२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

सामाजिक एकतामा धर्म बाधक

सामाजिक एकतामा धर्म बाधक

सामाजिक एकतामा धर्म बाधक

सामाजिक एकतामा धर्म बाधक

सामाजिक एकतामा धर्म बाधक
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
आइतवार, श्रावण १७ २०८३
आइतवार, श्रावण १७ २०८३
  • विषय प्रवेशः
    झपेन्द्र जिसी
    धर्म भनेको कर्तव्य निर्वाह गर्नु हो, कर्तव्य पूरा गर्नु हो । परोपकार गर्नु हो । प्रमुख रुपमा बौद्ध दर्शन र संस्कृति र जैनदर्शन संस्कृतिलाई अलग राखेर हेर्ने हो भने अन्य धर्मको अर्थ अहंकार प्रस्तुतिको माध्यम बन्न पुगेको छ । धार्मिक ग्रन्थमा जे जति राम्रो लेखिए पनि कतिपय धर्म त साम्राज्यवादीहरुको हतियार बन्न पुगेका छन् । ईसाइ धर्मले १४–१५औं शताब्दी ताका युरोपमा पुनरउत्थान र जागरणको भूमिका निर्वाह गर्न सफल रहयो भने पछिल्ला दिनमा पुँजीवादको चरम विकाससँगै साम्राज्यवादीहरुको हतियार बनेको इतिहास छ । अरुको देश हडप्ने काम गरेको छ । उत्तर अमेरिका, दक्षिण अमेरिका, अफ्रिका र एसियामा समेत साम्राज्यवाद विस्तार गरेको उदाहरण मात्र लिने हो भने भारतलाई करिब २०० वर्षसम्म इष्ट इण्डिया कम्पनीको नामबाट बेलायत हालको युकेले शासन गर्नुले देखाउँछ । भारतलाई गुलाम बनाएको र शासित क्षेत्र बनाएका त्यही इष्ट इण्डिया कम्पनी सरकारले नेपाली भूमिमाथि आक्रमण गरेकै हुन् । तर वीर नेपाली योद्धाहरुले जिउ ज्यानको बाजी लगाई आजको नेपाल बचाएका हुन् । यही जितगढी युद्धमा कर्णेल उजिंर सिंह थापाको नेतृत्वमा लडेर अंग्रेजलाई परास्त गरेको इतिहास छ । 
    हाम्रो देश बहुजातीय, बहुभाषिक समाजबाट बनेको छ । यहाँ प्राचीन हिमाली धर्म शैव धर्म गैर हिन्दु धर्म रहेछ । बौद्ध धर्म, इस्लाम धर्म र अन्य १० धर्ममा आस्था राख्ने मानव छन् ।
    सामाजिक सत्ता र राजनीतिक सत्ता
    जनसंख्या जुन जाति र  धर्म मान्नेको बढी हुन्छ त्यसको सामाजिक सत्ता हुँदो रहेछ । सामाजिक सत्ता भएका जातिहरु विनम्र र उदार हुनु वाञ्छनीय छ । 
    सुनसरी, कप्तानगञ्ज र धार्मिक दंगा
    दंगा आफैँमा आफू, आफ्नो समाज र राष्ट्रका लागि हानिकारिक हुन्छ । नम्बर एक बहुसंख्यकले अल्प संख्यकलाई माया गर्न जान्नु पर्छ । समन्वय गर्न सक्नुपर्छ । अल्पसंख्यकले बहुसंख्यकलाई माया र सम्मान गर्न जान्नु पर्छ । बुद्धमार्गी र बोन मार्गी छन् । यहाँ बौद्ध मार्गी बोन मार्गीमा मैले प्रायशः समानता नै देखेको छु । यता मध्य पहाडतिर पनि बौद्ध मार्गी छन् । लुम्बिनी, कपिलवस्तु लगायतमा पनि बौद्ध मार्गी छन् । काठमाडु उपत्यकामा  पनि बौद्ध मार्गी छन् । राई, लिम्बु, गुरुङ, शेर्पा, भोटे, तामाङहरुले पनि आफूलाई बौद्ध मार्गी भन्छन् । यसैले सरकारी तथ्यांक मिथ्यांक लागेको छ । म स्वयंले तेरो धर्म के हो भन्दा जनसंख्या गणनामा बौद्धमार्गी लेखाएको छु । यसको कारण बुद्ध जन्मिएको देशमा मैले आफूलाई बुद्ध मार्गी भन्नुस स्वाभाविक पनि हो । मेरो पनि वर्णविहीन युद्धको अवधारणाप्रति पूर्ण सहमति छ । संस्कार आदि गर्दा परिवारको सल्लाह बमोजिम गर्ने गरिएको छ । बुद्धको चार आर्य सत्य र अष्टाङ्गिक मार्गले मलाई प्रभावित गरेको छ । हिन्दु जनसांख्यिक दम्भ तोडिनु पर्छ ।
    प्राचीन शैव धर्म र हाम्रो नेपाली समाज
    राई लिम्बुहरुले शिवलाई पारुहाङ र पार्वतीलाई सुम्नेमा भन्दा रहेछन् । मुन्धुम ग्रन्थ सई धार्मिक संस्कार गर्दै आएका छन् । शिव भनेका पहिले हिन्दु देवता थिएनन् । उनी त अनार्य हुन् । जनै पनि लाएका थिएनन् । शिव भने प्रकृति हुन् भन्ने ब्राह्मणहरुको पनि भनाइ छ ।


    संवादले जितिन्छ, दंगाले कसैलाई फाइदा गर्दैन, बरु विदेशीहरुलाई नै लाभ हुन सक्छ । मुस्लिम, हिन्दु, बौद्धमार्गी, जैनमार्गी आदि जो नेपाली नागरिकता प्राप्त छन्, ती सबै नेपाली हुन् ।  एउटै परिवारको सदस्य हुन यो बुझौं । परिवारमा राम्रो समन्वय सहकार्य भएन भने यो परिवारले दुर्गति शिवाय अरु के पो पाउन सक्छ र ! ऊदोगमन नभई  अधोपतन हुन थाल्छ । त्यस्तै पौने तीन करोड जनसंख्यायुक्त नेपाली परिवार छ । धर्म र जातको नाउँमा म श्रेष्ठ तँ निच भन्नु र त्यस्तो व्यवहार गर्नु निन्दनीय कर्म हो । एकता सर्वाेपरि हुन्छ भन्ने दंगा र एकले अर्कालाई घृणा अपहेलना गर्नु निकृष्ठ कर्म हो ।


    हिन्दु धर्म र यसका समर्थकहरु र अन्य जाति र धर्महरु
    यो लेख लेखिरहँदा मैले जातीय तथ्यांक र धार्मिक तथ्यांक पनि हेरें । तर ती तथ्यांक मैले यहाँ प्रस्तुत गर्न चाहिन किनकि मिथ्याङ्क लाग्यो । हिमाल र उच्च पहाडबासी निरञ्जन निराकारको रुपमा शिवलाई प्रस्तुत गरिएको छ । यसको अर्थ हो वर्ण विधि र (रंग विहीन) वर्गविहीन प्राचीन देवताका प्रचीक भनेका शिव हुन भनिन्छ । शिव कुनै जात धर्म वा सम्प्रदायमा कैद हुन सक्दैनन् । तर शिव त अहिले हिन्दु धर्मका कैदी सरह भएका छन् । त्यसैले शिव मन्दिर प्रवेश गर्न सबैलाई छुट छैन । अछुत भनिएका वा बनाइएका जाति त धेरै दुर दुर छन् । 


    बोल बम बोल बम
    बोल बम शिवको अर्काे नाम रहेछ । बोल बम ! बोल बमको शङखनाद गर्नु ठूलो कुरा होइन । ठूलो कुरा त समाजका सबै समुदायलाई समेट्नु हो । कुनै देवताप्रति कसैको आस्था छ भने अर्काको नहुन पनि सक्छ । यो धार्मिक स्वतन्त्रताको पक्ष हो । मान्नेले मानून् जिन्दावाद ! नमान्नेले नमानून् त्यो पनि जिन्दावाद । तर ठूलो स्वरमा कराएर डिस्टर्व भने कसैलाई गर्नु शोभनीय हुँदैन । मधुर स्वरमा पनि बोल बम  गायन गरे हुन्छ । सबैभन्दा दुःखद पक्ष त यो हो कि ईश्वरको नाममा भ्रमित हुँदा दंगा भयो । आपसी मन मुटाव बढयो, गोली चल्यो दुई जनाको ज्यानै गयो । बर्वाद भयो । हार्दिक श्रद्धाञ्जली ।


    अन्त्यमा धार्मिक झगडा अनर्थको विषय हो । संसारका यो वा त्यो धर्म भनिएका यी धर्म होइन । यी त साम्प्रदायिक मत हुन् । साम्प्रदायिक आस्था  हुन् ।  नेपाल र नेपालीलाई चाहिएको  साम्प्रदायिक आस्था होइन । कुनै आस्थाको नाममा इगो (विरोधी भाव) पाल्नु अनष्टिकारी र विनष्टकारी हुन्छ । नेपाली जो हौं र छौं सबै जिन्दावाद ! बँचाउने र बाँच्ने काम गरौं । आजको मूल धर्म बचाउनु हो र बाँच्नु हो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij