२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

प्रधानमन्त्रीको रहस्यमय मौनता

प्रधानमन्त्रीको रहस्यमय मौनता

प्रधानमन्त्रीको रहस्यमय मौनता

प्रधानमन्त्रीको रहस्यमय मौनता

प्रधानमन्त्रीको रहस्यमय मौनता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  • सुनसरीको देवानगञ्जमा भड्किएको साम्प्रदायिक हिंसा पूर्वी तराई हुँदै पश्चिमतिर फैलिने जोखिम बढ्दै गइरहेका बेला प्रधानमन्त्रीको खोजी भएको छ । संवेदनशील घडीमा सरकार प्रमुखको अपीलले सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रधानमन्त्रीको खोजी हुनु स्वभाविक छ । प्रधानमन्त्री धेरै बोल्नुहुन्न । पहिलेका प्रधानमन्त्री धेरै बोलेकाले काम गर्ने कम बोल्नुपर्छ भन्ने भाष्य खडा गरेर समाजमा साम्प्रदायिक हिंसा भड्किएका बेला सरकार प्रमुखको मौनता गैरजिम्मेवार छ ।


    साम्प्रदायिक हिंसा आगोको झिल्को झै हो, जसले ठूलो क्षति गर्न सक्छ । समाजमा नागरिकको मन नजोडिने गरी टुटाउन सक्छ । समाज जोडिने नागरिकको मन मिलेर हो । जब मन आपसमा मिल्दैनन्, त्यसले समाजलाई विभाजित गर्छ । यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री बालेन्द्र साहको मौनता तोडिनुपर्छ । प्रधानमन्त्रीले संसदलाई बेवास्ता गर्दै आउनु भएको छ । जननिर्वाचित सार्वभौम संसदलाई बेवास्ता गर्नु गैरजिम्मेवार कदम हो । राष्ट्रपतिलाई भेट गरी मुलुकको वस्तुस्थिति र सरकारले चालेका कदमबारे जानकारी गराउनु प्रधानमन्त्रीको नियमित काम हो । तर उहाँलाई राष्ट्रपति भेटेर कुराकानी गर्न अप्ठारो किन लागिरहेको छ ? सुरक्षा प्रमुखले मुलुकको वस्तुस्थितिबारे प्रधानमन्त्रीलाई जानकारी गराउन पाउँदैनन् ।

    सचिवालयका सदस्यलाई रिर्पोटिङ गर्नुपर्ने बाध्यता छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्ने, मुलुकको सुरक्षा रणनीति बनाउने विषय सरकारको प्राथमिकतामा परेको देखिंदैन । जे गर्नुपर्ने हो त्यही नगर्ने सरकारले के गरिरहेको छ ? सरकार सञ्चालनमा विधिमा टेकेर थिति बसाल्ने भन्दा सचिवालयका सदस्यको मनमौजी चलेको छ । लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित बनाउने नभई कमजोर पार्ने प्रवृत्ति बढेको छ । सरकार सञ्चालनकै बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्रै प्रश्न उठिरहेका बेला आगामी दिनमा यो विषयको व्यवस्थापन हुँदै जाला । तर अहिले मुलुकमा साम्प्रदायिक हिंसा भड्काउन कतिपय शक्तिहरुको चलखेल बढिरहेको र मुलुकमा द्वन्द्व चर्के, त्यसले दुरगामी असर गर्ने भएकाले सरकारले पहलकदमी लिनुपर्छ ।


    मन्त्रीपरिषद्को बैठक बुधबार बस्यो, त्यो बैठक सुनसरी घटनाबारे मौन रह्यो । संवेदनशील घडीमा अरु नै निर्णय गर्ने, तर गर्नुपर्ने निर्णय नगर्ने प्रवृत्ति गलत छ । प्रधानमन्त्रीको अगुवाइमा सर्वदलीय बैठक बसेर राष्ट्रिय एकताको अपील गर्न ढिलाइ भइरहेको छ । यद्यपी प्रधानमन्त्रीको मौनताकै कारण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अगुवाइमा सर्वदलीय बैठक बसेर अपील ग¥यो । त्यो अपील प्रधानमन्त्रीबाट आउनुपर्छ । प्रधानमन्त्रीले गर्ने अपीलको बहुआयामिक अर्थ हुन्छ । दलहरुप्रतिको बेवास्ता गरेर अघि बढ्नै सकिन्न भन्ने चेत आएन भने अन्तत्वगत्वा त्यसले सरकारलाई अप्ठारो पार्छ नै बिथोलिएको समाजमा साम्प्रदायिक हिंसा भड्किने जोखिम धेरै छ । अझै समय छ, कार्यशैली सुधार गरौं, भुईतहका समस्या पहिचान गरौं, त्यसपछि मात्रै समस्या समाधानको ढोका खुल्न सक्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij