२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

पर्वतारोहणमा अपुरणीय क्षति

पर्वतारोहणमा अपुरणीय क्षति

पर्वतारोहणमा अपुरणीय क्षति

पर्वतारोहणमा अपुरणीय क्षति

पर्वतारोहणमा अपुरणीय क्षति
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • हिमाल आरोहणमा विश्व कीर्तिमान बनाएका निर्मल पूर्जा अर्थात् निम्स दाइ हिमाल आरोहणका क्रममा हिम पहिरोमा परी अस्ताएका छन् । पाकिस्तानको काराकोरम पर्वत शृंखलामा पर्ने ‘ब्रोड पिक’ हिमाल चढ्ने क्रममा उनको निधन भएको हो । उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाएका थिए । म्याग्दीमा जन्मेका निर्मल पूर्जा बेलायती सेनामा भर्ती भएपछि ‘निम्स दाइ’ बनेका थिए । सेनामा रहँदा बेलायती सहकर्मीहरूले उनको नाम उच्चारण गर्न अप्ठ्यारो भएपछि ‘निम्स’ भन्न थालेका थिए । त्यही ‘निम्स’ हिमाल आरोहण गर्न थालेपछि सबैका प्रिय ‘निम्स दाइ’ बने ।


    आरोहण जीवनमा अनेकौं कठिनाइ व्यहोरेका निम्स दाइ नयाँ रेकर्डसम्मुख रहँदा संसारबाट बिदा भएका छन् । उनीसँगै अन्तर्राष्ट्रियस्तरका नेपाली आरोही पुरबहादुर गुरूङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पाले पनि ब्रोड पिकमै अस्ताएका छन् । ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ जोङ र अमेरिकाकी मालोरी गाइसले पनि ब्रोड पिकको हिमपहिरोमा परी ज्यान गुमाए ।


    जीवनमा हिमाल आरोहण गर्छु भनेर उनले कहिल्यै योजना बनाएनन् । यसपालि ब्रोड पिक पनि बिनायोजना नै चढे । बेलायती सेना छाडेपछि सन् २०१२ मै उनले पहिलो पटक ६ हजार ११९ मिटर अग्लो लोबुचे इस्ट हिमाल आरोहण गरे । त्यसपछि सुरु भएको हिमाल आरोहण यात्रा केही वर्षमै विश्व कीर्तिमान गर्न सफल भए । ६ महिना ६ दिनमा ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान बनाएका उनले केही यस्ता कीर्तिमान बनाए, जुन विश्वभर चर्चित छन् । आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल यसअघि दक्षिण कोरियाका पर्वतारोही किम चाङ–होको नाममा रहेको झन्डै आठ वर्षको कीर्तिमान उनले तोडेका हुन् । यो अभियानलाई ‘प्रोजेक्ट पसिबल’ नाम दिइएको थियो । धेरैले यो लक्ष्य सम्भव नै नभएको बताएका थिए ।

    सन् २०२१ को १६ जनवरीमा उनले मिङ्मा डेभिड शेर्पासहित पूर्ण नेपाली टोलीको नेतृत्व गर्दै विश्वको दोस्रो अग्लो हिमाल केटूको पहिलो पटक जाडो महिनामा आरोहण गरेर अर्को इतिहास रचे । दशकौंदेखि विश्वभरका आरोहीले प्रयास गरे पनि कसैले सफल गर्न नसकेको केटू हिउँदमा पहिलो पटक नेपाली टोलीले नै आरोहण गरेको ग¥यो । चुचुरो पुग्नुअघि टोलीले नेपाली राष्ट्रिय गान गाएको दृश्य विश्वभर चर्चित बनेको थियो । सन् २०१६ मा पहिलो पटक सगरमाथा आरोहण गरेका उनले फर्किने क्रममा ‘डेथ जोन’ मा समस्यामा परेका एक आरोहीको उद्धार गरेर अन्तर्राष्ट्रिय चर्चा बटुलेका थिए । साहसिक उद्धार र उच्च हिमाली पर्वतारोहणमा पु¥याएको योगदानका लागि बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले उनलाई सन् २०१८ मा एमबिई  सम्मान प्रदान गरेकी थिइन् । उनीसहित ६ नेपाली पर्वतारोहीको निधन नेपालको पर्वतारोण क्षेत्रका लागि अपुरणीय क्षति हो । 


    हिमाल आरोहण साहसिक र चुनौतीपूर्ण काम हो । उनको यो साहसिक र चुनौतीपूर्ण काममा विश्व रेकर्ड कायम गरेर व्यक्तिगत प्रतिष्ठा मात्रै नभएर मुलुककै इज्जत कमाउन सफल भए । साहसिक पर्यटनका लागि हिमाल आरोहण रोजिन्छ । मान्छे जन्मेपछि मृत्यु सत्य हो । तर कहिले कहाँ भन्ने निश्चित छैन । त्यसकारण जीवनलाई सार्थक र फलदायी बनाउने विषय महत्वपूर्ण हो । मान्छे आफ्नो कर्मले स्थापित हुन्छ । उसको कर्मकै कारण भौतिक रुपमा नरहे पनि उ जीवन्त रहन्छ । भौतिक अवसान भएको धेरै वर्ष बित्दा पनि  कर्मले समाजमा उसको स्थान उच्च हुन्छ । निर्मल पुर्जा साहसिक हिमाल आरोहणमा बनाएको कीर्तिले सधैँ बाँचिरहने छन् । नेपाली समाजले मात्रै नभएर विश्व पर्वतारोहण क्षेत्रमा उनको सधैँ सम्झना भइरहने छ । हार्दिक श्रद्धाञ्जली निम्स दाइ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij