२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन

रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन

स्वर्गीय ज्ञवालीको भोलि सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन

रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन

स्वर्गीय ज्ञवालीको भोलि सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।

रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १० २०८३
आइतवार, श्रावण १० २०८३
  • बुटवल । रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन भएको छ । तिलोत्तमाको शंकरनगरका स्थायी बासिन्दा ८० वर्षिय ज्ञवालीको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आज निधन भएको हो । उहां केही समयदेखि मुटु र फोक्सोको रोगले विरामी भएर उपचाररत हुनुहुन्थ्यो ।

    अर्घाखांचीको साविक चिदिकाबाट रुपन्देही बसाई सराई गर्नुभएका ज्ञवाली शान्ति नमूना माविमा नेपाली विषयको शिक्षक समेत हुनुहन्थ्यो । शिक्षण पेशा संगै ज्ञवालीले लामो समयसम्म पत्रकारितामा बिताउनुभएको छ । ज्ञवालीले लुम्बिनी राष्ट्रिय दैनिकमा  नियमित लेख रचना प्रकाशन गर्नुहुन्थ्यो ।

    खासगरी राष्ट्रियता र देशभक्तिको पक्षमा उहांको कलम प्रखर ढंगले चल्थ्यो । यस्तै उहां राष्ट्रिय समाचार समितिमा पनि लामो समय काम गर्नुभयो भने लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक भएर पनि काम गर्नु भयो । बुटवलबाट प्रकाशन हुने जनसंघर्ष दैनिक लगायत विभिन्न पत्रिकाहरुमा ज्ञवालीका लेखहरु प्रकाशित हुने गर्दथे । उहां पत्रकारिताको प्रशिक्षक पनि हुनुहुन्थ्यो । सरल भाषामा लेखन शैलीका कारण उहांका लेख रचनाहरु पाठकका लागि रुचिकर हुने गर्दथे । ज्ञवाली प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित पनि हुनुभएको थियो भने पत्रकारिता क्षेत्रमा योगदान गरे वापत विभिन्न संस्थाबाट सम्मानित र पुरस्कृत पनि हुनुभएको  नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष मोहन चापागाई स्मरण गर्नुहुन्छ ।

    स्वर्गीय ज्ञवालीका एक श्रीमती,एक छोरी र दुई छोरा तथा ६ जना नातिनातिना छन् । स्वर्गीय ज्ञवालीको भोलि सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उमेरले ८ दशक पार गर्दाम्म पनि ज्ञवाली लेखनमा सक्रिय हुनुहुन्थ्यो । 

    पत्रकारिता उहांका लागि  पेशा कहिल्यै बनेन,  जनताको आवाजलाई शब्द दिने, आन्दोलनको धड्कन सुन्ने, राज्यका निर्णयमाथि प्रश्न उठाउने र समाजका घाउलाई अक्षरमार्फत् उजागर गर्ने साहसिक यात्रा बनेको थियो । पञ्चायतकालीन शासनको कठोर परिवेशदेखि भारतमा सिकेको पत्रकारिता, जनआन्दोलन, महाकाली सन्धि, माओवादी द्वन्द्व हुँदै लोकतान्त्रिक आन्दोलनसम्मका ऐतिहासिक घटनाक्रमका बारेमा ज्ञवालीले जनपक्षीय कलम निरन्तर चलाइरहनुभयो ।

    ज्ञवालीले २०२४ सालदेखि पत्रकारिता शुरु गर्नुभएको थियो । पत्रकारिताका दौरान ज्ञवाली  एकैचोटि रिपोर्टर ,  प्रुफ रिडर र सम्पादक पनि हुनुहुन्थ्यो अर्थात समाचार लेख्ने, शुद्धाशुद्धी  मिलाउने, सम्पादकीय लेख्ने र पत्रिका बाँड्ने काम पनि आफैले गर्नुहुन्थ्यो । 


    पत्रकारितासँगै साहित्यिक संगतले पनि उहांको व्यक्तित्व र लेखनशैलीलाई परिष्कृत बनाएको थियो ।  विशेषगरी साहित्यकार ÷ पुर्व एमाले नेता मोदनाथ प्रश्रित सँगको निकटताले उहांको भाषामा सरलता र प्रभावशीलता थपिएको ज्ञवालीलाई नजिकबाट चिनेकाहरु बताउंछन् ।  ज्ञवालीको पत्रकारिता यात्राको सबैभन्दा महत्वपूर्ण मोडमध्ये एक हाकाली सन्धि थियो । त्यो सन्धिप्रति उहां आलोचक हुनुहहुन्थ्यो ।  त्यस विषयमा उहांले निरन्तर लेख्नुभयो ।

    महाकाली सन्धिबारे लेखिएको उहांको चर्चित सामग्री बुलको पर्व शीर्षकमा प्रकाशित भएको थियो । ज्ञवाली विशेषगरी भुइँमान्छेको स्वर बाहिर ल्याउन चाहनुहुन्थ्यो ।  जसको आवाज कसैले सुन्दैन, तिनका समस्या उजागर गर्ने काममा उहांको बढी रुचि रह्यो । 

    दीर्घ पत्रकारिता यात्राका क्रममा उहांले नेपाल पत्रकार महासंघ बाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान पाउनुभएको छ । 

    ज्ञवालीको पत्रकारिता यात्रा र सरल जीवन शैली एक व्यक्तिको जीवनी मात्र होइन, नेपाली मोफसल पत्रकारिताको संघर्ष, साहस र समाज परिवर्तनको इतिहास पनि हो । 


    दैनिक लुम्बिनीका पुर्व स्तम्भकार /लेखक स्वर्गीय ज्ञवालीको निधनप्रति सिद्धार्थ पब्लिकेसन्स प्रालि परिवार गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।। 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij