२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

नागरिक समाजको खोजी

नागरिक समाजको खोजी

नागरिक समाजको खोजी

नागरिक समाजको खोजी

नागरिक समाजको खोजी
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • स्वतन्त्र न्यायालय, नागरिक समाज र स्वतन्त्र प्रेस लोकतन्त्रका खम्बा हुन् । यी संस्थाको भूमिका संकुचित हुने बित्तिकै लोकतान्त्रिक संरचना खुम्चिन्छ । स्वतन्त्र प्रेस लोकतन्त्रका लागि जति आवश्यक छ,जिम्मेवार हुन उत्तिकै जरूरी छ । नागरिक समाजको खबरदारीले लोकतान्त्रिक प्रणालीभित्र रहेका संस्थालाई सही लयमा अघि बढ्न प्रेरित गर्छ ।


    अहिले स्वतन्त्र न्यायपालिका, नागरिक समाज र स्वतन्त्र प्रेसको भूमिकामाथि प्रश्न उठिरहेको छ । न्यायालयप्रति सरकारको हस्तक्षेपले थिलथिलो भएको छ । यसले आगामी दिनमा आफ्नो भूमिका कसरी फराकिलो बनाउँछ, हेर्न बाँकी नै छ । सामाजिक सञ्जालका कारण प्रेसको भूमिकालाई खुम्च्यिाइदिएको छ । सामाजिक सञ्जालका कारण बढेको अराजकताको मारमा प्रेस पनि परेको छ । स्वतन्त्र प्रेसको भूमिकालाई संकुचित पार्ने सरकारको भूमिकाले पनि बल पु¥याएको छ । विज्ञापनमा नाकाबन्दी र कतिपय सञ्चार गृहको कार्यालय अगाडि शंकास्पद गाडी राखेर आवतजावत अवरोध गर्ने काममा सरकार नै संलग्न रहेको तथ्यले स्वतन्त्र प्रेसको भूमिका संकुचित पार्न सरकार नै लागेको छ । कुनै बेला नागरिक समाजको भूमिका सशक्त थियो । २०६२।०६३ को जनआन्दोलनको बेला नागरिक समाजको भूमिका सबल थियो । संविधान निर्माणको बेला नागरिक समाजले खेलेको खबरदारी महत्वपूर्ण थियो ।

    अहिले नागरिक समाजको भूमिकाको खोजी हुनु स्वभाविक छ किन भने अहिले समाज खल्बलिएको छ । सामाजिक एकता र सद्भाव टुटेको बेला नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ । सरकार र राजनैतिक दलका बिचमा संवाद छैन, स्वंय प्रधानमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता हुनुहुन्छ, तर उहाँको राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वसँग संवाद टुटेको देखिन्छ । राजनैतिक दलसँग सहकार्य गर्ने प्रधानमन्त्रीको रुची छैन । खल्बलिएको सामाजिक एकतालाई सुदृढ पार्न सरकारले पहलकदमी लिन नसकिरहेको बेला नागरिक समाजको अगुवाइ अपरिहार्य छ ।


    समाजका अधिकांश निकाय दलीयकरणको दलदलमा फसेका छन् । विगतमा नागरिक समाजको अगुवाइ गरेका व्यक्तिहरु दलीय आबद्धतामा लागेकाले पनि नागरिक समाजको स्वतन्त्र पहिचान संकुचित भएको हो । त्यो संकुचनलाई फराकिलो बनाउने विन्दुमा मुलुक आएको छ । सरकार लोकतान्त्रिक ढंगले नचलिरहेको र सामाजिक एकता खल्बलिइरहेको बेला नागरिक समाजको बलियो भूमिका बाहिर आउनुपर्छ । नागरिक समाजको पहलकदमीले विभाजित समाजलाई एकताबद्ध बनाउन सक्छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij