अर्घाखाँची । लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्झौतामा तोकिएको समयभन्दा अगाडि सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा विभिन्न जिल्लाका आयोजना समयअगावै सम्पन्न गर्ने पिटिआर पिएसिएल लाइनियर जेभि बुटवलका सचालक ऋषिराम अधिकारी लगायतका निर्माण व्यबसायी लाई सम्मान गरिएको थियो । निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सम्मान गरिएको हो । जय बागेश्वरी-बर्दिया व्ल्याक-बक खुमचन्द्र जे. भिका सन्तोष केसी, एसियाटिक लुम्बिनी जे.भी. बुटवलका नरप्रसाद शेरचन, वागेश्वरी-ओमकार-ओम जेभि रुपन्देहीका विजय लोध, श्रीराम सैनामैना जेभि सैनामैनाका रामप्रसाद पाण्डे, आँसु निर्माण सेवा विजुवार प्युठानका बालाजु श्रेष्ठ, शारदा निर्माण सेवा प्राली तुलसीपुरका जय बहादुर खत्री, राजविर निर्माण सेवा प्राली रोल्पाका राजविर घर्तीमगर, भगवती-अलकापुरी-आरएजेभी तिलोत्तमाका चित्रबहादुर श्रेष्ठ, राजेश्वरी कन्स्ट्रक्सन प्राली गुल्मीका भागवत गिरी लगायतका निर्माण व्यबसायी छन्




