परासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा कार्यवाहक अध्यक्ष र उपाध्यक्षको जिम्मेवारीमा पद ग्रहण गरेका छन ।
अध्यक्ष र उपाध्यक्ष दुवै पद रिक्त भएपछि कार्यपालिकाको शुक्रबार बसेको बैठकले बहुमतको आधारमा वडा नम्बर ६ का अध्यक्ष कृष्णचन्द्र यादवलाई कार्यवहाक अध्यक्ष र कार्यपालिका सदस्य अनामिकादेवी हरिजनलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी तोकेको थियोे । आज दुई जना ओैपचारिक रूपमा पद ग्रहण गरेका हुन् ।
पद ग्रहणगर्दै कार्यवाहक अध्यक्ष यादवले पालिकामा सबैको सल्लाह, सुझाव र सहकार्यमा अघिवढ्ने बताए । कुनै कमी कमजोरी भए सबै पक्षबीच बसेर समाधानको पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यस्तै कार्यवाहक उपाध्यक्ष हरिजनले पालिकाको बाकी कार्यकाल सफल बनाउन सवैको सहकार्य आवश्यक पर्ने भएकोले सबैसँगको सल्लाह र सुझावमा काम गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
यही यसअघि गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ती आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्धा दर्ताभएपछि निलम्बनमा परेका हुन् ।
उपाध्यक्ष फातिमा खातुन अन्सारी असार ९ गते पदमुक्त हुनु भएका थिईन । यस्तै उपाध्यक्ष अन्सारी गत प्रतिनिधि सभा निर्वाचनमा अन्यदललाई मतमागेको आरोपमा अन्सारी निर्वाचित दल नेपाली काँग्रेसको सिफारिसमा निर्वाचन आयोगले पदमुक्त गरेको हो ।
अहिले १४ जना कार्यपालिका सदस्य रहेको गाउँपालिकामा अध्यक्ष गुप्ता र उपाध्यक्ष अन्सारी पदमुक्त भएपछि कार्यपालिका सदस्य संख्या १२ पुगेको छ । जसमा नेकपा माओवादीका ७ जना, लोसपाका ३ जना र नेपाली काँग्रेसका २ जना रहेका छन् ।




