२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

महिला साइकल रेस प्रतियोगिता विवादित

महिला साइकल रेस प्रतियोगिता विवादित

महिला साइकल रेस प्रतियोगिता विवादित

महिला साइकल रेस प्रतियोगिता विवादित

महिला साइकल रेस प्रतियोगिता विवादित
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
सोमवार, श्रावण १८ २०८३
सोमवार, श्रावण १८ २०८३
  • देवदह  ।  देवदह नगरपालिका–५, वडास्तरीय खेलकुद समितिद्धारा आयोजित टोलस्तरीय खुल्ला महिला साइकल रेस प्रतियोगिता विवादित बनेको छ । समितिले तय गरेको भन्दा अन्य रुट प्रयोग गरेर विजय हासिल गरेको भन्दै विजेतालाई पुरस्कार वितरण नगरेपछि विवाद सुरु भएको हो । 


    आयोजक समितिले साइकल रेस सम्पन्न गरी २५ वर्षभन्दा माथिका प्रतियोगिलाई पुरस्कार वितरण गर्न लागिएको अवस्थामा विवाद चुलिएपछि पुरस्कार वितरण कार्यक्रम स्थगित गरेको हो । विजेता घोषणा गरेर पुरस्कार वितरण गर्ने कार्यक्रममा प्रतियोगितामा तृतीय हुने प्रतियोगीलाई पुरस्कार वितरण गरेपनि आयोजकले उक्त पुरस्कार रद्द गरिएको भनेपछि विवाद झन् चर्किएको टोल विकास संस्थाका प्रतिनिधिहरुको भनाइ रहेको छ । अधिकांश टोल विकास संस्थाका प्रतिनिधिहरुले आयोजकले व्यवस्थापन गर्न नसक्दा विवाद भएको बताएका छन् । घुम्तीमा रुट स्पष्ट पार्नको लागि जानकारी दिने मान्छे राख्नु पर्ने भए पनि आयोजकले त्यसो नगरेको र रुट स्पष्ट नभएका कारण विवाद भएको बताएका छन् । 


    गौतमबुद्ध राष्ट्रिय उद्यानबाट सुरु भएको टोलस्तरीय खुल्ला महिला साईकल रेस प्रतियोगिता शिवालय टोल, मिलनचोक, शितलनगर, घोडाहाको देवदह दह, हँुदै देवदह नगर अस्पतालमा आएर समापन गरिएको थियो । रुट प्रयोग गरेको वा नगरे भन्ने कुरा आयोजकले पहिल्यै नै व्यवस्थापन गर्नुपर्ने टोल विकास संस्थाका प्रतिनिधिहरुले बताएका छन् । गलत बाटो हुँदै विजेता बन्नेहरुलाई किन पुरस्कार प्रदान गरियो भन्दै टोल विकास संस्थाका प्रतिनिधिहरुले आक्रोस पोखेका थिए । यता देवदह नगरपालिका–५, का वडाध्यक्ष गणेश डुम्रेले आयोजकले तय गरेको रुट प्रयोग नगरेर अन्य बाटो हुँदै गएपछि प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण नगरेको बताए । समितिले तय गरेको रुट प्रयोग गरेको वा नगरे भन्ने कुरा स्पष्ट रुपमा भिडियो भएको र यस विषयमा टोल विकास संस्थाका प्रतिनिधहरुहरुसँग संयुक्त बैठक बसेर अगाडि बढ्ने र प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्ने वडाअध्यक्षसँगै ववडास्तरीय खेलकुद समितिको संरक्षक समेत रहेका डुम्रेले जनाए । 


    १५ देखि २५ वर्ष र २६ वर्षदेखि माथि गरी दुई समूहमा आयोजित प्रतियोगितामा ६३ जना महिलाहरुले सहभागिता जनाएका थिए । २६ वर्षदेखि माथिको प्रतियोगितामा कोलुवा शान्ति टोलका कोड नम्बर १३१ का तुनीसरा काम्मु प्रथम, बुद्ध टोल विकास संस्थाका कोड नम्बर १३८ का विष्णुमाया पुन द्वितीय र कोलुवा शान्ति टोलका कोड नम्बर १०२ का धनीसरा सिंजाली तृतीय भएका थिए, तर आयोजकले उनीहरुले गलत रुट प्रयोग गरेको भन्दै रद्द गरेका छन् । तर प्रतियोगितामा विजेता भएकाहरुले भने आफूहरुलाइै गाइड गर्नेहरुले जुन रुट देखाएका थिए त्यही बाटो हुँदै गएको बताएका छन् । यसैगरी १५ देखि २५ वर्षकाबिच भएको प्रतियोगितामा संगम पाल्पाली टोल विकासका कोड नम्बर २१३ का स्नेहा सुनार प्रथम, मितेरी टोल विकासका कोड नम्बर २१९ का लिजा कडेल द्वितीय र आर्दश टोल विकासका कोड नम्बर २२८ का श्रया थापा तृतीय भएका छन् । 


    उनीहरुलाई जनही एक÷एक वटा लेडिज साइकल र नगद पुरस्कार प्रदान गरिएको छ । वडास्तरीय खेलकुद समितिका अध्यक्ष नविन लुइँटेलको अध्यक्षतामा भएको कार्यक्रममा नगर उप–प्रमुख विद्यालक्ष्मी गुरुङ्ग, वडाध्यक्ष गणेश डुम्रे, वडा नम्बर ९ का वडाध्यक्ष मोहन जिसी, देवदह साइकलिङ्ग क्लबका हरि भण्डारीले बोल्दै साइकल रेस प्रतियोगिताले वातावरण संरक्षणमा टेवा पु¥याउने बताएका थिए ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij