२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

लायन्स क्लब अफ बुटवल युथको १२औँ चार्टर उत्सव तथा सम्मान समारोह सम्पन्न

लायन्स क्लब अफ बुटवल युथको १२औँ चार्टर उत्सव तथा सम्मान समारोह सम्पन्न

लायन्स क्लब अफ बुटवल युथको १२औँ चार्टर उत्सव तथा सम्मान समारोह सम्पन्न

लायन्स क्लब अफ बुटवल युथको १२औँ चार्टर उत्सव तथा सम्मान समारोह सम्पन्न

लायन्स क्लब अफ बुटवल युथको १२औँ चार्टर उत्सव तथा सम्मान समारोह सम्पन्न
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
बिहिवार, श्रावण १४ २०८३
बिहिवार, श्रावण १४ २०८३
  •  

    बुटवल । लायन्स क्लब अफ बुटवल युथको १२औँ चार्टर उत्सव तथा सम्मान समारोह सम्पन्न भएको छ। लायन्स इन्टरनेसनल, डिष्ट्रिक्ट ३२५ पी, नेपालको वर्ष २०२६–२०२७ अन्तर्गत आयोजित कार्यक्रममा सामाजिक सेवा र मानवीय क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अन्तर्राष्ट्रिय पूर्व निर्देशक, पीएमजेएफ अरुण प्रताप राणाले लायन्स अभियान सेवा, समर्पण र मानवीय सहयोगमा आधारित अभियान भएको बताउँदै युवाको सक्रिय सहभागिताले सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउन सकिने धारणा व्यक्त गरे । उनले क्लबले १२ वर्षको यात्रामा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न शुभकामना दिए ।

    डिष्ट्रिक्ट गभर्नरले क्लबले सामाजिक सेवाका क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्दै शिक्षा, स्वास्थ्य, रक्तदान तथा मानवीय सेवाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    डिष्ट्रिक्ट चेयर एडभाइजर दीपक श्रेष्ठले क्लबले १२ वर्षको यात्रामा सामाजिक सेवामा आफ्नो पहिचान बनाउन सफल भएको बताए ।उनले आगामी दिनमा समुदायको आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

    क्लबका अध्यक्ष दीपक थापाले क्लबका सदस्यहरूको सक्रियता र सहकार्यले विभिन्न सेवामूलक कार्यक्रम सफल हुँदै आएको बताउँदै आगामी दिनमा सेवाका गतिविधिलाई थप विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सदस्यहरु बृद्धिका साथै बिगतका राम्रा कार्यहरुकाे अनुसरण गर्दै अगाडि बढ्ने बताए । 

    क्लबका सचिव  लक्ष्मण बञ्जाडेको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा नयाँ सदस्यहरुलाइ क्लवमा स्वागत, अपांगहरुलाइ सहयाेग समेत गरिएकाे थियाे । 

    कार्यक्रममा क्लबले अहिलेसम्म गरेका विभिन्न सामाजिक गतिविधिसम्बन्धी र क्लवका अध्यक्ष थापाकाे जीवनीमा आधारित वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो।

    २०७२ साल साउन ६ गते अर्थात् २२ जुलाई २०१५ मा स्थापना भएको लायन्स क्लब अफ बुटवल युथले आफ्नो १२ वर्षे यात्रामा विभिन्न सामाजिक तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ।

    १२औँ चार्टर उत्सवका अवसरमा क्लबले आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij