२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

बेलहियासहित ६ नाकामा ‘बिआइटी’ टोली परिचालन

बेलहियासहित ६ नाकामा ‘बिआइटी’ टोली परिचालन

बेलहियासहित ६ नाकामा ‘बिआइटी’ टोली परिचालन

बेलहियासहित ६ नाकामा ‘बिआइटी’ टोली परिचालन

बेलहियासहित ६ नाकामा ‘बिआइटी’ टोली परिचालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
पत्रकारितामा क्रियाशिल विगत १३ वर्षदेखि रूपन्देहीलाइ कार्यक्षेत्र बनाइ अर्थ, सुरक्षा, खेल र समसमायिक तथा खोजमूलक विषयमा कलम चलाउँछन् ।
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • भैरहवा 
    नेपाल–भारत अन्तर्राष्ट्रिय सिमानाका बेलहियामा ‘बोर्डर इन्टरएक्सन टिम’ (बिआइटी) परिचालन भएको छ । 
    नाकाहरूबाट दैनिक हजारौँ नागरिकको आवतजावत र यात्रुलाई कसरी सहजीकरण गर्ने, समकक्षी सङ्गठन (काउन्टर पार्ट) सँग समन्वय गर्न र गलत क्रियाकलाप नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सशस्त्र प्रहरी बल नेपालले यो अवधारणा अघि सारिएको हो । सशस्त्र प्रहरी बल, नेपाल प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको उपस्थितिमा बेलहियासहित देशका मुख्य सीमा ६ सीमा नाकाहरूमा बिआइटी परिचालन भएको छ । 


    सीमा क्षेत्रमा यात्रुको आवागमनलाई सहज बनाउन र अवैध क्रियाकलापलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालले सीमा सुरक्षा व्यवस्थापनलाई थप आधुनिक, समन्वयात्मक र जनमैत्री बनाउने उद्देश्यका साथ साउन १० गतेदेखि विशेष तालिम प्राप्त उक्त टोली खटाइएको सशस्त्र प्रहरी बल २७ नं. हे क्वाका सूचना अधिकारी डीएसपी दुर्गा थापाले जानकारी दिए । 


    सशस्त्र प्रहरीका अनुसार झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा बेलहिया, बाँकेको जमुनाह र कैलालीको त्रिनगर गरी ६ वटा मुख्य नाकामा टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा प्रत्येक नाकामा १४ जना रहने गरी टोली खटाइएको हो । सो टोली सम्बन्धित क्षेत्रमा रहेको सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा तैनाथ रही मुख्य नाकाहरूमा सक्रिय रहनेछ । यो टोली बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सादा पोसाक (सफारी सुट) मा ड्युटीमा खटिनेछ । यात्रुमैत्री वातावरण निर्माणका लागि प्रत्येक सिफ्टमा कम्तीमा एक जना महिला सुरक्षाकर्मी अनिवार्य रूपमा रहने व्यवस्था मिलाइएको छ ।


    यस अभियानको आइतबार सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले रुपन्देहीको डण्डास्थित सीमा सुरक्षा गुल्मबाट औपचारिक शुभारम्भ गरेका छन् । सो क्रममा उनले टोलीलाई आवश्यक निर्देशन दिनुका साथै सीमा क्षेत्रका दैनिक गतिविधिको जानकारी लिएका थिए । अन्य नाकाहरूमा पनि सम्बन्धित बाहिनीका बाहिनीपतिहरूले आइतबार नै टोली परिचालनको शुभारम्भ गरेका छन् । 


    यस टोलीको मुख्य जिम्मेवारी सीमा नाकामा आवतजावत गर्ने महिला, बालबालिका र ज्येष्ठ नागरिकहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्नु रहेको छ । यसका अतिरिक्त मानव बेचबिखन नियन्त्रण तथा उद्धार, प्रतिबन्धित लागुऔषध र वन्यजन्तुको ओसारपसार नियन्त्रण, सूचना सङ्कलन तथा चेकजाँचलाई थप प्रभावकारी बनाउन टोलीले कडाइका साथ काम गर्नेछ । साथै, सीमा क्षेत्रमा हुने गतिविधिको प्रभावकारी व्यवस्थापन, स्थानीय बासिन्दासँगको समन्वय र सीमापार चुनौतीहरूको समयमै पहिचान गर्न टोलीले महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

     

    बेलहियामा अत्याधुनिक सार्वजनिक शौचालय र वाटर एटिएम 

    भैरहवा । नेपाल–भारतको मुख्य सीमा नाका बेलहिया हुँदै आउजाउ गर्ने स्वदेशी तथा विदेशी पर्यटक एवम् सर्वसाधारण यात्रुहरूका लागि अब सरसफाइ र शुद्ध खानेपानीको असुविधा हटेको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ स्थित सीमा क्षेत्रमा निर्मित अत्याधुनिक तथा अपाङ्गमैत्री सार्वजनिक शौचालय र वाटर एटिएम सञ्चालनमा आएसँगै दैनिक रूपमा ओहोरदोहोर गर्ने हजारौँ यात्रुहरूलाई ठूलो राहत मिलेको हो ।


    लुम्बिनी प्रदेश सरकारको सहरी विकास तथा खानेपानी मन्त्रालयअन्तर्गतको खानेपानी तथा सरसफाइ कार्यालय, रुपन्देहीले बेलहिया गाउँ समाजको समन्वयमा निर्माण सम्पन्न आयोजना सिद्धार्थनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख प्रकाश केसीले हस्तान्तरण पत्रमा हस्ताक्षर गर्दै नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँलाई पूर्वाधारको स्वामित्व सुम्पेका हुन् । 


    लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गर्दै सभ्य र आधुनिक शहर निर्माणका लागि ठूला भवन र अस्पताल मात्र नभई सार्वजनिक शौचालय जस्ता आधारभूत पूर्वाधारको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए । सिद्धार्थनगरको समग्र विकासका लागि करिब २२ करोड रुपैयाँ बराबरको बजेट ल्याइएको जानकारी दिँदै उनले विकास निर्माणका कार्यमा सामूहिक सहकार्य आवश्यक रहेको औँल्याए । साथै, सीमा नाकामा पर्यटकलाई गरिने सम्मानजनक सत्कारले स्थानीय अर्थतन्त्र र व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने भन्दै बेलहिया नाकालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन स्थानीय समाजले खेलेको भूमिका प्रशंसनीय रहेको उनलेबताए । 


    आर्थिक वर्ष २०८०-८१ बाट निर्माण कार्य सुरु भई आव २०८२÷८३ मा सम्पन्न सार्वजनिक शौचालय आयोजनाको कुल लागत अनुमान ६५ लाख ९ हजार ७ सय ७० रुपैयाँ रहेको थियो । आयोजना कुल ५५ लाख ९४ हजार ६ सय १० रुपैयाँको यथार्थ खर्चमा सम्पन्न भएको र यसमा स्थानीयवासीका तर्फबाट २ लाख १ हजार २० रुपैयाँ ५६ पैसा बराबरको जनश्रमदान रहेको कार्यालय प्रमुख प्रकाश केसीले जानकारी दिए । पूर्णरूपमा प्रविधियुक्त तथा अपाङ्गमैत्री बनाइएको यस संरचनाभित्र पुरुषका लागि ४ वटा शौचालय र ५ वटा युरिनल तथा महिलाका लागि ३ वटा शौचालय, १ बाथरुमसहित प्याड एटिएम समेत जडान गरिएको छ । सरसफाइ र पानीको पर्याप्त व्यवस्थाका लागि २ हजार लिटर क्षमताका ३ वटा ट्याङ्की र ४ वटा वास बेसिनको व्यवस्था मिलाइएको  कार्यालयले जनाएको छ ।


    पूर्वाधारको स्वामित्व ग्रहण गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले नगरको मुख्य प्रवेशद्वारमै बनेको यस हाईटेक संरचनाले सीमा क्षेत्रको सेवा प्रवाहमा नयाँ आयाम थपेको बताए । बेलहिया नाका नेपालकै प्रमुख नाका भएकाले यहाँको सरसफाइ र व्यवस्थापनले समग्र देशकै पहिलो छवि झल्काउने उनको भनाइ थियो ।


    ‘यो नाका हुँदै बर्सेनि लाखौँ स्वदेशी तथा विदेशी पर्यटक नेपाल भित्रिन्छन् । उनीहरूले नेपालको पहिलो अनुभव यहीँबाट गर्ने भएकाले यो अत्याधुनिक शौचालय र वाटर एटिएमले पर्यटकहरूमा सकारात्मक सन्देश प्रवाह गर्नेछ ।’– नगर प्रमुख खाँले भने । पूर्वाधार निर्माण हुनु मात्र ठूलो कुरा होइन, यसको दिगो व्यवस्थापन, नियमित मर्मतसम्भार र सरसफाइको स्तर निरन्तर कायम राख्नु मुख्य चुनौती हो । नगरपालिकाले यसलाई उच्च प्राथमिकतामा राखेर विशेष कार्यविधिमार्फत् सञ्चालन गर्नेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij