२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

ग्यास अभाव भएपछि उद्योगीले भने- जगेडा सिलिन्डर नराख्नुस्

ग्यास अभाव भएपछि उद्योगीले भने- जगेडा सिलिन्डर नराख्नुस्

ग्यास अभाव भएपछि उद्योगीले भने- जगेडा सिलिन्डर नराख्नुस्

ग्यास अभाव भएपछि उद्योगीले भने- जगेडा सिलिन्डर नराख्नुस्

ग्यास अभाव भएपछि उद्योगीले भने- जगेडा सिलिन्डर नराख्नुस्
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • बुटवल । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिन्डर जगेडा नगर्न आग्रह गरेको छ। 

    ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको संघले जनाएको छ। संघका अध्यक्ष दिवान चन्दले भारतबाट आउने ग्यासको मात्र नघटेको बताए। 

    विगतकै जति सय बुलेट हाराहारी दैनिक ग्यास आपूर्ति भइरहेको उनले बताए। ‘पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ,’ चन्दले भने। 

    उपभोक्ताले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको उनको भनाइ छ। ‘उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुन्छ,’ अध्यक्ष चन्दले भने। 

    एलपी ग्यास उद्योग संघका सदस्य विमल कालाखेती आफूहरूले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले देखिएको बताए। सामान्य अवस्थामा जति आवश्यक पर्थ्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उनको भनाइ छ। 

    हाल बजारमा एक करोड ५० लाख थान सिलिन्डर छन्। जसमध्ये ५० लाख सिलिन्डर ग्यास डिपोसँग छन्। 

    सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिन्डर ग्यास वितरण सुरु गरेको थियो। हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij