२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

भुर्गभ सिमेन्टको सहयोगमा अर्घाखाँचीमा एक हजार बिरुवा रोपियो, विकाससँगै वातावरण संरक्षणमा जोड

भुर्गभ सिमेन्टको सहयोगमा अर्घाखाँचीमा एक हजार बिरुवा रोपियो, विकाससँगै वातावरण संरक्षणमा जोड

भुर्गभ सिमेन्टको सहयोगमा अर्घाखाँचीमा एक हजार बिरुवा रोपियो, विकाससँगै वातावरण संरक्षणमा जोड

भुर्गभ सिमेन्टको सहयोगमा अर्घाखाँचीमा एक हजार बिरुवा रोपियो, विकाससँगै वातावरण संरक्षणमा जोड

भुर्गभ सिमेन्टको सहयोगमा अर्घाखाँचीमा एक हजार बिरुवा रोपियो, विकाससँगै वातावरण संरक्षणमा जोड
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
शनिवार, श्रावण १६ २०८३
शनिवार, श्रावण १६ २०८३
  •  

    अर्घाखाँची । वातावरण संरक्षण र जैविक विविधता प्रवर्द्धन गर्ने उद्देश्यले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–७ खाँचीकोटमा करिब एक हजार विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्।

    भुर्गभ सिमेन्ट लिमिटेडको आर्थिक सहयोग तथा सिताचुली–म्युदाँडा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रममा सिटलचिनी, सिकउली, दुपी, टिमुर, कपुर र ओखरलगायतका विभिन्न प्रजातिका बिरुवा रोपिएको हो। कम्पनीले खानी प्रभावित क्षेत्रमा स्थापना कालदेखि नै प्रत्येक वर्ष वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

    कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले वातावरण संरक्षणका लागि वृक्षारोपण अपरिहार्य रहेको बताउनुभयो। वनजंगलको संरक्षणले पानीका मुहान जोगिनुका साथै पर्यावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने उहाँको भनाइ थियो। उहाँले वृक्षारोपणले जैविक विविधता संरक्षणमा समेत टेवा पुग्ने उल्लेख गर्नुभयो।

    कार्यक्रमलाई सम्बोधन गर्दै भुर्गभ सिमेन्ट लिमिटेडका अध्यक्ष नन्दी केशर पौड्यालले विकास र वातावरण संरक्षण एकअर्काका प्रतिस्पर्धी नभई सँगसँगै अघि बढ्न सक्ने विषय भएको बताउनुभयो। उद्योग प्राकृतिक स्रोतको दिगो उपयोग, वातावरण संरक्षण तथा स्थानीय समुदायसँगको सहकार्यमा प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नुभयो।

    अध्यक्ष पौड्यालका अनुसार भुर्गभ सिमेन्टले २०५६ सालदेखि कानुनबमोजिम चुनढुंगा खानी सञ्चालन गर्दै आएको छ। वातावरणीय प्रभाव मूल्याङ्कन (EIA), प्रारम्भिक वातावरणीय परीक्षण (IEE) तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै उद्योग सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो।

    उहाँले उद्योगले २०७६ सालयता नेपाल सरकार, स्थानीय तह तथा सम्बन्धित निकायलाई १४ करोड ३४ लाख रुपैयाँभन्दा बढी राजस्व, रोयल्टी तथा सामाजिक योगदान उपलब्ध गराइसकेको बताउनुभयो। करिब ३ अर्ब रुपैयाँ निजी लगानी रहेको उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब २०० जनाले रोजगारी पाएका छन्।

    उद्योगले स्थानीय विद्यालयमा शिक्षकको तलब व्यवस्थापन, वृक्षारोपण, धुलो नियन्त्रण, सडक निर्माण तथा मर्मत, विपद्का समयमा राहत वितरण, विद्यार्थीलाई न्यानो कपडा उपलब्ध गराउने तथा प्रभावित स्थानीयलाई सहुलियत दरमा सिमेन्ट उपलब्ध गराउनेलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको अध्यक्ष पौड्यालले जानकारी दिनुभयो।

    उहाँले उद्योगको उद्देश्य केवल सिमेन्ट उत्पादनमा सीमित नभई अर्घाखाँचीको आर्थिक विकास, स्थानीय रोजगारी सिर्जना, वातावरण संरक्षण तथा सामाजिक उत्तरदायित्वलाई समान प्राथमिकताका साथ अघि बढाउनु रहेको उल्लेख गर्नुभयो। चुनढुंगा खानी सञ्चालनसँग सम्बन्धित विषयहरू संवाद, तथ्य, कानुनी प्रक्रिया र आपसी सहकार्यबाट समाधान गर्दै कानुनसम्मत रूपमा उद्योग सञ्चालन हुने वातावरण निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि, सरकारी निकाय, सञ्चारमाध्यम, नागरिक समाज तथा स्थानीय समुदायको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

    कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ, वडा नं. ७ का अध्यक्ष चुरा केसी, सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हिमलाल पुरी, विभिन्न सरकारी निकायका प्रतिनिधि, स्थानीय अगुवा, सञ्चारकर्मी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन स्थानीय अगुवा कमल केसीले गर्नुभएको थियो।

    भुर्गभ सिमेन्ट लिमिटेडले विकास, वातावरण संरक्षण र स्थानीय समुदायको हितबीच सन्तुलन कायम गर्दै जिम्मेवार उद्योगका रूपमा आफ्नो दायित्व निर्वाह गर्न निरन्तर प्रतिबद्ध रहने जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij