२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामाजिक सद्भाव कायम गरौँ

सामाजिक सद्भाव कायम गरौँ

सामाजिक सद्भाव कायम गरौँ

सामाजिक सद्भाव कायम गरौँ

सामाजिक सद्भाव कायम गरौँ
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  • सुनसरीको कप्तानगञ्ज घटनाको व्यवस्थापन गर्न संयमित ढंगले पहलकदमी नलिने हो भने सामाजिक सद्भाव खल्बलिन सक्छ । एउटा सामान्य घटनाबाट सल्केको हिंसाको प्रभाव देशभर विस्तार हुने जोखिम छ । 


    विषय र घटना ठूलो होइन्, बोलबम यात्राका क्रममा डिजे बजाएको विषयमा दुई पक्षबिच भनाभनले उग्र रुप लिँदा  सुनसरीको कप्तानगञ्ज तनावग्रस्त भएको छ । प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ । झडपमा नौ सर्वसाधारण र १३ सुरक्षाकर्मीसहित २२ घाइते भएका छन् । घाइते सर्वसाधारणको शरीरको विभिन्न ठाउँमा गोली लागेको  छ । अहिले सर्वसाधारण उग्र बन्नुको कारण हो, प्रहरीले मनपरी गोली चलायो । घाइतेको शरीरका विभिन्न ठाउँमा लागेको गोलीले प्रहरीले संयमता गुमाएको देखिन्छ । सुरक्षाकर्मीको काम भीड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्ने हो । मुख्य जिम्मेवारी पूरा गर्ने शिलशिलामा हुने कमजोरीले कहिलेकाही परिस्थिति नियन्त्रण बाहिर जान सक्छ ।


    साउने सोमबारका लागि बोलबम यात्रामा निस्कन लागेको एउटा समूहले डीजे बजाएको विषयमा आइतबार राति करिब ९ बजे दुई पक्षबिच विवाद सुरु भएको थियो । सामान्य भनाभनबाट सुरु भएको विवाद छोटो समयमै उग्र बन्यो । दुवै पक्षबाट लाठी, ढुंगा र भाला प्रहार भएको प्रहरीको भनाइलाई मान्दा प्रदर्शन उग्र भएको छ । भिडले स्थानीयका घर, मेडिकल पसल र सवारीसाधनमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास भयो । स्थिति भड्किएपछि संयमता अपनाउन सर्वपक्षीय अपील जारी भएको छ । 


    सरकारले सुनसरीका सीडीओ र प्रहरी प्रमुखलाई फिर्ता बोलाएर नयाँ व्यक्तिलाई पठाएको छ । सुरक्षा संयोजनको जिम्मेवारी पूरा नगरेको भन्दै कोशीका प्रहरी प्रमुख विनोद घिमिरेलाई फिर्ता बोलाएर शेखर खनाललाई पठाइएको छ । सुरक्षा निकायका प्रमुखहरुको सरुवाले मात्रै समस्या समाधान हुने होइन, त्यो तत्कालको मल्हमपट्टी हुनसक्छ । समस्याको जड समाजमा बढ्दै गएको अराजकता र खल्बलिएको सामाजिक सद्भाव हो । मुुलुकमा बढेको चरम निराशाले पनि सामाजिक एकता खल्बलिएको छ । सरकारले बढ्दो निराशालाई चिर्न विधिमा टेकेर थिति बसाल्न ध्यान दिनुपर्छ । विधिलाई बेवास्ता गर्दा थिति बस्न सक्तैन् । सामाजिक सद्भावका लागि आक्रोश र घृणाको राजनीति होइन्, आपसी मेलमिलाप र हार्दिकताले काम गर्छ । समाजमा घृणाको राजनीति हावी हुँदै जाँदा बिथोलिएको समाजलाई लयमा ल्याउन सहकार्य र मेलमिलापको राजनीतिलाई जोड दिनुपर्छ । राजनैतिक दलबिच चुनावमा प्रतिस्पर्धा र आरोप प्रत्यारोप हुनसक्छ, तर सरकारले अहिले प्रतिशोधपूर्ण ढंगले जुन क्रियाकलाप गरिरहेको छ, त्यसले समाजमा इगो, कुण्ठा र आक्रोश बढाएको छ । अहिलेको इगो, कुण्ठा र आक्रोशलाई त्यागेर सहकार्य र मेलमिलापको बाटोतिर नलाग्ने हो भने समाजमा अझै दरार देखिनेछ ।


    यो घटनामा जसरी समाज भड्किएको छ, यो भड्काउका लागि उग्र र अराजक राजनैतिक गतिविधि जिम्मेवार छ । अब विगतका कमजोरी आत्मसात गरौं, समाजमा आक्रोशको आगो बढ्द नदिन सबै मिलेर अघि बढ्न आवश्यक छ । सामाजिक सद्भाव बिथोलिँदा मुलुकले नोक्सानी बाहेक केही पाउँदैन् । सुनसरी घटनाको निष्पक्ष छानबिन गरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि कार्ययोजना बनाएर अघि बढ्न गृहप्रशासनले पहलकदमी लिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij