२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत आयोगमा पठाउन स्थानीयको माग

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत आयोगमा पठाउन स्थानीयको माग

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत आयोगमा पठाउन स्थानीयको माग

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत आयोगमा पठाउन स्थानीयको माग

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत आयोगमा पठाउन स्थानीयको माग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
जयसवाल परासीमा रहेर पत्रकारितामा क्रियाशील रहेका छन् ।
मंगलवार, श्रावण १२ २०८३
मंगलवार, श्रावण १२ २०८३
  •  परासी  । लालपुर्जा प्राप्तिका लागि संकलन गरिएको लगत फारमहरु भुमि समस्या समाधान आयोगमा पठाउन स्थानीयले  वडासँग माग गरेका  छन् ।स्थानीयबासीले आफूहरूले संकलन गरेको लगत सम्बन्धित आयोगमा पठाइदिन वडा  न १२ कार्यालयसँग माग गरेका हुन् । 

    रामग्राम नगरपालिकाको वडा नं १२  सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा जग्गा सम्बन्धी संकलित लगत राष्ट्रिय भूमि आयोगमा यथाशीघ्र पठाउन वडा कार्यालयसँग शर्मा प्रसाद यादवले माग गरेका छन् ।

    उनले २०३६ सालदेखि भोगचलन गरेको जग्गाको लालपुर्जा पाउनुपर्ने माग गरे ।

    रामग्राम नगरपालिकाले भवन बानउने बेला उनिहरूलई सट्टामाभोगचालन गर्न दिएको थियो ।

    अहिले उनीहरू उक्त जग्गामा अव्यवस्थित बसोबास सुकुम्बासी जग्गाको लालपुर्जा दिन सरकारसँग माग गरेका छन् ।

     उनीहरूले आवश्यक प्रक्रिया पूरा गरी संकलित विवरण समयमै आयोगमा पठाउन आग्रह गर्दै यसबाट वास्तविक लाभग्राहीको पहिचान तथा समस्या समाधानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । 

    आयोगमा विवरण नपठाइँदा प्रक्रिया अगाडि बढ्न नसकेको गुनासो गरेका छन् । समयमै लगत आयोगमा पठाइए वास्तविक सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने प्रक्रिया अघि बढ्ने भएकाले ढिलाइ नगरी आवश्यक प्रक्रिया पूरा गर्न स्थानीयले सम्बन्धित वडा कार्यालयसँग आग्रह गरेका छन्।

    आफुसंगआएको  फराम र बनले रोकेकोपत्र समावेश गरी आयोगमा पठाउने वडा नं १२ वडाअध्यक्ष लोक बहादुर चौधरीले बताए ।

    करिब १० कठ्ठा जग्गा अव्यवस्थित बसोबास र सुकुम्बासी रहेका छन् । १६ जना अव्यवस्थित बसोबास र सुकुम्बासी १६ जना गरि ३२ घरपरिवार अव्यवस्थित बसोबास र सुकुम्बासी रहेका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij