२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुनसरीको कप्तानगञ्जमा नेपाली सेना परिचालन

सुनसरीको कप्तानगञ्जमा नेपाली सेना परिचालन

सुनसरीको कप्तानगञ्जमा नेपाली सेना परिचालन

सुनसरीको कप्तानगञ्जमा नेपाली सेना परिचालन

सुनसरीको कप्तानगञ्जमा नेपाली सेना परिचालन
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण ११ २०८३
सोमवार, श्रावण ११ २०८३
  • विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लङ्घन गर्दै प्रदर्शन भएपछि नेपाली सेना परिचालन गरिएको छ ।


    कर्फ्यु आदेशको अवज्ञा गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेपछि अवस्था नियन्त्रणमा लिन हतियारसहित नेपाली सेनाको टोली परिचालन गरिएको हो ।

    स्थानीय प्रशासनका अनुसार सेनाको टोली घटनास्थल पुगेपछि कप्तानगञ्जको अवस्था क्रमशः नियन्त्रणमा आएको छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले सुरक्षा निकायले अवस्था सामान्य बनाउने प्रयास गरिरहेको जानकारी दिए ।

    कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । उक्त घटनामा गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।


    घटनामा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो । तर, कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन जारी रहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij