहेकामा अधिबेशनमा १४१ मत खसेको थियो । ९ मत बदर भएको थियो । 

    यस्तै उपाध्यक्षमा  रामप्रसाद गौतम, सचिवमा चोलराज मरासिनी  र कोषाध्यक्षमा सिर्जना ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन्। साथै अन्य सदस्यहरू पनि निर्विरोध चयन भएका छन्। 

     निर्वाचन सम्पन्न भएपछि नवनिर्वाचित अध्यक्ष तथा सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई तिलोत्तमा १ का वडाध्यक्ष फर्सुराम गिरी लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।  साथै निर्वाचनलाई निष्पक्ष, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सहयोग गर्ने निर्वाचन समिति, स्वयंसेवक तथा मतदानमा सहभागी सम्पूर्ण टोलबासीप्रति आभार व्यक्त गरिएको छ।

    बाटिका टोल विकास संस्थाको नयाँ नेतृत्वले आगामी कार्यकालमा टोलको पूर्वाधार विकास, सरसफाइ, सामाजिक सद्भाव तथा स्थानीय समस्याको समाधानमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij