२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सडक यातायातमा सुरूङ मार्ग

सडक यातायातमा सुरूङ मार्ग

सडक यातायातमा सुरूङ मार्ग

सडक यातायातमा सुरूङ मार्ग

सडक यातायातमा सुरूङ मार्ग
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  • सात वर्षअघि निर्माण सुरु भएको नागढुङ्गा-सिस्नेरी सुरूङमार्ग सञ्चालनमा आएसँगै नेपाल सुरूङ युगमा प्रवेश गरेको छ । यो सुरूङमार्गले काठमाडौं जाने र त्यहाँबाट बाहिरिने गाडी घण्टौं जाममा पर्नुपर्ने अवस्थाको अन्त्य मात्रै भएको छैन, पूर्वाधार विकासमा अब सुरूङ मार्ग बलियो विकल्पको रुपमा स्थापित हुनेछ ।


    वि.सं.२०७६ कार्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरूङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौता अनुसार, यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड-१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ भयो । मुख्य सुरूङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेकोमा २ दशमलव ५५ किमि आपतकालीन सुरूङ रहेको छ । पैदलयात्री, दुई पाङ्ग्रे सवारी, डिजेल, पेट्रोलसहित प्रज्ज्वलनशील पदार्थ ढुवानी गर्ने सवारी साधन सुरुङमार्गभित्र चल्न पाउँदैनन् । यो सुरुङ मार्गको लागत २८ अर्ब पुगेको छ । समयमा काम नसक्दा आयोजनाको लागत बढेको हो । सुरुमा जापान सरकारको साढे १६ अर्ब र नेपाल सरकारको ६ अर्ब लगानीमा यो सुरुङ निर्माण गर्ने सम्झौता भएको थियो । निर्माणको लागत बढेपछि जापान सरकारले ६ अर्ब ऋण सहयोग उपलब्ध गराएको थियो ।


    शिलान्यास प्रधानमन्त्रीले गर्ने भनिए पनि अन्ततः भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले गरे । राष्ट्रिय गौरवको यो आयोजना मुलुकको विकासमा नयाँ छलाङ भएकाले प्रधानमन्त्रीले उद्घाटन गरेको भए अझै राम्रो हुन्थ्यो । प्रधानमन्त्रीले उद्घाटनमा रुची नदेखाएर गल्ती गरेका छन् । प्रधानमन्त्री केवल प्राविधिक पद होइन्, यो नागरिकसँग प्रत्यक्ष जोडिने संस्था हो । उद्घाटनसँगै तत्कालीन प्रधानमन्त्रीले शिलान्यास गरेको शिलापत्र फालिएको भन्दै विरोध भएकोछ ।  नियतवश नभई अन्य कारणले हटाइएको र पुनःस्थापना गरिने भौतिक पूर्वाधारमन्त्री लम्सालले जानकारी गराएका छन् । विकास निर्माणका काममा आग्रहभन्दा माथि उठेर अघि बढ्न सक्दा मात्रै प्रतिफलमुखी आयोजना अघि बढाउन सकिन्छ ।


    यो सुरूङ मार्गको निर्माणले धेरै सिकाएको छ । अब मुलुकलाई सुरूङ मार्गमा प्रवेश गराउनुपर्छ । सिद्धबाबाको जोखिमयुक्त क्षेत्रमा सुरूङ मार्ग बन्दैछ, यो पनि छिट्टै निर्माण सम्पन्न हुनेछ । दाउन्ने खण्डमा पनि सुरूङ मार्ग नै भरपर्दो विकल्प भएको प्राविधिक अध्ययनबाट देखिएको छ । सम्भाव्यता अध्ययन भएको छ, अन्यत्र पनि आवश्यकताअनुसार सुरूङ मार्ग बनाउन सक्दा सडक यातायातलाई भरपर्दो र छरितो बनाउने छ । सिँचाइका लागि भेरीबबई र मरिन–सुनकोशी डाइभर्सन बनिरहेका छन् । बिजुलीका लागि सुरूङमार्ग पहिलेदेखि बन्दै आएका छन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij