२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सडकका इन्जिनियरसँग सवा २ करोड अवैध सम्पत्ति !, पत्नीसहितलाई अख्तियारले हाल्यो मुद्दा

लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बुधवार, श्रावण १३ २०८३
बुधवार, श्रावण १३ २०८३
  •  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    चौधरीले पदीय मर्यादा विपरीत कार्य गरी २ करोड २६ लाख १३ हजार १२३ रूपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

    अख्तियारका अनुसार इन्जिनियर चौधरी सेवामा प्रवेश गरेको मिति २०६५ पुस ११ गतेदेखि २०८१ असार २९ गतेसम्मको जाँच अवधिमा उनको कुल वैधानिक आय २ करोड ७२ लाख ५५ हजार ७६६ रूपैयाँ देखिएको छ । सोही अवधिमा उनको खर्च तथा लगानी ९व्यय० भने ४ करोड ९८ लाख ६८ हजार ८८९ रूपैयाँ मात्र छ ।

    कुल आयको तुलनामा व्यय बढी देखिएको र सो बढी देखिएको २ करोड २६ लाख १३ हजार १२३ रूपैयाँको वैधानिक स्रोत नखुलेकाले उक्त रकम भ्रष्टाचार गरी आर्जन गरेको अख्तियारको निष्कर्ष छ ।

    अवैध रूपमा आर्जन रकम पत्नी अर्पना कुमारीको घर-जग्गा खरिद तथा अन्य क्षेत्रमा लगानी देखिएको भन्दै उक्त सम्पत्ति जफत प्रयोजनका लागि अर्पनालाई पनि प्रतिवादी बनाइएको छ ।

    चौधरीविरुद्ध जरिवाना र कैद सजायको मागसहित वास्तविक सम्पत्ति लुकाएको र झूटो विवरण पेस गरेको अभियोगमा थप सजायको दाबी गरिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij