२०८३, आश्विन २३ गते

Oct 09 2026

images
images

न्यायिक समितिको सक्रियता

न्यायिक समितिको सक्रियता

न्यायिक समितिको सक्रियता

न्यायिक समितिको सक्रियता

न्यायिक समितिको सक्रियता
लुम्बिनी पत्रिकाले सञ्चालनमा ल्याएको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समुचित रूपमा पस्कँदै आएको छ।
मंगलवार, श्रावण १९ २०८३
मंगलवार, श्रावण १९ २०८३
  • संविधानले स्थानीय तहलाई न्यायिक अधिकार दिएको छ । संवैधानिक प्रबन्धअनुसार, पालिकाको उप–प्रमुख र उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति छ । तीन सदस्यीय न्यायिक समितिले पालिकाभित्रका सानातिना विवादको उजुरी लिने र फैसला गर्ने अधिकार पालिकालाई छ । खासगरी स्थानीयस्तरका सानातिना विवाद मिलाउने काम स्थानीय सरकारलाई छ । न्यायिक अधिकार पालिकालाई दिँदा सानातिना विवाद हुँदा प्रहरी र अदालतमा पुग्ने प्रवृत्ति घटेको छ । यसले मेलमिलापको पहल स्थानीयस्तरमै हुने वातावरण बनेको छ ।


    प्यूठानको माण्डवी गाउँपालिकामा आर्थिक वर्ष २०८१।०८२ मा १४ वटा उजुरी परेकोमा १३ वटा मेलमिलापको माध्यमबाट फस्र्यौट भएका छन् । एउटा फस्र्यौट हुन बाँकी रहेको छ । एरावतीमा ६ उजुरी दर्ता भएकोमा पाँच फस्र्यौट भएका छन् भने एउटा फस्र्यौट हुन बाँकी छ । सरुमारानीमा २७ उजुरी दर्ता भएकामा १४ वटा मेलमिलाप भए । लगतकट्टा ६ वटा र फिर्ता २ वटा र फस्र्यौट हुन बाँकी ५ वटा छन् । यो तथ्याङ्कले स्थानीय तहमा न्यायिक समितिको काम प्रभावकारी देखिन्छ । नागरिक अदालत र प्रहरीमा धाउन पर्ने बाध्यता हटेको मात्र नभई परिवार र समाजमा मेलमिलापको वातावरण बनेको छ । सकेसम्म गाउँघरमै आपसी विवाद टुंग्याउने पहलकदमीले समाजमा द्वन्द्व व्यवस्थापनको सर्वोत्तम उपाय हो । तर न्यायिक समितिले अपेक्षाकृत काम  गर्न नसकेको गुनासो आएका छन् । जनशक्तिको अभाव, न्यायिक समितिमा बजेट अभाव जस्ता विषय छन् । स्थानीय तहमा कानुन अधिकृत अनिवार्य हुनुपर्नेमा अहिलेसम्म कानुन अधिकृतको दरबन्दी छैन । कानुन अधिकृतको अभावमा मुद्दाको किनारा लगाउन कठिनाई भइरहेको अनुभव न्यायिक समिति संयोजकहरुले सुनाइरहेका छन् । अधिकांश पालिकाले न्यायिक समितिको क्षमता विकासका लागि बजेट विनियोजन र खर्च गर्न ध्यान दिइरहेका छैनन् । विकास भनेको सडक पूर्वाधार, खानेपानी र अन्य पूर्वाधारको काम हो भन्ने मानसिकता हटेको छैन । 


    न्यायिक समितिको सक्रियताले विवाद समाधान अझै छरितो र चुस्त गर्न सकिन्छ भन्ने चेत नआउँदा बजेट व्यवस्थापन हुन नसकेको हो । अझ कतिपय अवस्थामा लैङ्गिक दृष्टिले पनि टिप्पणी भइरहेका छन् । पालिकाको प्रमुख र अध्यक्ष अधिकांश पालिकामा पुरुष छन् । उपाध्यक्ष महिला छन् । महिला नै न्यायिक समितिको संयोजक हुँदा न्यायिक समिति प्राथमिकता नपारिएकाले पनि समस्या परेको मानिन्छ । त्यसो त बजेट उपाध्यक्षले पढ्ने व्यवस्था छ । बजेट उपाध्यक्ष र उपप्रमुखले पढ्ने भए पनि निर्णायक भूमिका प्रमुखको रहेकोले न्यायिक समिति ओझेलमा परेको देखिन्छ ।


    अहिले जे जति काम भएका छन्, ती काम सकारात्मक नै छन् । अब न्यायिक समितिको कामलाई गति दिने हो भने बजेटको व्यवस्थापन गरी न्यायिक समितिको क्षमता विकास र जनशक्ति व्यवस्थापनमा ध्यान दिनुपर्छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to lumbinipatrika.com  | Site By : Sobij